आफ्नो पार्टी र नेतृत्वविरुद्ध गतिबिधि भएको भन्दै प्रदेशसभामा एमालेको विरोध

  • मंसिर २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ पार्टी र नेतृत्व विरुद्ध कोशी प्रदेशमा विरोध प्रदर्शन चरणबद्ध रुपमा हुन थाले पछि एमालेका संसदहरुले प्रदेशसभा विरोध जनाएका छन् ।

एमाले अहिले संकल्प यात्रा झुलाघाट–चिवाभञ्ज्याङको अभियानमा छ । अभियानका क्रममा कोशी प्रदेशमा विरोध प्रदर्शन गर्ने भन्दै प्रचारबाजी गरिदै आएको छ ।

बुधबारको कोशी प्रदेशसभा बैठकमा दलको तर्फबाट समय लिएर बोल्दै तिलकुमार मेन्याङ्बोले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ‘प्रवेश गर्न नदिने’ भन्दै गरिएको प्रचारप्रति विरोध गरेको छन् ।

मुलुकका पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई प्रवेशमै निषेध गर्ने प्रचार दुःखद् र संविधान विरोधी भएको उनले बताए ।

कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने भन्दै प्रदेशमा आन्दोलनरत संघ संस्थाहरुले ओली सहित एमाले नेता योगेश भट्टराई र महेश बस्नेत तथा कोशी नामकरणको पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्यहरुलाई पहाडी जिल्लामा प्रवेश गर्न नदिने चेतावनी दिँदै आएका छन् ।

एमालेको मेची–महाकाली मध्यपहाडी यात्राको क्रममा ओली र कोशीको पक्षमा मतदान गर्ने सांसदहरु सहभागी भए अबरोध गर्ने उनीहरुको धम्की छ ।

पहिचानवादीको यस्तो भनाइ संविधान प्रदत्त अधिकारको उल्लघन भएको भन्दै एमालेको आपत्ती जनाएको छ । ‘मुलुकभित्रै आवतजावत गर्न पनि निषेध गरिने चर्चा दुखद् छ’ मेन्याङ्बोले भने, ‘यस किसिमको अलोकतान्त्रिक कदम अगाडि नबढाउन म आग्रह गर्दछु ।’

एमाले मुलुकको समृद्धिका लागि पहाडी क्षेत्रलाई अझै उन्नत तुल्याउन मेची महाकाली यात्रामा रहेको भन्दै उनले अलोकतान्त्रिक कदम नचाल्न आन्दोलनकारीलाई आग्रह गरेका हुन् ।

कोशी नाम खारेजीको माग गर्दै ‘प्रदेश नं १ पुनः नामांकन संयुक्त संंघर्ष समिति’ ले यसअघि ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई सहभागी कार्यक्रम विथोल्ने प्रयास गरेको थियो । सो समूहले उनी सवार सवारी साधनमा क्षति पुर्याएको थियो ।

प्रदेशसभाको बुधबारको बैठकको शुन्य समयमा नेकपा एकीकृत समाजवादीका सांसद खिनु लङ्वा लिम्बूले भाषा आयोगले कोशी प्रदेशका लागि कामकाजको भाषा मैथिली र लिम्बू कायम गर्न दिएको सुझाव अनुसार अगाडि बढ्न सरकारलाई आग्रह गरिन् ।

त्यसका लागि प्रदेशमा तयार भएको विधेयकको मस्यौदा सदनमा पेस गर्नुपर्ने उनको माग थियो ।
राप्रपाका सांसद प्रेमराज थाम्सुहाङले सरकारले आम नागरिकलाई रोजगार, शिक्षा र स्वास्थ्यका कार्यक्रम ल्याउन माग गरे ।

प्रदेशसभाको बैठकमा ‘कोशी प्रदेश समायिक राजस्व संकलनसम्बन्धी विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफल भएको छ । छलफलमा कोशी प्रदेशसभा सदस्य विदुरकुमार लिङ्थेप, खड्गबहादुर बस्नेत र गीतादेवी रेग्मीले भाग लिएका थिए ।

सैद्धान्तिक छलफलमा उठेका विषयमा मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले जवाफ दिँदै सरकारले उपयुक्त ठानेर यो विधेयक ल्याएको पुष्टि गरे ।

बेपत्ता श्रीमान २० व ...

मोरङ/ दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका ...

सेवा बिस्तार गर्दै च ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको वडा नं २ लाई ...

कमिसनको खेलले करोडौ ...

बेलबारी/ मोरङको बेलबारी र कानेपाखरी गाउँपालिका भएर ...

‘मेयर साम्पाङले हामी ...

धरान/ धरानको खानेपानी समस्या लगायत विविधि विषयमा ध ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved