हात्ती आतंकबाट त्रसित इटहरी दिर्घकालिन समाधान गर्न स्थानीयको आग्रह

  • मंसिर १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt -तस्बिर :बुधबार राती हात्ति आक्रमणबाट मृत्यु भएका इटहरी २ का रविन खड्का ।

इटहरी/ वर्षेनी हात्तिको आक्रमणबाट जनधनको क्षती हुन थाले पछि इटहरीवासी दिर्घकालिन समस्या समाधानका लागि प्रशासन गुहार्न थालेका छन् ।

गत बुधबार राती जंगली हात्तिको आक्रमणबाट इटहरी २ का २६ वर्षिय रविन खड्काको मृत्यु भए पछि अहिले इटहरीवासी हात्ति आतंकबाट त्रसित बनेका छन् ।

उनीहरुलाई सुरक्षाका लागि पिरोलिन थालेका छन् । हरेक वर्ष हात्तीको बथानसहित गाउँ पस्न थालेपछि समस्या थप बढ्दै गएको स्थानीयबासीको भनाइ छ ।

पाँच दिनयता हात्तीको बथान आएपछि आफूहरू रातभर जाग्राम बस्दै आएको स्थानीय रोशन अधिकारीले बताए । ‘साँझ साढे ५ बजेदेखि नै हात्तीको समूह आउँछ । हात्ती धपाउन हामी गाउँभरीका मान्छे रातभर जाग्राम बस्छौँ,’ उनले भने, ‘यो जाडो मौसममा त रातभरी बस्दा दाउराको जोहो गर्नपनि समस्या छ ।’

आफूहरूले हरेक वर्ष हात्ती धपाउन रातभर जाग्राम बस्नुपर्ने उनको भनाइ छ । ‘झापाको बाहुनडाँगीजस्तै हात्तीको बथान आउन थालेपछि समस्या भएको छ । संघीय, प्रदेश र स्थानीय तहले हात्तीको समस्या समाधान गर्नका निम्ति पहल गर्नुपर्छ,’ उनले भने, ‘साँझ पर्नेबित्तिकै हात्ती आउँछ । यस वर्ष २६ वटा हात्ती आएका छन् ।’

हात्तीबाट बच्न दीर्घकालीन समाधान खोज्न सम्बन्धित क्षेत्रले चासो देखाउनुपर्ने उनको भनाइ छ । गत वर्षभन्दा यस वर्ष हात्तीको संख्या बढेको उनले बताए । हात्ती समस्याबाट हरेक वर्ष पिरोलिनुपरेको उनको भनाइ छ । हात्तीलाई गाउँमा पस्न नदिनका लागि सुरक्षाकर्मी, वन रक्षक लगायतको साथ आवश्यक पर्ने उनले बताए ।

हात्तीले गत मंगलबार मात्रै इटहरी २ कै नैनाकुमारी राईको घर भत्काएको थियो । यस्तै, करिब दुई महिनाअघि पनि इटहरी २ कै लक्ष्मी राईको घर हात्तीले भत्काएको थियो ।
इटहरी २ बुढासुब्बा चोक नजिकै बुधबार राति ९ बजेतिर हात्ती आक्रमणबाट खड्काको मृत्यु भएको थियो ।

मृतकका बुबा मधु खड्काका अनुसार रातको समयमा आएका हात्तीको बथान खेदाउन जाने क्रममा हात्तीले आक्रमण गरेको हो ।

‘घरको जेठो छोरा हो, घर चलाउने उमेरमै गुमाउनुप¥यो,’ उनले भने ‘गाउँका सबैजना जाँदा जानैप¥यो । घर, गाउँमा हात्ती पस्न नदिनका लागि खेदाउन जाँदा नसोचेको घटना भयो ।’ दुई वर्ष वैदेशिक रोजगारमा बसेर अघिल्लो पुषमा मात्रै आएको र अहिले फेरि वैदेशिक रोजगारमै जान लागेका रविनको हात्ती आक्रमणपछि परिवारमा बज्रपात परेको उनले सुनाए ।
घटनापछि बाबु मधु, आमा कमला खड्का र मृतककी श्रीमती रेनुका राईसहित स्थानीयबबासी शोकमा डुबेका छन् ।‘घरबाट नजा भनेपनि गाउँले सबै गएपछि गएको थियो,’ आमा कमला खड्काले भनिन्, ‘हात्तीको हुल नै थियो । हात्ती गाउँ पस्ला भन्ने डर भयो, हात्ती धपाउन गएको छोरालाई हात्तीले नै लग्यो, सधैँका लागि ।’
यसैबीच हात्ती आक्रमणबाट मृत्यु भएपछि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । घटनास्थलमा आएका इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले तत्काल समस्याको समाधानका निम्ति पहल गर्ने बताए ।
सामुदायिक वनका कर्मचारीले वास्ता नगरेको स्थानीयले गुनासो गरेपछि मेयर पौडेलले जिल्ला वन प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखसहित कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई समेत समस्या राखेका छन् ।

हात्तीको समूहलाई नियन्त्रण लिन वा धपाउनका निम्ति स्थानीय तहसँग कुनै सयन्त्र नभएको मेयर पौडेलले बताए ।

‘हात्तीको आक्रमणबाट जोगाउनका निम्ति स्थानीय तहसँग कुनै सयन्त्र छैन,’ उनले भने, ‘वन कार्यालयसँग समन्वय गरेर के गर्न सकिन्छ, त्यसबारे निर्णय गर्छौँ ।’

उनले हात्ती नियन्त्रण गर्नका निम्ति आफूहरूसँग कुनै सयन्त्र नभएको बताउँदै साइरन जडान, बत्ती जडानजस्ता कुरामा भने उपमहानगरले काम गरिरहेको बताए । उनले हात्ती आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई उपमहानगरले एक लाख रुपैयाँ दिने वचन दिएका छन् ।

‘मानिसको ज्यानभन्दा पैसा ठूलो होइन, तर तत्कालका लागि उपमहानगरले एक लाख रुपैयाँ दिने वचन दिन्छु,’ मेयर पौडेलले भने, ‘हात्तीबाट इटहरीका जनता जोगाउनका निम्ति वन कार्यालयसहित सबै क्षेत्रको संयन्त्र प्रयोग गरिनेछ ।’

स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सामुदायिक वनमा जंगली जनावरले खाने अन्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी गरेको अवस्थामा प्रायजसोः जंगली जनावर मानव बस्तीमा नपस्ने विज्ञहरूको भनाइ छ ।

बीपीका मजदुरहरु आन्द ...

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ...

पानबारी गोल्डकप : आ ...

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा ...

धरानमा खानेपानीको चर ...

धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव ...

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved