कोशी प्रदेशसभा मुख्यमन्त्रीले डाडु पन्युँ हातमा लिएको कांग्रेसको दाबी "एमाले र राप्रपाद्वारा उठेर बजेटको विरोध"

  • मंसिर १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतमा अध्यादेशबाट ल्याएको बजेटको कांग्रेसकै सांसदहरुले विरोध गरेका छन् ।
प्रदेश सभाको बैठकमा बोल्ने कांग्रेसका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री कार्कीले मनलागि योजना कटौती गरेको आरोप लगाए ।

उनीहरूले कार्कीले आफू मनलागि कार्यक्रम हालेको बताए । प्रदेशसभामा विनियोजन विधेयकमाथि जारी छलफलमा भाग लिँदै काँग्रेसकै सांसदहरूले बजेटप्रति तीव्र असन्तुष्टि जनाए ।

काँग्रेस सांसद खगेनसिंह हाङ्गामले कार्कीले आफ्नो हातमा डाडुपन्यु भएको जसरी कार्यक्रम हालेको बताए ।

उनले आवश्यकता र प्राथमिकता अनुसार बजेट नआएको बताए । उनले भने, ‘पाकेको पाकेको खाना सेलाएको थियो, त्यसमा उहाँले केही तातो खाना बनाएर मोलेर जथाभाबी डाडुपन्यु चलाउनु भयो स्वाद राम्रो आएन ।’

उनले संखुवासभाको गुफा पोखरी र ताप्लेजुङ जोड्न सडक ट्र्याक खोल्न ३ किलोमिटर बाँकी रहेको भए पनि बिचमा कालोपत्रे गर्न ४ करोड ५० लाख बजेट विनियोजन गरिएको उनले बताए । पहिले बाटो खोलेर कालोपत्रे गर्नुपर्नेमा बिचमा कालोपत्रे गर्नुको अर्थ नहुने उनले बताए । ताप्लेजुङलाई बजेटमा पछि पारिएको उनको गुनासो छ ।

काँग्रेसका सांसद गोपाल तामाङले यसअघि अध्यादेशबाट आएको बजेटमा आफ्नो क्षेत्रमा आएको बजेटका १३ योजना काटिएको बताए । उनले मनलागि योजना हटाउने र थप्ने काम गरेको भन्दै मुख्यमन्त्रीलाई बजेट सच्याउन आग्रह गरे । उनले पहुँचको भरमा शौचालय निर्माणको ५ करोड बजेट छुट्टिएको भन्दै आपत्ति जनाए ।

काँग्रेसका सांसद गोविन्द गिरीले खल्तीका योजना धेरै आएको बताए । उनले आफू जनताको बिचमा गएर जवाफ दिन नसक्ने अवस्थामा पुगेको बताए ।
उनले भने, ‘इलाममा भएका दुई संघीय निर्वाचन क्षेत्रमध्ये अर्को निर्वाचन क्षेत्रमा धेरै बजेट विनियोजन भएको छ मेरोमा छैन ।’

आफ्नो निर्वाचन क्षेत्रमा यसअघि भएका योजना किन कटौती भयो ? उनले प्रश्न गरे ।

एमाले र राप्रपाद्वारा उठेर बजेटको विरोध

 कोशी प्रदेश सरकारको बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमा कार्यक्रम कटौती भएपछि नेकपा (एमाले) र राप्रपाका सांसदले उठेर विरोध जनाएका छन् ।

प्रदेशसभाको सोमबारको बैठकको कारवाही शुरु हुनासाथ एमाले र राप्रपाका सांसदले उठेर सदनमा विरोध गरेका हुन् । सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न प्रमुख विपक्षी एमालेलाई समय दिए ।

एमाले संसदीय दलका उपनेता राम रानाले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै सदन अवरोध गरे । रानाले भने, “एक वर्षमा पाँच पटक सरकार फेरियो । बजेट निर्माण गर्दा छलफल हुनुपर्ने थियो ।

सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यस्थापन गर्दा ध्यान दिन पर्दथ्यो ।” प्रतिपक्षका सांसदहरुबाट आएको कार्यक्रमलाई नै समेट्ने भनिएकोमा त्यो नभएको जनाए ।

“सांसदले माग पेश गर्नुभयो तर इमान्दार बन्ने हो कि बेइमान बन्ने भन्न मूल प्रश्न हो,” उनले भने, “सांसदले प्राथमिकीकरण गरेका योजना कटौती भएका छन् ।” उनले बजेट फेल भए के हुने भदै प्रश्न गरे । बजेट अध्यादेश प्रस्थिापन गर्न ल्याएको विनियोजन विधेयकमाथि सदनमा हिजोदेखि छलफल भइरहेको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved