कोशी कोभिड अस्पतालका औजार उपकरणमा खिया लाग्दै फेरी फेरियो अस्पतालको नाम

  • मंसिर २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt - सुमन पुरी

विराटनगर/  कोभिडको महामारीको बेला नागरिक, दातृ संस्था र प्रदेश सरकारले स्थापना गरेको कोशी कोभिड अस्पताल सञ्चालनमा समस्या भएको छ ।

प्रदेश सरकारले पटक पटक नाम र उद्देश्य फेरेर अस्पताल सञ्चालनको प्रयास गरे पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन ।

कोभिड महामारीका बेला सञ्चालनमा आएको अस्पताल अढाई वर्षदेखि सञ्चालन हुन नसक्दा त्यहाँ रहेका अर्बौँ रुपैयाँका औजार उपकरण बिग्रने अवस्थामा पुगेका छन् ।
अस्पतालमा अहिले एक सय ३० वटा अत्याधुनिक बेड रहेका छन् ।

अस्पतालमा ८० वटा आइसियु, भेन्टिलेटर ३० र अल्ट्रासाउन्ड मेसिन ४ वटा रहेको कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्विस सरकारले उक्त अस्पतालका लागि बेग्लै भवन निर्माण गरेको थियो ।

स्विस सरकारले अस्पताललाई आवश्यक पर्ने १ सय ५० सिलिन्डर क्षमताका दुई वटा अक्सिजन प्लान्ट, फोहोर व्यवस्थापन र दुई वटा वाटर ट्रिटमेन्ट प्लान्टको निर्माण गरी दिएको थियो ।

अस्पतालमा अहिले एबीजी मेसिन, वाई प्याप १० थान, सी प्याप १० थान, डेफी विलेट एक थान, पेसेन्ट मनिटर ४० थान, अटो प्लेट दुई थान समेत रहेको मन्त्रालयले जनाएको छ । तर कोशी प्रदेश सरकारले आवश्यक नीति ल्याई अस्पताल सञ्चालन गर्न नसक्दा अर्ब रुपैयाँ भन्दा बढीका औजार उपकरण थन्किएर बसेका छन् ।

यो अस्पताल सञ्चालन गर्न निजी स्तरबाट करिब तीन करोड रुपैयाँ सहयोग जुटेको तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरे बताँँउछन् । नागरिक दातृ संस्था र सरकारको लगानीमा बनेको सो अस्पतालमा रहेका औजार उपकरण भने कोभिड महामारी सकिएपछि भने प्रयोग विहीन छन् ।

२ वर्ष भन्दा बढी समयदेखि औजार उपकरण सञ्चालन नहुँदा खिया लाग्ने अवस्थामा पुगेका छन् । औजार उपकरणका रेखदेख र सरसफाइका लागि नियुक्त गरिएका कर्मचारीको दायित्व भने प्रदेश सरकारले व्योहोर्दै आएको छ ।

सञ्चालनमै आएन संक्रामक रोग तथा सघन उपचार केन्द्र

कोभिड महामारी सकिएपछि कोशी प्रदेश सरकारले अस्पतालको नाम फे¥यो । आर्थिक वर्ष २०७९/८०को बजेट नीति तथा कार्यक्रममा सो अस्पतालको नाम संक्रामक रोग तथा सघन उपचार केन्द्र राखियो ।

सङ्क्रामक रोगको उपचारका लागि भनेर सरकारले यसका लागि ५ करोड रुपैयाँ बजेट पनि विनियोजन ग¥यो । प्रदेश सरकारले केही चिकित्सक र स्वास्थ्यकर्मीको नियुक्त गरी दैनिक ओपिडी सेवा समेत सञ्चालन ग¥यो ।

तर दैनिक २० देखि ३० जना मात्रै बिरामी आउँदा अस्पतालले गति लिन सकेन । बिरामी नआएपछि त्यहाँ नियुक्त भएका डाक्टरहरूलाई प्रदेश सरकारले विभिन्न जिल्ला अस्पतालमा खटायो ।

बिरामी नआएपछि केही स्वास्थ्यकर्मी काम छाडेर विदेश समेत गए । अस्पतालका लागि भनेर नियुक्त गरिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले तलब मात्रै खाइरहेका छन् ।
अहिले २ जना एमबिबिएस डाक्टर सहित २८ जना स्वास्थ्य प्रशासनका कर्मचारी र कार्यालय सहयोगीलाई प्रदेश सरकारले तलब तथा भत्ता खुवाउँदै आएको छ ।

१० जना जति छात्राबृती करारमा समेत स्वास्थ्यकर्मी सो अस्पतालमा कार्यरत छन् । अस्पतालमा रहेको ओपिडी सेवा लिन आउने बिरामीको संख्या भने दिन दिनै घट्दै गएको अस्पताल हेर्ने जिम्मा पाएका स्वास्थ्य मन्त्रालयका भरत साहले बताए ।

फेरी फेरियो अस्पतालको नाम

अस्पताल सञ्चालन गर्न नसकेको प्रदेश सरकारले यस पटक बाट भने सो अस्पताललाई हृदयरोग केन्द्र बनाउने घोषणा गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अध्यादेशबाट बजेट ल्याउँदै सो अस्पताललाई हृदयरोग केन्द्र बनाउने घोषणा गरेका छन् । हृदयरोग केन्द्र स्थापनाका लागि ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटाले बताइन् ।

उनका अनुसार अस्पतालको भौतिक संरचना र औजार उपकरणको प्रयोगका लागि हृदयरोग उपचार केन्द्र बनाउन लागिएको बताइन् । उनले अस्पताल आवश्यकताका आधारमा खुलेका हुनाले दरबन्दी नभएको र आवश्यकताका आधारमा प्रदेश सरकारले डाक्टर, चिकित्सक र स्वास्थ्यकर्मी नियुक्त गर्ने गरेको बताइन् ।

उनले भनिन्, ‘प्रदेशमा मुटु रोगको उपचार गर्ने भरपर्दो अस्पताल थिएन । मुटु रोगको बिरामी बढिरहेको अवस्थामा मुटु रोग उपचारका लागि हृदय रोग केन्द्र स्थापना गर्ने निर्णय गरिएको हो ।’

उनले हृदय रोग केन्द्र स्थापनाका लागि के के गर्न सकिन्छ, जनशक्ति र लगानी कति आवश्यक पर्छ भनेर विज्ञसँग बसेर छलफल गर्ने र यसैका आधरमा अस्पताल निर्माण गरिने देवकोटाले बताइन् । उनले यसै वर्षबाट मुटुको रोगको उपचार गर्ने अस्पताल निर्माणमा प्रदेश सरकार लाग्ने बताइन् ।

बीपीका मजदुरहरु आन्द ...

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ...

पानबारी गोल्डकप : आ ...

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा ...

धरानमा खानेपानीको चर ...

धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव ...

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved