मिसेस स्टेट २०२५ सिजन थ्रीको पहिलो अडिसन संपन्न

  • वैशाख ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते हुन लागेको मिसेस स्टेट २०२५ सिजन थ्री कोशी प्रदेशको पहिलो अडिसन शनिवार संपन्न भएको छ ।

गृहणी महिलाहरुलाई लक्षित मिसेस स्टेट सिजन थ्री को पहिलो अडिसनमा ८ जनाले सहभागिता जनाएका छन् । धरान पुतली लाइन स्थित हाङकुक साराङ रेष्टुरेन्टको हलमा पहिलो अडिसन संपन्न भएको छ ।

वुमन्स वर्थ गु्रपका अध्यक्ष सुजता श्रेष्ठको अध्यक्षतामा संपन्न अडिसनमा निर्णायकको रुपमा महिला संजाल धरानका पुर्व अध्यक्ष एवं सामाजिक अभियन्ता शिला वज्रचार्य, कोरियोग्रफर डिजे ललित राई, मिसेस स्टेट पहिलो सिजनका विजेता संझना विश्वकर्मा र धरान मेघा हिमालयन कलेजका होटल म्यानेजमेन्ट विभाग प्रमुख पोषणवावु श्रेष्ठ रहका थिए ।

अडिसनको औपचारिक कार्यक्रममा सहभागिहरुलाई गु्रपका अध्यक्ष सुजता श्रेष्ठले मिसेस स्टेट सिजन थ्री वारे प्रकाश पारेकी थिईन् । कार्यक्रममा पहिलो सिजनका विजेता संझना विकले सहभागिहरु माझ मिसेस स्टेट वारे आफ्नो अनुभव सेयर गरिन ।

दोस्रो अडिसन वैशाख १३ गते शनिवार पुतली लाइन स्थित चौथो रेष्टुरेन्टमा हुने गु्रपका सचिव ज्योति राईले जानकारी गराईन । मिसेस स्टेट सिजन थ्रीको ग्रान्ड फिनाले जेष्ठ १७ गते शनिवार धरान १६ स्थित गुरुङ विविक्यु पार्टि प्यालेसमा हुनेछ ।

मिसेस स्टेट २०२५ सिजन थ्रीका विजेता, फस्ट रनर अप र सेकेन्ड रनरअपले जनही नगद एकाउन्न हजार, २५ हजार र १५ हजार रुपैया सहित क्राउन, ट्फि र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन ।

यसैगरि टाइटल अवार्डमा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, मिसेस एक्टिभ र पिपल्स च्वइस अवार्ड रहेको छ । उनिहरुले ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।

#विकास चाम्लिङ राई

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved