उर्लाबारी आगलागीमा मृत्यु हुनेको संख्या पाँच पुग्यो

  • मंसिर १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

मोरङ/ दुई हप्ता अघि उर्लाबारी नगरपालिका ७ मा रहेको दिपक कार्कीको घरमा आगलागी हुँदा घाइते भएका राम नरेश मरिताको मृत्यु भए सँगै मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

कात्तिक २६ गते लक्ष्मीपूजाको दिन कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आगलागी हुँदा घाइते भएका राम नरेश मरिताको पनि मृत्यु भए सँगै संख्या ५ पुगेको हो ।

उपचारको क्रममा कीर्तिपुर वर्न अस्पतालमा धनुषा जनकनन्दिनी गाउँपालिका १ घर भई हाल उर्लाबारी ७ मा बस्दै आएका ४३ वर्षीय मरिताको मृत्यु भएको हो ।

सोमबार राति साढे ११ बजे मृत्यु भएका मरिताको अनुहार, छाती, दुवै हात, दुवै खुट्टामा गरी १२ प्रतिशत देखी १४ प्रतिशत जलेको मरिताको शरिरमा करिब ४० प्रतिशत भाग जलेको थियो । मरिता उर्लाबारी–७ स्थित ईटहरा रोडमा यादव फार्मेसी सञ्चालन गर्दै आएका थिए ।

घाइते भएका मध्ये उर्लाबारी ७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको छ । घटनामा २८ जना घाइते भएका थिए । अझै २० जना घाइतेहरू उचाररत रहेका छन् ।

जसमध्ये १४ जना जेनरल कक्षमा र ३÷३ जना आईसियू र एनसाईसियू कक्षमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अध्यारोबाट उज्यालोतर ...

धरान/नेपाली यातायात श्रमिक आन्दोलनको एक ऐतिहासिक मितिका ...

मेची भन्सार कार्यालय ...

झापा/ मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ क ...

धरानको बजेट प्रक्रिय ...

धरान/लामो समयपछि धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर् ...

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved