धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसरीको नवौ जिल्ला अधिवेशनबाट अध्यक्षतमा विणा खनाललाई सर्वसम्मत चयन गरेको छ । खनालको अध्यक्षतामा ६९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । अधिवेशनको अवसरमा सांसदहरु तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।
शनिबार इटहरीमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि तथा अनेमसंघका केन्द्रीय उपाध्यक्ष मेनका काफ्लेले प्रतिनिधिसभा सदस्य भगवती चौधरी, राष्ट्रिय सभा सदस्य रुकमिणी कोइरालालाई सम्मान गरेकी छन् । त्यस्तै अनेमसंघ सुनसरीका पूर्व अध्यक्षहरु शारदा श्रेष्ठ, कुन्ता शर्मा, इन्दु गौतम, लक्ष्मी गौतम, मिरा आचार्य खनाल र मन्जु भण्डारीलाई समेत लसम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुलाई प्रमुख अतिथि काफलेले सम्मान पत्रसहित दोसल्ला ओढाएकी थिइन् । अधिवेशनले उपाध्यक्षहरुमा सृजना नेपाली र विष्णु शर्मा नेपाल सचिवमा माया राई, सहसचिवमा हिरा थान्दार र कोषाध्यक्षमा अनिता उराँव चयन भएका छन् ।
जिल्लाभरीबाट ३ सय ५० छानिएका प्रतिनिधिहरुले सहभागीता जनाएका थिए । अनेमसंघ सुनसरी अध्यक्ष विणा खनालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सृजना नेपालीले स्वागत मन्तव्य र सचिव इन्द्रकला राईले सञ्चालन गरेकी थिइन् ।