अपाङ्गतामैत्री नीति बनाउन जोड

  • मंसिर १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ राज्यले नीति निर्माण गर्दा प्रक्रिया अर्थपूर्ण, सहभागितात्मक र जनमुखी बनाउन अपाङ्गता भएका व्यक्तिहरुलाई पनि समावेश गराउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
नेत्रहीन युवा संघ मोरङले विराटनगरमा आयोजना गरेको राजनीतिमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरूले यस्तो बताएका हुन् ।

नीति निर्माण प्रक्रियामा अर्थपूर्ण सहभागिता हुनुपर्ने र निर्माण भएका ऐन, नियमको कार्यान्वयनमा सबैको साथ हुनुपर्ने उनीहरुले जोड दिए ।

नेत्रहिन संघका केन्द्रीय सचिब तथा सहजकर्ता कलाधर भण्डारीले राज्यले बनाउने हरेक नीतिमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सहभागी गराउने खालको बाध्यकारी नियम बनाउनुपर्ने बताए ।

नेत्रहीन युवा संघ मोरङका अध्यक्ष दुर्गानाथ योगीले राजनीतिक दलहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि समावेश गरेर नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

नेत्रहीन युवा संघका सल्लाहकार भोजराज भुजेलले सदनमा बोल्ने सांसदहरुले पनि अपाङ्गता भएका व्यक्तिहरुले बुझने गरी ‘दोभासे’ राखिदिए जनप्रतिनिधीहरुले बोलेको कुरा अपांगता भएका नागरिकले पनि बुझ्नसक्ने बताए ।

प्रदेश सांसद विद्या चाम्लिङ्गले अपाङगताहरुको हकहितको लागि नीति निर्माणमा सहयोग पुग्ने गरि काम गर्ने प्रतिवद्धता जाहेर गरिन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved