किसानमैत्री नीति आवश्यक

  • मंसिर १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

कृषिमा आधारित नागरिकहरूको सङ्ख्या क्रमशः घट्दै गएको भए पनि देशका अधिकांश नागरिक अहिले पनि कृषिमै आश्रित छन् ।

अहिले पनि करिब ६० प्रतिशत जनसङ्ख्या कृषिमै आश्रित रहेको देखिन्छ । हुन पनि देशको समृद्धि र विकासका लागि कृषि क्षेत्रको विकास अनिवार्य छ । हाम्रो देशको विकासका प्रमुख आधारहरू जलस्रोत, पर्यटन र कृषि नै हुन् । त्यसै कारण सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्छ ।

अधिकांश नागरिकहरू कृषिमा आधारित भएका हुँदा ती किसानहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन नल्याई समग्र देशवासीको जीवनस्तर माथि नउठ्ने निश्चित छ ।
सर्वसाधारण किसानहरूको जीवनस्तर माथि उठाउन सरकारी नीति तथा कार्यक्रम किसानमैत्री हुनुपर्छ ।

किसानका लागि गरिएको लगानीले कृषि क्षेत्रमा सकारात्मक परिवर्तन हुने पक्का छ । यसको एउटा उदाहरण धरान–१३ स्थित कृषि उपज बजार स्थलमा निर्माण भएको शीतगृह (चिस्यान केन्द्र) हो । यसको निर्माणले किसानलाई राहत मिलेको समाचार आएको छ । कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा सो शीतगृह निर्माण भएको हो ।

शीतगृह बन्नुअघि किसानहरू बिक्री नभएका कृषिजन्य उत्पादन खेर फाल्न बाध्य थिए । अहिले भने उनीहरू बिक्री नभएका कृषिजन्य उत्पादन भण्डारणका लागि शीतगृहमा पु¥याउने गर्छन् ।

शीतगृहमा भण्डारण गर्दा कृषिजन्य उत्पादन लामो समयसम्म सुरक्षित हुने भएकाले उत्पादन खेर फाल्नुपर्ने बाध्यताबाट किसानहरू मुक्त भएका छन् । शीतगृहमा भण्डारणमा गरिएका उत्पादन बिस्तारै बिक्री गर्न सकिने भएकाले किसानहरू लाभान्वित भएका हुन् ।

शीतगृह बन्नुअघि बिक्री नभएका फलपूmल र तरकारी नालीमा फाल्नुपर्ने अवस्था थियो तर अहिले त्यस्तो अवस्था छैन । धरानमा धनकुटा, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, खोटाङलगायत पहाडी क्षेत्रका किसानहरू तरकारी तथा फलफूल बिक्री गर्न आउँछन् ।

उनीहरूले यसबाट लाभ लिएका छन् । देशका अन्य भागमा पनि यस्ता शीतगृहहरू निर्माण हुनु आवश्यक छ । यसका लागि तीनै तहका सरकारहरू गम्भीर बन्नुपर्छ । कृषिप्रधान देश भनिए पनि कृषिमा आत्मनिर्भर हुन नसक्नु विडम्बनाकै विषय बनेको छ । यस्तो अवस्थाको अन्त्य हुनुपर्छ ।

यसका लागि देशलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउनु आवश्यक हुन्छ ।

देशलाई कृषिमा आत्मनिर्भर बनाउन त्यसै सम्भव हुँदैन । यसका लागि कृषि क्षेत्रमा लगानी बढाउनुपर्छ । लगानीको सदुपयोग हुनुपर्छ । अनावश्यक रूपमा गरिएको लगानीले उचित प्रतिफल नदिने भएकाले लगानी गर्नुअघि सरोकारवाला र विज्ञहरूसँग परामर्श र विमर्श गर्नु वाञ्छनीय हुनेछ ।

धरानमा तरकारी र फलपूmलका लागि शीतगृह भए पनि खाद्यवस्तुका लागि अभैm शीतगृहको अभाव नै छ ।

यहाँ खाद्यवस्तुका लागि पनि शीतगृह आवश्यक छ । मासु, चिज, पनिरजस्ता खाद्यवस्तु राख्न यहाँ शीतगृहको माग भएको समाचारमा उल्लेख छ । यसतर्पm पनि सरकारको ध्यान जानुपर्छ । यसका लागि स्थानीय सरकारले प्रदेश र सङ्घ सरकारसँग समन्वय गर्नुपर्छ ।

बीपीका मजदुरहरु आन्द ...

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ...

पानबारी गोल्डकप : आ ...

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा ...

धरानमा खानेपानीको चर ...

धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव ...

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved