यु.एन.नबोदय कलेजका बिद्यार्थीलाई लागू औषध दुर्ब्यसन सम्बन्धि सचेतना

  • मंसिर १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान १६ मा रहेको यु.एन.नबोदय कलेजले बिहिबार प्लस टु मा अध्ययनरत बिद्यार्थीहरुका लागि एक दिवसीय लागू औषध दुव्र्यसन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कलेजको सेमिनार हलमा सम्पन्न सचेतना कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक भिमराज राईले गरेका थिए ।

प्र.नि.राईले लागू औषध के हो, लागू औषधको कुलतमा किशोर–किशोरीहरु कसरी फस्छन, लागू औषधको कारोबार गर्ने वा सेवनकर्तालाई कानुनी कार्वाही के हुन्छ भन्ने बारेमा बिद्यार्थीहरुलाई जानकारी गराएका थिए ।unc

त्यस्तै लागू औषधको दलदलमा फसेका युवाहरुलाई छुटाउने उपाय, कुलतबाट छुटाउन युवाको भुमिका लगायतका विषयमा समेत राईले बिद्यार्थीहरुलाई सचेत गराए ।

लागू औषधको दलदलमा युवाहरुलाई फस्नै नदिने र फसि हालेको खण्डमा आफ्ना साथिहरुको शंकास्पद गतिबिधी निगरानी गर्ने, साथिको समस्यालाई सुनिदिने र उपयुक्त सल्लाह दिने, साथिलाई सहयोगात्मक व्यवहार गर्ने र साथिलाई गलत संगतमा फस्न नदिने जस्ता कुराहरु अपनाउन सहजकर्ता प्र.नि.राईले बिद्यार्थीहरुलाई आग्रह गरे ।

अहिलेको समयमा युवा बिद्यार्थीहरुका लागि लागूऔषध, साईबर क्राईम लगायत विभिन्न प्रकारका सचेतना कक्षाहरु दिन अति आवस्यक रहेकोले लागू औषध दुव्र्यसन सम्बन्धि सचेतना कक्षा संचालन गरिएको कलेजका क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले जानकारी दिए ।un

आगामी दिनमा पनि यस्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिइने क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए । विहिबारको सचेतना कक्षा युवा बिद्यार्थीहरुका लागि फलदायी भएको शान्तिदुत एबम कलेजका अध्यापक राम बहादुर लिम्बुले बताए ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved