त्रि–धार्मिक महायज्ञमा ३६ लाख संकलन

  • मंसिर २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ माईपोखरी त्रिधार्मिक पर्यटन उत्सवको आर्थिक आयव्यय सार्वजनीक गरिएको छ ।

रामसार क्षेत्र माईपोखरी क्षेत्रमा मंसिर १ गतेबाट ८ गतेसम्म आयोजना भएको त्रिधार्मिक पर्यटन उत्सवको आयव्यय सार्वजनीक गरिएको हो । सन्दकपुर गाउँपालिकाको कार्यालयको सभाहलमा जनप्रतिनिधिहरुको उपस्थितिमा आर्थिक आयव्यय सार्वजनीक गरिएको छ ।

मंसिर १ गतेबाट ८ गतेसम्म आयोजना भएको त्रिधार्मिक पर्यटन उत्सवमा आय ३६ लाख ३३ हजार ८ सय ४४ रुपैयाँ र व्यय २८ लाख ७७ हजार २ सय ६७ भएको आयोजक समितिका कोषाध्यक्ष निर्मला निरौलाले प्रस्तुत गरेकी थिइन् ।

पर्यटन उत्सवबाट बचत ७ लाख ५६ हजार ५ सय ७७ रुपैयाँ भएको आयोजक समितिको प्रचार संयोजक श्याम राईले बताए ।

माईपोखरी त्रिधार्मिक पर्यटन उत्सव आयोजक समितिका अध्यक्ष प्रेमना छिरिङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले पर्यटन उत्सव सफलताका साथ सम्पन्न गरेकोमा समितिलाई बधाई दिए ।

सन्दकपुरको विकास पर्यटनबाट हुने भएकाले गाउँपालिकाले पर्यटन प्रवद्र्धनको कामलाई प्राथमिकताका साथ योजनाहरु कार्यान्वय गर्ने योजना बनाएको अध्यक्ष गुरुङ्गले बताए ।

आयव्यय कार्यक्रम सार्वजनीकिकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले पर्यटनका माध्यमबाट गाउँपालिकाको अर्थतन्त्र सुधारका लागि काम गर्ने योजनालाई अझ भरोसा दिने गरि त्रिधार्मिक पर्यटन उत्सव समितिले गरेको बताए ।

पर्यटनबाट सन्दकपुरको अर्थतन्त्र विकासको काम गर्ने लक्ष्य भएकाले गाउँपालिकाले सुचना केन्द्र, पर्यटक गाइड, आथित्य सत्कार तालिम, यातायात व्यवसायीहरुसँग छलफल र पर्यटन पूर्वाधार निर्माणको कामलाई प्राथमिकता दिएको उपाध्यक्ष लुङ्गेलीले बताए ।

कार्यक्रममा सन्दकपुर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ढाल बहादूर गुरुङ्गले त्रिधार्मिक पर्यटन उत्सवले सन्दकपुरको पर्यटनमा ठुलो सहयोग पुगेको बताए । त्रिधार्मिक पर्यटन उत्सवको काम सफलताका साथ सम्पन्न भएको र सकारात्मक सन्देश देश विदेशमा फैलिएकाले आयोजक समितिप्रति आभार प्रकट गरे । माईपोखरी त्रिधार्मिक पर्यटन उत्सवले सन्दकपुरको पर्यटन प्रवद्र्धनको पहिलो पाइला रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत यादव राउतले सन्दकपुर गाउँपालिकाले लिएका निति र कार्यक्रमहरु पूर्णतया कार्यान्वय गर्न गाउँपालिकाको कर्मचारी परिवार तयार रहेको बताए । धार्मिक पर्यटनका हिसाबले माईपोखरी अब्बल रहेको उनले बताए ।

माईपोखरी त्रिधार्मिक पर्यटन उत्सव सफलका लागि समितिले खेलेको भुमिका प्रति उनले प्रशंसा गरे । कार्यक्रममा बोल्दै सन्दकपुर ३ का वडासदस्य कमल निरौलाले माईपोखरी भित्रका भौतीक पूर्वाधारहरुलाई पुननिर्माण र मर्मत गर्नुपर्ने बताए ।

२०७४ सालदेखि माईपोखरी अलपत्र झै भएपनि अहिलको त्रिधार्मिक पर्यटन उत्सवले चलायमान गरेपनि भौतिक संरचना पुनःनिर्माणको काम गर्नुपर्नेमा निरौलाले जोड दिए । आयव्यय सार्वजनीकरण कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सह सचिव देवेन्द्र सुवेदीले पर्यटन विकासका लागि त्रिधार्मिक पर्यटन उत्सवले ठुलो योगदान गरेको बताए । राज्यको कुनैपनि श्रोत खर्च नगरिकन पर्यटनको प्रवद्र्धनमा त्रिधार्मिक पर्यटन उत्सवले योगदान पुर्याएको सुवेदीले बताए ।

आयोजक समितिका उपाध्यक्ष गृष्म सुब्बाले माईपोखरी एक शक्तिपिठ भएकाले भक्तजनको जनविश्वास घट्ने खालका गतिविधि गर्नु नहुने बताए । उनले माईपोखरी क्षेत्रका पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

त्रिधार्मिक पर्यटन उत्सवको आर्थिक समिति संयोजक नेत्र रिजालले महोत्सव अवधिभर संकलन भएका भेटिहरुको पारदर्शी तरिकाले राखिएको बताए ।

आयव्यय सार्वजनीकिरण कार्यक्रममा बोल्दै आयोजक समितिका अध्यक्ष प्रेम नाछिरिङले गाउँपालिकाको संरक्षणमा भएको पर्यटन उत्सव सफलतापूर्वक सम्पन्न गरिएकाले सबै सहयोगीहरुप्रति धन्यवाद प्रकट गरे ।

अनुभव विहिन अवस्थामा काम गर्दा सफल हुने नहुने बारे डर राख्दै काम गरेको र सफलताका साथ सम्पन्न गरिएकाले सबै सहयोगी मनहरुप्रति अध्यक्ष राई आभार प्रकट गरे ।

 

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved