सर्वसाधारणलाई सुरक्षा देऊ "सम्पादकीय"

  • मंसिर २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

जङ्गली हात्तीको आक्रमणबाट यसै मङ्सिर महिनामा मोरङ, सुनसरी र झापामा चारजनाको मृत्यु भएको छ । मोरङ, सुनसरी र झापामा पर्ने चारकोसे जङ्गलमा पछिल्लो समय हात्तीको बथानले विध्वंस मच्चाइरहेका समाचार विभिन्न सञ्चारमाध्यममार्पmत् प्रकाशमा आइरहेका छन् ।

२५–३० वटा हात्तीको बथानले उपर्युक्त तीन जिल्लामा पूर्व–पश्चिम लोकमार्गबाट उत्तरी र दक्षिणी क्षेत्रमा प्रवेश गरेर हात्तीले आतङ्क मच्चाएको समाचारमा उल्लेख छ । हात्तीको बथानले मानव बस्तीमै प्रवेश गर्ने गरेको समाचारले सबैलाई त्रस्त बनाएको छ ।

त्यस क्षेत्रमा जङ्गली हात्तीले आतङ्क सिर्जना गरेको यो पहिलोपटक होइन । यसअघि पनि सो क्षेत्रमा हात्तीले बारम्बार आतङ्क मच्चाउने गरेको छ । हात्तीको आतङ्कका कारण त्यस क्षेत्रका स्थानीयको जीवन असहज बनेको छ । उनीहरूले असुरक्षित अवस्थामा बाँच्नु परेको छ । यो अवस्था दुःखदायी छ ।

दैनिक जीविकोपार्जनका लागि जङ्गल क्षेत्रमा जान सर्वसाधारण बाध्य छन् । घाँस–दाउरा गर्न उनीहरू दैनिक जसो जङ्गल क्षेत्रमा जाने गर्छन् ।

त्यस क्रममा जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाउन सर्वसाधारण बाध्य भइरहेका छन् । त्यस क्षेत्रमा हात्तीको आक्रमणबाट बर्सेनि मानवीय क्षति हुने गरेको छ ।
सामुदायिक वनको अवधारणाले धेरै अर्थमा स्थानीयको जीवनमा सकारात्मक प्रभाव पारे पनि जङ्गली हात्तीका गतिविधि भने स्थानीयका लागि श्राप नै बन्न पुगेको छ ।

चालू आर्थिक वर्षमा झापामा मात्र जङ्गली हात्तीको आक्रमणबाट ६ जनाले ज्यान गुमाइसकेका छन् । केही समयअघि मोरङको सुन्दरहरैँचामा हात्तीके आक्रमणबाट दुईजनाले ज्यान गुमाइसकेका छन् ।

भारतबाट झापाको बाहुनडाँगी नाका हुँदै प्रवेश गरेका जङ्गली हात्तीले घर भत्काउने, बालीनाली नष्ट गर्ने र मानवीय क्षतिसमेत गर्ने गरेको छ ।
हात्तीको आक्रमणबाट सर्वसाधारणलाई सुरक्षित बनाउने दायित्व राज्यको हो ।

हात्ती धपाउन सुरक्षाकर्मीको टोली साइरनसहित परिचालन गरिएको भए पनि यति मात्र पर्याप्त छैन । यसका लागि सरकारले विज्ञहरूसँग परामर्श गरी विशेष योजना बनाउनु आवश्यक छ ।

जङ्गली हात्तीले असार–साउन र मङ्सिर–पुस महिनामा बढी विध्वंश मच्चाउने गरेको छ । मानव र वन्यजन्तुबीच हुने द्वन्द्वले जनजीवन भयभीत बन्ने गरेको छ । वासस्थान र आहाराको अभावका कारण मानव बस्तीमा प्रवेश गर्ने हात्तीबाट सुरक्षित हुन सुरक्षा व्यवस्थासँगै सर्वसाधारणलाई प्रशिक्षण दिनु पनि आवश्यक देखिन्छ ।

वन्यजन्तुको स्वभाव र वन्यजन्तुसँग गर्नुपर्ने व्यवहारबारे जानकारी नहुँदा पनि बढी क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ । यसतर्पm सरकारको ध्यान जानुपर्छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved