अंग्रेजी नयाँ वर्षमा ‘मोरङ व्यापार संघ एक्स्पो’ हुने

  • मंसिर १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगरमा आगामी पुस ६ गतेदेखि १६ गतेसम्म ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ आयोजना हुने भएको छ । मोरङ व्यापार संघको आयोजनामा अन्तराष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गरिने तय भएको हो ।

‘नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका प्रदेशका उत्पादन, अन्तर प्रादेशिक व्यापार संभावना उत्पादन र सेवाहरुको अन्तराष्ट्रिय बजार विस्तारको लक्ष्य राखिएको छ’

एक्स्पो आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने, ‘आर्थिक गतिविधि शिथिल भईरहेको बेला एउटा उर्जा दिने अपेक्षा राखेका छौं,

स्वदेशी र विदेशी उत्पादनहरुको व्यापार आकर्षण बढाउने उद्देश्यले क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई एक्स्पोमा ‘फेस्टिभ मुभमेन्ट’ बनाईने छ ।’

साढे तीन करोडको लागत अनुमान गरिएको एक्स्पोमा २ सय ५० स्टल राखिने भएको छ ।

विराटनगर २ शंकरपुर मार्गको खुल्ला क्षेत्रमा आयोजना गरिने एक्स्पोमा जर्मन प्रविधिको ह्याङगर र अक्टानम स्टल तयार पारिने भएको छ । एक्स्पोमा भारत, बंगलादेश र पाकिस्तानका उद्योगको उत्पादन समेत राखिने भएको छ ।

एक्स्पोमा नेपाली घरेलु तथा कृषि उत्पादनको बजार प्रवद्र्धनका लागि दश वटा स्टल निःशुल्क उपलब्ध गराईने मेला आयोजक समितिका संयोजक एवं संघका उपाध्यक्ष अनिल साहले जानकारी दिए ।

घरेलु, मझौला तथा ठूला उद्योगको उत्पादन, प्रदेश भित्रका पर्यटकीयस्थलको पहिचान झल्कने संरचनाहरु समेत तयार पारिने भएको छ ।

अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै एक्स्पोमा नेपाल र भारतका चर्चित कलाकार समेत उपस्थित गराईने जानकारी दिइएको छ । दशदिनसम्म सञ्चालन हुने एक्स्पो अवधीभर चार लाख अवलोकनकर्ता सहभागि गराईने र १५ करोडको कारोबार गरिने लक्ष्य राखिएको छ ।

संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले सुनसरी–मोरङ औद्योगिक करिडोर चलायमान रहेको सन्देश दिने लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएको दावी गरे ।

एक्स्पो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शिथिल अवस्थामा रहेको आर्थिक गतिविधिलाई बृद्धि गर्ने उद्देश्य लिइएको छ ।

पानबारी गोल्डकप : आ ...

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा ...

धरानमा खानेपानीको चर ...

धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव ...

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved