भूकम्पपीडितका लागि एमाले धरानद्वारा राहत रकम हस्तान्तरण

  • मंसिर २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पिडित बनेकाहरुलाई राहत स्वरुप सहयोग गर्ने नेकपा एमालेको केन्द्रिय घोषणालाई सहयोग गर्न एमाले धरान उपमहानगर कमिटीले संकलन गरेको रहक हस्तान्तरण गरेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरि रुकुम र जाजरकोटका भूकम्पपीडितका लागि १ लाख ६६ हजार ४ सय २५ रुपैया एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज शेरधन राईलाई रकम हस्तान्तरण गरेको हो । भूकम्पपीडितका लागि १ लाख ६१ हजार १ सय २५ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ भने १८ नम्बर वडा कमिटीबाट प्राप्त नगद ५ हजार तीन सय रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरिएको सचिव राजेन्द्र कुमार राईले बताए ।

‘पार्टीले घोषणा गरेको अभियानलाई कर्तव्य ठानेर रकम संकलन गर्ने र हस्तान्तरण गर्ने काम गरेकामा पार्टी केन्द्रीय कमिटीका तर्फबाट राईले धन्यवाद दिए । पीडित जनताले सरकार भए–नभएको महसुस नगरेको राईले बताए । यद्यपि नेकपा एमाले छ भन्ने त्यहाँका जनताले अनुभूति गरेको नेता राईले बताए ।

एमाले धरानले राहत संकलनका लागि ९ सदस्यीय राहत संकलन समिति निर्माण गरेको संयोजक पारस काङमाङ राईले जानकारी दिए । धरानका जनताबाट संकलन गरिएको रकम थोरै भए पनि सहयोग गर्न सकौ भनेर राहत संकलन गरिएको हो, संयोजक काङमाङले भने, ‘राहत केन्द्रीय कमिटीमा पठाइएको छ ।’

उनका अनुसार नागरिक स्तरबाट ७३ हजार ५ सय ४० रुपैयाँ नगद संकलन गरेको छ भने पार्टीका संगठित सदस्यहरुबाट एक सय रुपैयाका दरले सहयोग रकम संकलन गरिएको छ । संगठित सदस्यहरुबाट ९२ हजार ८ सय ८५ रुपैया संकलन भएको थियो । वडागत तहबाट अझै पनि सहयोग रकम उठाउने कार्य जारी रहेको उनले बताए ।

नेकपा एमालेले ११ वटा समूह बनाएर अस्थायी बास स्थान निर्माण गरिरहेको अध्यक्ष हर्कजङ एभेङले बताए । उनले केन्द्रीय कमिटीले १ करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरेकाले त्यसमा धरानले थप गरेको बताए ।

भूकम्पपीडितको राहतका लागि रकम हस्तान्तरण तथा नेकपा एमालेको मध्य पहाडी लोकमार्ग संकल्प अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य तथा धरान इञ्चार्ज जगदीश कुसियत, एमालेको विपद व्यवस्थापन प्रदेश समितिका प्रमुख तथा प्रतिनिधि सभाका पूर्वसदस्य जयकुमार राईलगायतको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ एभेङले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र राईले गरेका थिए ।

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved