टिकटको टुङ्गो छैन गाउँ–गाउँमा दौडधुप

  • मंसिर १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएसँगै सांसद पद रिक्त बनेपछि उप निर्वाचनको तयारीका लागि नेताको दौडाहा सुरु भएको छ ।

उनको निधन भएसँगै जिल्लामा उपनिर्वाचनको तयारीका लागि उम्मेद्धवारका आकांक्षी नेता गाउँ गाउँमा पुग्न थालेका छन् ।

उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस र स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको आङ्कलन र चर्चा सुरु भइरहँदा काँग्रेसका दुई नेता र सुवास चन्द्र नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङ गाउँ गाउँमा पुग्न थालेका छन् । उप निर्वाचन तोकिएको छैन र टिकट पनि कसले पाउने टुङ्गो नभए पनि आफूले टिकट पाउने भन्दा नेता मैदानमा उत्रिसकेका छन् ।

नेपाली काङ्ग्रेसबाट भने २०७९ को निर्वाचनमा नेम्बाङसँग एक सय १४ मतले पराजित डम्बर खड्का नै पुनः उम्मेदवार बन्ने चर्चा छ भने उनी उक्त क्षेत्रका मतदाता समक्ष पुगिरहेका छन् ।

त्यस क्षेत्रमा हुने विभिन्न कार्यक्रममा आर्थिक सहयोग गर्दे मतदाता समक्ष पुगिरहेका छन् भने गत निर्वाचनमा टिकट लिन प्रतिस्पर्धामा रहेका भेषराज आचार्य पनि मतदाता माझ पुगिरहेका छन् । खड्का र आचार्य छुट्टा छुट्टै समूहका साथ इलामको दुई नं. क्षेत्रका मतदाता माझ भेटघाट गर्दे पुगिरहँदा दुवै टिकट कसले पाउँछ भन्ने टुङ्गो छैन ।

तर उनीहरूको यो दौडाहाले एउटाले टिकट पाउँदै गर्दा अर्को समूह भने असन्तुष्ट देखिने पक्का छन् ।

भेषराज शेखरको लाइनमा छन् भने खड्का देउवाको लाइनमा छन् । जिल्ला सभापति समेत रहेका खड्का देउवा लाइनका भएकै कारण गत निर्वाचनमा टिकट ल्याउन सफल भएका थिए भने यस पटक पनि उनी आफूले टिकट ल्याउनेमा ढुक्क छन् ।

उनले टिकट ल्याएको खण्डमा गत निर्वाचन पछि भेषराजसँग देखाएको रिसीवीको दुरीले खड्कालाई असर गर्ने देखिन्छ भने उनले टिकट न पाएमा पैँचो तिर्ने खेल सुरु हुने देखिन्छ ।

खड्का र आचार्य सँगै केशव थापा, बेनुप पर्साइ, डिकेन्द्र इदिङ्गो, पूर्ण गौतमको नाम पनि नआएको हैन तर थापा र पर्साइ बाहेकका व्यक्ति भेषराज सँगै गाउँघर दौडाहामा छन् ।

यता २०५६ सालदेखि नेम्बाङले निरन्तर विजयी हासिल गर्दै आएको इलाम निर्वाचन क्षेत्र नं. २ मा नेम्बाङको निधनपछि उनका कान्छा छोरा पनि विभिन्न कार्यक्रममा बुबाका सपना पूरा गर्न आफू लाग्ने भन्दै भाषण गर्दे हिनिरहेका छन् ।

उनले भाषणमा पाटीले जिम्मेवारी दियो भने बुबाका सपना पुरा गर्न आफू तयार रहेको बताउँदै सपना बाँडी रहेका छन् ।
राजनीतिमा त्यति सक्रिय नभएका उनी बुबाकै पेसा अङ्गालेर अधिवक्ता बनेर काम गरिरहेका सुहाङ बुबाको निधन पछि उत्तराधिकारी बन्ने इच्छाका साथ मैदानमा छन् तर पार्टीले टिकट दिन्छ या दिँदैन भन्ने टुङ्गो छैन ।

बाबु जस्तै शालीन सुहाङलाई बाबुको बाँकी रहेको कार्यभार पूरा गर्ने जिम्मेवारी दिएर जानेमा एमालेका केही नेता पोजेटिभ छन् भने केही नेताले जिल्लामा पहिले देखि गरेको दुख चाहिँ हेर्नु पर्दैन भन्ने कुरा पनि उठाइरहेका छन् ।

एमालेमा लामो समय देखि एकै व्यात्तिले निर्वाचन जितिरहँदा सुहाङ निर्विकल्प भने हैन । एमालेमा भित्र भित्रै आधा दर्जन नेताको आकांक्षा छ । तर गाउँ–गाउँमा देखिने गरी भने सुहाङ भाषण गर्दे हिनिरहेका छन् ।

उनले टिकट पाएको खण्डमा लामो समय सम्म राजनीति गरिरहेका जिल्ला तहका नेता नै असन्तुष्ट हुने देखिन्छ । एमाले भित्रै जिल्लामा एउटा टिम उक्त क्षेत्रमा भएका गतिविधि हेरेर बसिरहेको छ भने एउटा टिमले उक्त क्षेत्रका जुन सुकै कार्यक्रममा सुहाङलाई कहिले विशेष अतिथि त कहिले विशिष्ट अतिथि भन्दै ल्याउने गरेको छ ।

एमालेबाट टिकट कसले पाउँछ कुनै टुङ्गो छैन तर टिकट पाए पनि यस पटक लामो समयदेखि आफ्नो पकटमा पार्दे गरेको इलाम दुई नं.लाई निरन्तरता दिन त्यति सहज भने छैन ।

विकासको हिसाबले विकट रहेको उक्त क्षेत्रका जनताले अझै शिक्षा, स्वास्थ्य र यातायातको समस्या भोगिरहेका कारण निकै असन्तुष्ट रहेको गत निर्वाचनमा सुवास नेम्बाङले ल्याएको मतले नै प्रस्ट पार्दछ । माओवादीमा पनि अघिल्लो निर्वाचनमा त्यसै क्षेत्रबाट प्रदेश सभा सदस्य बनेका धरेन शर्माको चर्चा छ । माओवादी गठबन्धनबाटै गयो भने टिकट पाउँछ या पाउँदैन टुङ्गो छैन ।
यता राष्ट्रिय स्वतन्त्र पाटीबाटको उम्मेदवार आउँछ भन्नेमा ठुला दलहरू पनि चनाखो बनिरहेका छन् । पछिल्लो समयमा स्वतन्त्र पाटीले निकै चर्चा पाइरहेको अवस्थामा रास्वपाको उम्मेद्धवारले आङ्कलन परिवर्तन गराउनेमा ठुला दलमा चिन्ता छ ।

उप निर्वाचनमा रास्वपा बाट महेन्द्र थापाको चर्चा सुरु भएको छ । पार्टीले आवश्यक ठानेर टिकट दिएमा आफू उम्मेदवार बन्ने सङ्केत पनि गरिसकेको बुझिएको छ ।
लामो समयदेखि एमालेका उम्मेदवार विजयी बनेको यो क्षेत्रमा अब के हुन्छ भन्ने आङ्कलनै गाह्रो छ ।

इलामको कर्णाली भनेर उपनाम पाइसकेका क्षेत्र यसै निर्वाचन क्षेत्रमा पर्दछन् । एमाले र काँग्रेसमा उम्मेद्धवारको दाबी गर्ने नेताको प्रतिस्पर्धाले टिकट नपाएको रिस साँध्ने सम्मको खेल हुने यस अघिका निर्वाचनको नतिजाले देखाएको छ ।

सुवास नेम्बाङ सर्वसम्मत उम्मेदवार भएको कारण अहिले सम्म एमालेमा सहज भएको उक्त क्षेत्रमा पाटी विभाजन हुँदा पनि उनकै कारण एमालेमा कम असर परे पनि निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न फलामको चिउरा झैँ बनेको थियो ।

अबको निर्वाचनमा एमालेमा पहिले जस्तो सहज हुने देखिँदैन । ठुला राजनीतिक दलमा गुटको कारण टिकट कसले पाउँछ र अर्को गुटको खेल के हुन्छ भन्ने टुङ्गो हुँदैन ।

त्यसैले पार्टीलाई जिताउने भन्दा पनि व्यक्ती हराउनेमा लाग्ने गरेको गत निर्वाचनको मतबाटै प्रस्ट देखिन्छ त्यस कारण अव इलाम दुईमा उपनिर्वाचन हुँदा एमालेले नै निरन्तरता देला वा लामो समयपछि काँग्रेसको पासा पल्टिन्छ या स्वतन्त्रले हस्तक्षेप गर्छ भन्ने आङ्कलन समेत गर्न सकिँदैन ।

बेपत्ता श्रीमान २० व ...

मोरङ/ दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका ...

सेवा बिस्तार गर्दै च ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको वडा नं २ लाई ...

कमिसनको खेलले करोडौ ...

बेलबारी/ मोरङको बेलबारी र कानेपाखरी गाउँपालिका भएर ...

‘मेयर साम्पाङले हामी ...

धरान/ धरानको खानेपानी समस्या लगायत विविधि विषयमा ध ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved