जाडो सुरु भए संगै भक्का व्यापार बढ्यो

  • मंसिर २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

रंगेली/  जाडो याम सुरु भए संगै तराई क्षेत्रका अति बिपन्न घर परिवारका महिलाहरु भक्काको व्यवसाय बाट मनग्ये आम्दानी गरिरहेका छन ।

मंसिर महिना देखि सुरु हुने भक्का व्यपार माघ महिना सम्म बिहानै ५ बजे देखि रंगेली बजारको बसपार्क, मुख्य बजार, अस्पताल चोक, तेत्रि टोल, र पिपल चोक, शुक्रबारे, ईलाका प्रशासन चोक लगायतका स्थानहरुमा महिलाहरुले भक्का ब्यापार गर्ने गरेका छन ।

उनिहरुले चामल लाई दिन भरी भिजाएर साँझको समयमा ओखली वा ढिक्किको माध्यमबाट पिठो तयारी बनाउने गर्देछन । पिठोलाई एउटा भाडामा पानी उमालेर पानीको बाफमा बाफमा पकाउने गर्दछन ।

भक्का तयारी पारेर उनिहरुले प्रतिगोटा १० रुपैयाँ र आलुचप प्रतिगोटा ५ रुपैयाँ सम्म बिक्रीवितरण गरिरहेका छन । महिला ब्यापारीहरु बिहानै ५ बजे देखि १० बजे सम्म १० केजि सम्मको पिठोको भक्का बेच्ने गरेका छन ।

यस क्षेत्रका बालबालिका देखि बृद्ध, तथा युवाहरु समेत भक्का बडि मात्रामा रुचाउने गर्दछन ।

उनिहरुले भक्कालाई बिहानको खाजाको रुपमा पनि लिने गरेका छन् । रंगेलीका ४५ बर्षिया हिरादेवि मंण्डलले दैनिकी ८ सय देखि एक हजार रुपैयाँ सम्म भक्का र आलुचप बिक्री गरेर कमाउने गरेको बताईन । बिहानको समयमा भक्कालाई नास्ताको रुपमा सर्वसाधारणहरुले अत्याधिक मन पराउने गरेकोे स्थानीय हरिया देवि साह बताउँछिन् ।

अहिले भक्का सँगसंगै आलुचपको बिक्री समेत बडेको स्थानीय व्यपारीहरुको भनाई छ ।

पानबारी गोल्डकपः पहि ...

धरान/ धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपमा न ...

बीपीका मजदुरहरु आन्द ...

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ...

पानबारी गोल्डकप : आ ...

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा ...

धरानमा खानेपानीको चर ...

धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved