धनकुटाका कृषक धान थन्क्याउन व्यस्त

  • मंसिर २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/  किसान यतिबेला धान भित्र्याउन व्यस्त छन् । दशै तिहार जस्ता मुख्य चाडपर्व सकिए लगत्तैदेखि किसानहरु धन खेति भित्र्याउन व्यस्त बनेका हुन् ।

मंसिर लागेसँगै धान थन्क्याउन थालेका किसानको दैनिकी यतिबेला पनि खेतबारीमै वित्ने गरेको छ ।

धनकुटाका माथिल्लो क्षेत्रमा जेष्ठको अन्तिम साताबाट रोपाई शुरु हुन्छ भने तल्लो क्षेत्रमा साउनको अन्तिम सातासम्म रोपाइ हुन्छ । कार्तिकको दोस्रो सातादेखि मंसिर महिनाभरि किसान धान भित्र्याउन व्यस्त रहन्छन् ।

तर कृषक बर्षेनी पानी, मल, कामदार, रोग कीरा आदिको समस्याबाट गुज्रन बाध्य भएको कृषकले गुनासो गर्ने गरेका छन् ।

‘पोहोर जुन विउ लगायौ रन्जित भन्ने यसपालि पनि त्यही विउ लगाएका थियौ, तर यो एकै सालमात्र गरेर हुदैन रहेछ, विउ परिवर्तन गर्नु पर्दोरहेछ’ कृषक रत्नबहादुर चापागाई बताछन् । उनले भने–‘डढुवा लाग्ने जस्ता समस्या छ, प्राविधिकले खासै सहयोग गरेका छैनन्, कृषिको विउ दिनेमात्र काम गरेको छ ।’

ध्नकुटामा गत बर्ष १ हजार ३ सय ८५ हेक्टरमा ६ हजार १ सय ३३ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस बर्ष गत बर्ष भन्दा केही कम क्षेत्रमा धान खेती गरिएको छ । धेरै जनशक्ति रोजगारीका लागि विदेशिनाले ज्याला मजदुरी गर्ने खेतालाहरु नपाएको भन्दै खेतियोग्य जमिन बाँझो हुने क्रम पनि बढ्दै जान थालेको छ । जिल्लामा सबैजसो ठाउँमा पर्याप्त सिंचाईको व्यवस्था नहुदा किसानहरु आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता छ ।

यस बर्ष समयमै पानी नपर्दा र रोग कीराको कारण उत्पादन कम हुने आंकलन गरिए पनि अहिले आएर उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना बताउछन् ।

उनले भने–‘धनकुटाको ०७८/०७९को क्षेत्रफल १ हजार ३ सय ८५ हेक्टरमा धान रोपाइ हुन्थ्यो, उत्पादन ४.३३ मेट्रिक टन दरले हुन्थ्यो, यस पटक अर्थात ०७९/०८० मा पनि १ हजार ३ सय ८५ हेक्टरमै धान लगाइएको छ, उत्पादन ६२ सय ३३ मेट्रिक टन भएको छ, यो सालको धान उत्पादन हुन बाँकी नै छ ।’

उनँले अघिल्लो सालको तुलनामा यो बर्ष उत्पादन बढी भएको बताए ।

जिल्लामा रन्जित, पोखरा, मसिनो, हंसराज लगायतका जातका धानको खेति हुने गरेको छ । हाइब्रिड जातका धानका पनि खेति हुने गरेको छ । यहाँ उत्पादन हुने धानले जिल्लाको करिब ५० प्रतिशत माग धान्ने गरेको छ ।

बीपीका मजदुरहरु आन्द ...

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ...

पानबारी गोल्डकप : आ ...

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा ...

धरानमा खानेपानीको चर ...

धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव ...

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved