इटहरीका सरकारी विद्यालयमा मेन्यु सहितको दिवा खाजा यस्तो इटहरी उपमहानगरको मेन्यु

  • मंसिर २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरुलाई आइतबार देखि दिवा खाजा कार्यक्रम सुरु भएको छ ।

नेपालमै पहिलो पटक इटहरी उपमहानगरपालिकाले टेण्डर मार्फत मासु सहितको मेनुको खाजा खुवाउन थालेको हो ।

उपमहानगरपालिकाले आइतबार देखि विद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउन अनिवार्य नियम बनाएको हो । जंक फुड नखुवाउन उपमहानगरले पहिलोपटक दिवा खाजाको टेण्डर जारी गरेर खाजाको सुरुवात गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

शिक्षा क्षेत्रको सुधारको लागि विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सुरु गरेको प्रमुख पौडेलले बताए ।

इटहरी क्षेत्र भित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई उपमहानगरपालिकाले तीन करोड भन्दा बढी खर्चेर दिवा खाजा प्रभावकारी बनाउन थालेको छ । विद्यालयमै पकाएर खुवाउनु पर्ने अनिवार्य नियम अनुसार ठेक्का लगाएर प्रभावकारी बनाउन थालेको हो ।

दिवा खाजा कार्यक्रमको आइतबार इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाएर नगरप्रमुख हेमकर्ण पौडेलले सुरुवात गरे ।
सामुदायीक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्धि गर्न संघीय सरकारले बालदेखि पाँच कक्षासम्मका लागि दिवा खाजाको रकम १५ रुपैयाँको दरले दिँदै आएको थियो ।

इटहरी उपमहानगरले बालदेखि ६ कक्षासम्मका लागि विद्यालयमै पौष्टिक दिवा खाजा खुवाउने व्यवस्था मिलाइएको छ ।

दिवा खाजा कार्यक्रमका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लािग इटहरी क्षेत्रभित्रका सामूदायिक विद्यालयका विद्यार्थीका लागि एक करोड ९८ लाख ८४ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । तर, यो बजेट पर्याप्त नहुने हुँदा उपमहानगरपालिकाले तीन करोड ६६ लाख १६ हजार रुपैयाँ थप गरि कुल पाँच करोड ६५ लाख रुपैयाँमा टेण्डरमार्फत ठेक्का लगाएर प्रभावकारी बनाउन थालेको हो ।

‘हाम्रो खाजा खोसिएको थियो, फेरि इटहरी उपमहानगरपालिकाबाट दिन थालिएको छ’ राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत प्रद्युम्न दाहालले खुसी हुदै भने, ‘यो दिवा खाजा कार्यक्रमले हामी सवै विद्यार्थीमा एकरुपता ल्याएको छ ।’

जङ्क फुड नखुवाउन उपमहानगरले पहिलो पटक दिवा खाजा पकाएरै खुवाउने निर्णय गरेकोमा थुप्रै चुनौती भएपनि सफल हुने र नेपालमै नौलो हुने नगरप्रमुख पौडेलको दावी छ । उनले बालबालिकालाई पौष्टिक आहार खुवाउन नगरको योजना सफल भएको बताउँदै शैक्षिक गुणस्तर अभिवृद्दि गर्न सक्रिय भएर लाग्ने बताए ।

‘इटहरी क्षेत्रको गुणस्तर बढाउन सुरुवात गर्न हामीले गरेका छौं’ उनले भने, ‘सामूदायीक विद्यालयको गुणस्तर बृद्दि गर्नकै लागि चालु आर्थिक वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता राखिएको छ ।’ उनका अनुसार सामूदायीक विद्यालयको गुणस्तर अभिवृद्दि गर्न अब सवै विद्यालयलाई सिसिटिभीबाट निगरानी गर्ने, शिक्षक–कर्मचारीको ई–हाजिरीलगायतलाई प्रभावकारी बनाउने उपमहानगरपालिकाको योजना छ ।

सो क्रममा अधिकतर विद्यालयमा विद्यालयमा पकाउने व्यवस्था भइसकेको र केहीमा बाँकी रहेपनि चाडै पूरा हुने हुँदा व्यवस्थापन पक्ष मजबुद बनाएर अघि बढ्ने खाजा व्यवस्थापनका जिम्मा लिएको एरिना टिफिनका समीर कार्कीले बताए । राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यपाक सरनकुमार बस्नेतले उपमहानगरपालिकाले थालेको दिवा खाजा कार्यक्रमले दिवा खाजामा एकरुपता ल्याएको बताए ।

दिवा खाजा कार्यक्रमबाट उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत आठ हजार २८ जना लाभान्वित हुनेछन् । दिवा खाजा कार्यक्रम अन्तर्गत इटहरी उपमहानगरले बार अनुसारको मेन्यु बनाएर कार्यान्वयन थालेको छ ।

यस्तो इटहरी उपमहानगरको मेन्यु

आइतबार प्रति विद्यार्थी दुई सय १० ग्रामको तीन किसिमका फलफूल खुवाउन थालिएको छ । सोमबार विद्यार्थीहरूलाई भुटेको अण्डा र चिउरा, मङ्गलबार मिक्स गेडागुडीसँगै चिउरा खुवाउन सम्झौता भएको छ ।

यस्तै, बुधबार चामलको खीर र तरकारी खुवाउन पर्नेछ ।

त्यस्तै बिहीबार दही, चिउरा र तरकारी खुवाउन पर्ने छ । शुक्रबार खसी वा कुखुराको मासु र चिउरा खुवाउनु पर्नेछ । । साहाकारीका लागि भने मटर–पनिर र चिउरा खुवाउन पर्ने छ ।

 

धरानमा एमालेको बिरास ...

 धरान/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्र ...

क्याम्ब्रिज र प्राइम ...

धरान/ पुनःस्थापना गृहमा आश्रय लिएर बसेका व्यक्तिहर ...

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved