कृषि समाचार लेख्न पत्रकारलाई अभिमुखिकरण

  • मंसिर १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  कृषि क्षेत्रका समाचार सम्प्रेषण गर्न नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशका पत्रकारहरुलाई अभिमूखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले प्रदेशको स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सृजना गर्न र उद्योगी व्यवसायीहरुको व्यवसायिक क्षमता विकासका लागि महासंघले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताए ।

उनले राज्य पुनसंरचनापछि कृषिको विकासको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबाट विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेकोमा अपेक्षित उपलब्धि हासिल हुन नसकि दिन प्रतिदिन परनिर्भरता बढ्दै गएको अवस्थामा राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रले कृषि क्षेत्रमा ओझेलमा परेका मुद्दाहरुलाई बहसमा ल्याउनु पर्ने बताए ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव विवेक गौतमले उद्योग वाणिज्य महासंघ उद्योगी, व्यवसायीहरुको मात्र पैरवी गर्ने संस्थाको रुपमा मात्र रहेको बुझाईलाई कृषक र पत्रकारलाई जोड्ने सेतुको रुपमा यो कार्यक्रमले गरेको बताए ।

उनले निर्वाहमूखी कृषि प्रणालीको कृषिलाई अघि बढाउन ओझेलमा रहेका कृषिका मुद्दाहरुलाई संगठित रुपमा उठाउनु पर्नेमा जोड दिए । अहिले पनि मिल्क होलिडे, चिया र अलैंची उत्पादन क्षेत्रको समस्या समाधान हुन नसकेको बताए ।

कार्यक्रममा कोशी प्रदेशमा कृषि, पशुपालन क्षेत्रको व्यवसायिकरणको वर्तमान अवस्था, कोशी प्रदेश सरकारको कृषि र पशुपालन विकासका कार्यक्रम, मिडिया प्रवद्र्धन अवसरका लागि कृषि मूल्य श्रृखलाका मुख्य–मुख्य क्षेत्र र मुद्दाहरु बारेमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ अधिकृत पशुपति पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसैगरी कान्तिपुर टेलिभिजनका पत्रकार महाप्रसाद खतिवडाले कृषि समाचारमा अहिले आइरहेका बिषयहरु र नआएका बिषयहरु, कृषि पत्रकारिता क्षेत्रमा अवसर र चूनौति, कृषि समाचार लेखनशैली, कृषि क्षेत्रका मुख्य मुद्दा र कृषि पत्रकारिताका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) को सहयोगमा आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका संचार माध्यममा कार्यरत ४५ जना पत्रकारहरुको सहभागीता रहेको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved