लियो क्लब अफ धरानद्धारा ५ किलोमिटर अन्तरविद्यालय दौड प्रतियोगिता आयोजना गर्ने

  • मंसिर १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ लियो क्लब अफ धरानले ५ किलोमिटर अन्तरविद्यालय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

क्लबले गतवर्षदेखि लियो दौड प्रतियोगिता आयोजना गर्न थालेको हो । प्रतियोगितामा कक्षा ८ देखि १० सम्म र कक्षा ११ देखि १२ सम्मका छात्र र छात्रा गरी ४ विधा रहने क्लबकी अध्यक्ष मोनिका श्रेष्ठले बताइन् ।

प्रतियोगितामा सहभागिताका लागि धरान, वराहक्षेत्र, कालाबञ्जार, चतरा, इटहरीलगायतका करिब १ हजार विद्यार्थीले फारम भरेका छन् । करिब ५ लाखको लागतमा दौड कार्यक्रम गर्ने लियो क्लब अफ धरान विजयपुरका कार्यक्रम संयोजक प्रतीक ओझाले बताए ।

दौडमा पहिलो हुनेले ९ हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले ५ हजार र मेडल प्राप्त गर्नेछन् ।

बालबालिकाहरूको क्षमता वृद्धिसँगै स्वस्थ जीवनका लागि दौड अनिवार्य भएकाले ५ किलोमिटर दौड आयोजना गरेको लायन्स क्लब अफ धरानका अध्यक्ष धीरज गुरुङले बताए । कार्यक्रममा लायन्स क्लबका टङ्ककुमारी गुरुङ, किरण देवान, एकता श्रेष्ठ, सम्राट श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

सहभागीहरूलाई लियो क्लब अफ धरानले निःशुल्क टिसर्ट उपलब्ध गराउने साथै सहभागिता जनाउने विद्यार्थीले अनिवार्यरूपमा स्कुलको परिचय–पत्र लिएर आउनुपर्ने आयोजकले जनाएको छ ।

शनिबार बिहान ६ बजेबाट सुरु हुने दौड पुतलीलाइन, दुर्गाचोक, कल्याण चोक, पानी ट्याङ्की, छाताचोक, सिंहदेवी चोक, माछाभौडी र देशीलाइन हुँदै पुनः पुतलीलाइन पुगेर समापन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन २ सय ५० शुल्क लाग्ने आयोजकले जनाएको छ । 

 

 



कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved