सिलपाखामा मोटर बाटो पुर्‍याउन मेयरको नेतृत्वमा श्रमदान सुरु स्थानिय निस्किए श्रमदान अभियानमा

  • मंसिर १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 सुनसरी/ वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा टोलमा मोटर बाटो पुर्‍याउन बाटोको ट्राक खोल्ने कार्य सुरु गरिएको छ ।

हालसम्म मोटर बाटो नपुगेको बाक्सिङटार र सिलपाखा टोललाई वराहक्षेत्र मन्दिर स्थित तमोर करिडोेरबाट मोटर बाटोले जोडन ट्राक खोल्ने कार्य नगर प्रमुख रमेश कार्कीले बुधबार श्रमदान अभियान मार्फत उद्घाटन गरेका छन् ।

वडा नं १ का अध्यक्ष किसन मगर , सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिगबहादुर गोले सहितको टोली ,

स्थानिय वडा सदस्यहरु , प्राबिधिक सहित बाटोको ट्राक खोल्ने कार्यको उद्घाटन गर्न श्रमदान अभियानमा आएका नगर प्रमुख कार्कीलाई स्थानिय वराहक्षेत्र मन्दिरबासि , बडाबासिसंगै बाक्सिङटार , सिलपाखाका स्थानियले सहयोग समेत गरेका थिए ।

एक महिना अगाडि नगरपालिकाका प्राविधिक लिएर नगर प्रमुख रमेश कार्की र वडा नं १ का अध्यक्ष किसन थापा मगर मोटर बाटोको ट्र्याक खोल्ने कार्यको अध्ययनका लागि गाउँमा आएर फर्कनु भएको थियो ।

हाम्रो समस्या बुझेर उहाँहरु बुधबार ट्राक खोल्ने कार्यकोलागि श्रमदान अभियान लिएर आउनु भयो हामी पनि सहभागी भएउ स्थानिय बिक्रम ९देबचन्द्र० राईले बताए ।

उन्नले भन्ने गाउको बिकाशमा जोडिन पाइयो खुशी लागेको छ । श्रमदान अभियानसंगै नगरपालिकाले बिनियोजन भएको बजेटको सहि सदुपयोग गरेर बाटो निर्माण हुनेछ ।

हामी पनि श्रमदान अभियानमाबाट काम गर्ने छौ ।

बुधवार प्राविधिक सहित वडा अध्यक्ष र नगर प्रमुख गाउँमा मोटर बाटो पुर्याउने योजना सहित ट्राक खोल्न श्रमदानमा आउदा खुसी लागेको छ ।

अब चैँ हाम्रो समस्या समाधान हुन्छ जस्तो लागेको छ । नगर प्रमुख आफै प्राविधिक लिएर मोटर बाटोको लागि ट्र्याक खोल्ने योजना लिएर आउँदा हामी धेरै खुसी छौ । हामी पनि श्रमदान गरेउ उन्नले भन्ने

दुई टोलमा गरेर करिब ३० घर रहेको उक्त गाउँ वराहक्षेत्र नगरपालिको सिरानमा रहेको छ । वराहक्षेत्र मन्दिरबाट करिब ३ किलोमिटरको दुरीमा रहेको उक्त गाउँमा मोटर बाटो पुर्याउने योजना अनुसार ट्र्याक खोल्न सुरु गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

नगर प्रमुख कार्कीले भन्ने , मोटर बाटोको ट्राक खोल्न स्थानीयहरूको सहभागितामा भएको छ ।

नगरपालिकाले १० लाख समेत उक्त योजनामा राखेका छौ । योजनालाइ सफल र जनसहभागिताकालागि श्रमदान अभियान सुरु गरेका हौँ ।दसैँ अगाडि नगरका प्राविधिकहरूले निरीक्षण गरेका थिए ।प्राविधिकहरूको अध्ययन पछि ट्राक खोल्ने काम सुरु गरौका हौ ।

अभियानमा स्थानिय जनप्रतिनिधि, वडाबासि, प्रहरी , सशस्त्र प्रहरी , नगर प्रहरी तथा स्थानियहरुको सहभागिता रहेको छ ।ba

साबिक वराहक्षेत्र गाविस वडा नं ९ को पुरानो गाउँ भएपनि मोटर बाटो अहिलेसम्म गाउँमा नपुगेका कारण धेरै कुराको असुविधा हुने गरेको श्रमदान अभियानमा आएका ७१ बर्षिय बालकुमार राईले बताए । बर्षौदेखि बाटोको पर्खाईमा रहेका हामिलाई अब चै बाटो आउने कुराको बिश्वस्त भएका छौ ।

नगर प्रमुख वडाध्यक्ष लाग्नु भएको छ । हामि पनि लागि परेका छौ ।barah

विद्यालय जान, अस्पताल जान, गाउमा उत्पादन भएका कृषि उत्पादन बिक्री गर्न मोटर बाटो नहुदा धेरै नै असहज भई राखेको स्थानिय बलेसिह राईले बताए ।

उनी भन्छन् पुरानो गाउँ भए पनि हालसम्म मोटर बाटो नपुगेको र नगर प्रमुख मोटर बाटो पुर्‍याउन सक्रिय हुनु भएको भन्दै खुसी समेत भएको बताए ।b

 

पानबारी गोल्डकपः पहि ...

धरान/ धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपमा न ...

बीपीका मजदुरहरु आन्द ...

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ...

पानबारी गोल्डकप : आ ...

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा ...

धरानमा खानेपानीको चर ...

धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved