धरानमा एयरपोर्टको चर्चा फेरि चुलियो ‘स्थानीयको सहयोग भएमा एयरपोर्ट बन्न सक्ने’ अध्ययन टोली

  • मंसिर २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 

धरान/ धरानमा एयरपोर्ट बनाउने हल्ला २० बर्ष अघिको हो । एयरपोर्ट त बनेन बनेन तर हल्ला भने हुन छाडेको छैन ।

पछिल्लो समय नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीले धरानमा एयरपोर्ट बनाउने कुरालाई उचालेपछि पुन: एयरपोर्ट बन्ने विषयले चर्चा पाएको छ ।

बीस वर्षअघि अर्थात २०६० सालमा धरानमा एयरपोर्ट बनाउने शर्तमा धरान वडा नम्बर १७ डाँडा घोपामा यति कर्पोरेटले जग्गा समेत खरिद गरेको तर अपुग जग्गा धरान उपमहानगरपालिकाले उपलब्ध गराउन नसकेपछि विमानस्थल बनाउने कुरा चर्चाको विषयमात्र बनेको थियोे । तर पछिल्लो समय पुन: यो चर्चा एकाएक चलेको छ ।

चर्चाकै बीच एयरपोर्ट सम्भाव्यताबारे स्थलगत अध्ययन गर्न नागरिक उड्यान प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोली धरान आएको छ । प्राधिकरणका प्रबन्धक एवं इञ्जिनियर नलबिक्रम थापाको संयोजकत्वमा गठित टोली धरान आएको हो ।

टोलीमा रहेका सदस्यहरु वरिष्ठ कानुन अधिकृत विमल खनाल र सि.ए.(चाटर्ड एकाउन्टेन्ट) अनिल बस्नेतले धरान १७ डांडा घोपामा रहेको एयरपोर्टको जग्गामा पुगेर स्थलगत अध्ययन गरेको छ ।

प्राधिकरणले २०६७ र २०७३ साल गरेर धरानमा दुई पटक एयरपोर्ट सम्भाव्यताको अध्ययन गरेको थियो ।

पहिलो पटकको अध्ययन ट्विनटर (१७ सिटे) विमानको लागि ९ सय मिटर रन वेको मात्र भएको थियो भने दोस्रो पटकको अध्ययनले एटिआर ४२ सिट विमानको लागि पनि अध्ययन गरेको थियो ।

विगतको र अहिलेको अवस्थाको प्रकृतिलाई अध्ययन गर्न धरान आउनु भएका प्राधिकरणका प्रवन्ध इन्जिनियर नलविक्रम थापाले विगत र अहिलेको अवस्थामा के भिन्नता छ भन्ने कुरालाई अध्ययन गर्नका लागि धरान आएको बताए । अध्ययन टोलीका संयोजक समेत रहनु भएका खनालले अध्ययन लागि प्राधिकरणका तर्फबाट धरान आएको बताए । स्थानीयको सहयोग भए धरानमा एयरपोर्ट बन्न सक्ने सम्भावना रहेको प्रतिक्रिया उनले दिए ।

पछिल्लो अध्ययन प्रतिवेदनले ४२ सिट विमानको लागि १२५० मिटर रन वे समेटेको थियो । उक्त अध्ययन प्रतिवेदन अनुसार एयरपोर्ट निर्माण गर्न कुल ९३.२५ बिघा जग्गा अवाश्यक पर्ने उल्लेख छ । प्राधिकरणले एयरपोर्ट निर्माणको लागि उक्त आवश्यक पर्ने जग्गा निःशुल्क उपलब्ध गराउन २०७४ असार १ गते धरान उपमहानगरपालिकालाई पत्राचार समेत गरेको थियो ।

अध्ययन टोलीको प्रतिक्षामा रहेका सर्वसाधारणले भने दुई दशक वितिसक्दा विभिन्न राजनीतिक परिवर्तन भइसक्दा पनि एयरपोर्ट बन्ने हल्लाले कहिल्यै नछाडेको बताएका थिए । समय समयमा सम्भावयता अध्ययन गर्ने टोली आए पनि परिणाममूखी निष्कर्ष निकाल्न नसकेको उनीहरुको भनाई छ ।

एयरपोर्ट निर्माण स्थलको जग्गा अधिकरण हुदै गएको अवस्थामा अध्ययन टोलीले कस्तो निष्कर्ष निकाल्छ भने उत्सुकतामा आफूहरु रहेको उनीहरुको भनाई छ । धरानमा विमान स्थल बन्ने कुरा सम्भव नै नभएको स्थानीय उमेश राई बताउँछन् ।

उनी भन्छन्–‘एयरपोर्ट बनाउने कुरा टेम्पो स्टेण्ड जस्तै हो र, अन्य स्थानमा भएका एयरपोर्ट त राम्ररी चलेका छैनन्, जग्गा छैन, भएको जग्गा पनि अतिक्रमण हुदै गएको छ, कसरि  बन्छ एयरपोर्ट ?’

यता धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले धरानमा एयरपोर्ट आवश्यक भएका बताउदै अध्ययन टोलीले समेत धरानमा एयरपोर्ट बन्न सक्ने सभावना बढी भएको कुरा बताएको उनले बताए ।

शाही कालमा अर्थात २०६० सालमा मेयर कुमारबहादुर कार्कीे धरानको नगरप्रमुख हुँदा भएको सम्झौता मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएपछि निर्वाचित भएका जनप्रतिनिधिहरुले समेत एयरपोर्ट बनाउने काममा खासै ध्यान नदिएपछि केही समय अगाडि जग्गा धनीहरुले सम्झौता बमोजिम एयरपोर्ट बन्ने सम्भावना जीर्ण रहेको भन्दै जग्गा फिर्ताको माग गर्दै धरान उपमहानगरपालिकालाई गुहारेका थिए ।

उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समेत जग्गा फिर्ताको पहल अगाडि सारिसकेको अवस्थामा अहिले फेरि एयरपोर्ट बनाउने कुराको लविङ गर्दै हिड्नु भएको छ ।

एयरपोर्टका लागि यति कर्पोरेटले ३४ परिवारको ७ विगाहा १४ कट्टा जग्गा खरिद गरेको भएपनि अहिले यति कर्पोरेशनको नाममा ६ विगाहा १८ कट्टामात्र उल्लेख भएको र बाँकी जग्गा व्यक्तिको नाममा अर्थात कुन्दन शमशेर जबराको नाममा भएको स्थानीको आरोप छ ।

पटक पटक अध्ययन टोली आउने अनि अध्ययन गर्ने तर विमान स्थल बन्ने प्रवृत्तिप्रति धरानका सर्वसाधारणले यसपटक आएको टोलीले गरेको अध्ययनसँग पनि त्यति विश्वास गरेका भने छैनन् ।

उपमहानगरपालिकाले विमान स्थललाई चाहिने जग्गा उपलब्ध गराउन नसकेको अवस्थामा आएको यो अध्ययन टोलीले समेत अध्ययन गर्ने अनि फर्किनेबाहेक केही  गर्न नसक्ने धरानेहरुले आंकलन गरेका छन् ।

 

पव्लिक माविलाई प्रेम ...

धरान/ पव्लिक मावि धरानमा २०१३ सालमा एसएलसी दिएका प ...

धरानमा मदिराजन्य वस् ...

धरान/ धरानका विभिन्न सार्वजनिक स्थलहरूमा राखिएका म ...

नेपालमा भयाभह बन्दै ...

धरान//  खडेरीको मौसम बढेसँगै देशैभरी आगलागिको ...

पानबारी गोल्डकपः पहि ...

धरान/ धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपमा न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved