धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव शर्माले निमित्त उपकुलपतिको जिम्मेवारी पनि पाएका छन् ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकाल समाप्त भएसंगै रिक्त रहेको उपकुलपतिका जिम्मेवारीलाई निरन्तता दिन बैशाख ४ गते प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा.शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरेका थिए ।
निमित्त उपकुलपति प्रा. डा.शर्माले आइतबारदेखि नै कार्यभार सम्हालिसकेका छन् । चैत २६ गते डा.ज्ञानेन्द्र गिरीको कार्यकाल सकिएपछि प्रतिष्ठान उपकुलपतिविहिन भएको थियो ।
उपकुलपति विहीन अवस्थामा प्रतिष्ठानका अनुसार शिक्षाध्यक्ष प्रा.डा.शर्मालाई नया उपकुलपति नियुक्ती नभएसम्मको लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ । जिम्मेवारी दिदा निमित्त भनिएपनि उनलाई कार्यवाहक सरह नै शैक्षिक, आर्थिक र प्रशासनिक जिम्मेवारी दिइएको छ ।