मजदुरको आँखा उपचार नि:शुल्क " तिलगंगाका प्रा. डा. गोविन्द पौडेल धरान आउँदै"

  • मंसिर २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

  धरान/  धरान आइ केयर सेन्टरले मजदुर तथा आश्रित परिवारको आँखा चेकजाँच तथा मोतिबिन्दुको शल्यक्रिया निशुल्क गरिदिने भएकोछ ।

शुक्रबार सेन्टरका प्रमुख मनोज सुनामले, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीका अध्यक्ष भीमज्वाला राई सहितका नेतृत्वसंगको छलफलमा सेन्टरले यस्तो घोषणा गरेको हो ।

सेन्टरले मजदुर तथा मजदुरका आश्रित परिवारको आँखाको चेकजाँच, औषधी, शल्यक्रिया निशुल्क गरिदिने घोषणा गरेको हो ।

सहमति अनुसार आँखा चेकजाँ मंसिर २२ गतेदेखिनै सुरु हुनेछ, जाँच गरिएकामा मोतिबिन्दु देखिएमा मंसिरको २९ र ३० गते शल्यक्रिया गरिने सेन्टरका प्रमुख सुनामले बताउनु भयो ।

ओपिडि चेकजाँच र औषधी, शल्यक्रिया र शल्यक्रियापछि चाहिने चस्मा धरान आइ केयर सेन्टरको तर्फबाट निशुल्क उपलब्ध गराउछौं सुनामले भन्नु भयो ।

जिफन्टको तर्फबाट भीमज्वाला राईले पहिलेदेखिनै मजदुरहरुलाई निशुल्क उपचारको व्यवस्थाका लागि आग्रह गर्नु भएको थियो हामीले सकिरहेका थिएनौँ यस पटक मित्र समाज काठमाण्डौं र मेट्रो आइकेयर सेन्टर काठमाण्डौले प्राविधिक सहयोग गरेका कारण मजदुरहरुलाई सहयोग गर्न सकेकाहौं वहाँले भन्नु भयो ।

ओपिडि जाँच ५ सय पर्छ, शल्यक्रियाको २५ हजार पर्छ, जाँचपछिको औषधी र शल्यक्रियापछि चाहिने चस्मा मजदुर तथा आश्रित परिवारलाई सबै निशुल्क गछौं सुनामले बताउनु भयो । यदी धरान बाहिरका लाई शल्यक्रिया गर्नु परे धरानमा आवास र खाना समेत हाम्रो तर्फबाट सहयोग गर्छौं सुनामले बताउनु भयो ।

धरानमा मात्रै सबै क्षेत्रका मजदुरहरु ४५ हजार रहेका भएपनि जिफन्टमा यातायात, निर्माण, अटो, सुरक्षा, समग्र उद्योग, सरसफाइ, स्वरोजगार गरी करिव १० हजार संगठित रहेकाछन् ।

यो सम्झोताले मजदुर र आश्रित परिवारलाई राहत पुग्नु बताउँदै सेन्टर र प्रमुख सुनामलाई मजदुर नेता भीमज्वाला राईले धन्यवाद दिनुभयो ।

सेन्टरसंगको छलफलमा जिफन्ट धरानका अध्यक्ष शमशेर वर्देवा, क्युपेक नेपालका केन्द्रीय उपमहासचिव मुक्तिनाथ गिरी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका धरान अध्यक्ष कमल भट्टराई, सुरक्षा श्रमिक टे«ड युनियन घोपाका सचिव प्रवीण राई लगायतका नेतृत्वको सहभागीता रहेको थियो ।dr

 मोतिबिन्दुको शल्यक्रिया प्रा. डा. गोविन्द पौडेलबाट मंसिर २१ गतेदेखिनै आँखाको निशुल्क शिविर सञ्चालन हुने र जाँच गरिएका मध्ये मोतिबिन्दु देखिएकाहरुको शल्यक्रिया तिलगंगा आँखा अस्पताल काठमाण्डौंका विशेषज्ञ प्राध्यापक डाक्टर गोविन्द पौडलबाट गरिने सेन्टरले जानकारी गराएकोछ ।

शल्यक्रिया मंसिर २९ र ३० गते हुने र सोका लागि डा. गोविन्द पौडेललाई धरानमा निम्ता गरिएको सेन्टरका प्रमुख सुनामले जानकारी गराउनुभयो ।

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved