‘लोकतन्त्र माथि प्रहार हुँदा पनि गठबन्धन सरकार मौन छ’

  • मंसिर २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । देशमा अस्थिरता पैदा गरेर लोकतन्त्र माथि प्रहार भइरहेको अवश्थामा पनि गठबन्धन सरकार मौन बसेको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राईले आरोप लगाएका छन् ।

अनेक बहानामा प्राप्ती उपलब्धीलाई ध्वस्त पार्न धावा बोलिरहेको अवश्थामा पनि गठबन्धन सरकार कान तेल हालेर बसेकै कारण एमालेले संकल्प यात्रा शुरु गर्नुपरेको उनले दाबी गरे । मंगलबार नेकपा एमाले धरान उपमहानगर कमिटीद्वारा आयोजित भुकम्प पिडितलाई राहत रकम हस्तान्तरण तथा संकल्प अभियानको विषयमा जानकारी दिन पत्रकार भेटघाट कार्यक्रममा संस्थापक मुख्यमन्त्री समेत रहेका राईले लोकतन्त्रलाई अप्ठ्यारोमा धकेल्ने काम भइरहँदा गठबन्धन सरकार मौन बसेको उनको आरोप छ ।

उनले भने, अस्थिरता पैदा गर्ने, द्वन्द भड्काउने मनसायका साथ शक्तिहरु लागेका छन्, गठबन्धन सरकार मौन छ, स्वभिमान र स्वधिनताको पक्षमा लडेको राष्ट्रवादी पार्टी एमाले बलियो भएर खडा भएको छ, लोकतन्त्र, गणतन्त्रको रक्षाको लागि एमाले लागेको छ ।’

जनविरोधी शक्तिहरु एमालेलाई घेराबन्दी गर्ने, सबै खाले स्वार्थलाई छिराउने दाउपेच भइरहेको उनको भनाई छ । देशमा भइरहेको अराजक अवश्थालाई बुझ्दै यात्राको माध्यमबाट देशको बिग्रदो अवश्थालाई बुझेर सुधार गर्ने तर्फ दृष्टिकोण बनाउने तयारीमा साथ अघि बढेको उनको भनाई छ ।

उनले भने, ‘बसाई सराईले पहाडी क्षेत्र रुखो बन्दै गएको छ, युवाहरु पलायन भइरहेका छन्, कृषि, पर्यटन लगायत रोजगारीको शिर्जन हुन सकेको छैन्, यो अवश्थाहरुलाई जनतालाई अन्तरक्रिया, छलफल गरेर दृष्टिकोण बनाउनेछ ।’ मुलुकको बिग्रदो अवश्थालाई सुधारेर एमालेलाई मिसन ८४ पुरा गर्ने तरिकाले अघि बढ्ने उनले बताए ।

पहाडी जिल्लामा भइरहेको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन समग्र पक्षको अध्ययन गर्ने अन्तरक्रिया गर्ने र आगामी दिनमा त्यस क्षेत्रको विकाशलाई अघि बढाउन ठोस आधार तयार गर्न अभियान अघि बढेको उनले बताए । उनका अनुसार आउँदो २८ गते तेह्रथुमको बसन्तपुरमा बृहतसभा हुँदैछ भने पुष १ गते पाँचथरको चिवाभञ्ज्याङमा समापन हुने छ ।

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved