पशुपालक कृषकलाई घाँसको बिऊ वितरण

  • मंसिर १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगर महानगरपालिकाले पशुपालक कृषकहरुलाई उन्नत जातको घाँसको बिऊ वितरण गरेको छ ।

महानगरको पशुपंक्षी विकास शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले घाँसको बिऊ वितरण गरेका हुन् ।

विराटनगर क्षेत्रभित्रका पशुपालक ७५ जना कृषक र ८ वटा कृषि समूहलाई बिऊ वितरण गरिएको थियो ।

पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवका अनुसार बरसीम र जै जातको घाँसको बिऊ वितरण गरिएको थियो । प्रतिकृषक बरसीम १ र जै ४० केजी वितरण गरिएको शाखा प्रमुख यादवले जानकारी दिए ।

महानगरमा दर्ता भएका कृषि फर्मलाई छनौट गरेर उन्नतजातको बिऊ वितरण गरिएको उनको भनाइ थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले विराटनगर महानगरपालिकाभित्र कृषिमा आधारित घरधुरी पनि ठूलै रहेको बताए ।

उनले महानगरले निःशुल्क रुपमा वितरण गरेको घाँसबाट बढीभन्दा बढी लाभ लिन आग्रह समेत गरे । यसअघि महानगरले गहुँ र मकैको बिऊ वितरण गरेको थियो ।

 

अध्यारोबाट उज्यालोतर ...

धरान/नेपाली यातायात श्रमिक आन्दोलनको एक ऐतिहासिक मितिका ...

मेची भन्सार कार्यालय ...

झापा/ मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ क ...

धरानको बजेट प्रक्रिय ...

धरान/लामो समयपछि धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर् ...

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved