गणेश सहकारीको साधारण सभा सम्पन्न

  • मंसिर २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt - चन्दन रौनियार

दुहबी/  दुहवी नगरपालिका वडा नं. ३ मा रहेको श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

श्री गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शनिबार संस्थाको प्राङ्गणमा दोस्रो साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रम संस्थाका अध्यक्ष जीवन प्रसाद लुईटेलको अध्यक्षता एवं जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहकार, राष्ट्रिय सहकारी बैंक लिमिटेड सुनसरीका संचालक समिति सदस्य तथा कोशी प्रदेश बचत तथा सहकारी संघ का सदस्य मीलिराम चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

२ वर्ष अघि खोलीएको दुहबीको श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दोस्रो वर्ष प्रवेश गरे संगै संस्थाको निक्षेप रकम संकलन ४० लाख ५६ हजार एकानब्बे पुर्याएको छ ।

दोस्रो साधारण सभा दुहबी वडा नम्वर ३ स्थित श्री गणेश सहकारीको कार्यालय परिसरमा शनिवार आयोजित दोस्रो साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीमा निक्षेप संकलन ४० लाख ५६ हजार एकानब्बे पुगेको हो ।

साधारण सभामा संस्थाका अध्यक्ष जिवन प्रसाद लुइटेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यस अवधिमा यस सहकारीप्रति बढ्दो विश्वासनियताको फलस्वरुप निक्षेपकर्ता पनि बढ्दो रहेको बताउँदै दोस्रो वर्षसम्म आइपुग्दा ४ सय भन्दा बढी शेयर सदस्य रहेको सहकारीको संस्थागत आर्थिक र सामाजिक रुपमा पनि सशक्त र सबल रुपमा उभिएको बताए ।

सहकारीले निम्न आय भएका वर्ग, समुदायलाई आर्थिक रुपमा सवल बनाउन, उत्पादन मूलक र व्यापारिक क्षेत्रमा ऋण प्रवाह गरेको अध्यक्ष लुइटेलले बताए ।
संस्थाका अध्यक्ष लुइटेलले भने, ‘हामीले विभिन्न क्षेत्रहरुमा लगानीलाई प्राथमिकतामा राखी सम्पूर्ण सेयर सदस्यहरु बिच बचत गर्दै ऋण लगानी गरेका छौ ।

अहिले देश आर्थिक मन्दीको चपेटामा परेको हुँदा पनि हामी निर्धकताका साथ बचत फिर्ता गरी ऋण लगानी सहज रुपमा गर्न सकेका छौ । हामीले छिटो छरीतो विश्वासनिय सेवा प्रदान गरिरहेका छौ ।’

संस्थाका विकासका लागि सञ्चालक समिति, लेखा सुपरिवेक्षेक साथै अन्य उपसमितिहरु लगायत संस्थाका कर्मचारीहरुको अथक प्रयास पछि दोस्रो वर्षमा प्रवेश गरेको उनले बताए ।
साधारणसभामा प्रमुख अतिथि मीलिराम चौधरीले सहकारीको सफलता यस्का निक्षेपकर्ताहरुको आत्मनिर्भरता सँग गाँसिएको हुने भएकोले सम्पूर्ण सदस्यहरुले आत्मसाथ गर्दै जानुपर्ने सुझाव दिए ।

उनले सहकारी विना आर्थिक संम्वृद्धि नहुँने भन्दै रचनात्मक र उत्पादनमुखी व्यवसायमा लगानी गर्नुपर्नेमा जोड दिए ।
साधारणसभाको अवसरमा श्री गणेश सहकारी संस्थालाई विशेष योगदान पुर्याउने संस्थाका संस्थापक सदस्य स्वर्गिय जोगेश तिवारी र भागेश्वर चौधरीकी पत्नीलाई कदर पत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष मोतीलाल चौधरीले दिएका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव ऋषि साहले गरेका थिए ।

बीपीका मजदुरहरु आन्द ...

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ...

पानबारी गोल्डकप : आ ...

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा ...

धरानमा खानेपानीको चर ...

धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव ...

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved