शिक्षादीपको कविता प्रतियोगितामा मेनुका प्रथम

  • मंसिर २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा मेनुका खड्का प्रथम भएकी छन् ।

दुई दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै ‘भ्रष्टाचारले भरिएको मेरो देश’ शीर्षकको कविता वाचन गरेर मेनुका प्रथम भएकी हुन् ।

त्यस्तै प्रतियोगितामा डोरिक मण्डल द्वितीय, यसश्वी बराल तृतीय हुँदा गुरुचरण मेहता र रोशन महतोले सान्त्वना स्थान प्राप्त गरे ।

द्वितीय हुने डोरिकले अंग्रेजी र सान्त्वना हुने महतोले मैथिली भाषाको कविता सुनाएका थिए । कवि एवं पत्रकार मीनकुमार नवोदित र डा. विमलकिशोर श्रीवास्तव निर्णायक रहेको समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।

पुरस्कृतहरुलाई कलेजका अध्यक्ष भीम पराजुली, प्रिन्सिपल ज्ञानबहादुर खड्का, व्यवस्थापन संकायका संयोजक शंकर भट्टराई, सञ्चालक शैलेन्द्र शिवाकोटीलगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो ।

सोही अवसरमा कक्षागत रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यसमेत रहेका पराजुलीले कक्षागत पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गरे । प्रिन्सिपल खड्काले शिक्षादीपले विद्यार्थीको चौतर्फी विकासका लागि ध्यान दिएको जानकारी गराए ।

शिक्षादीपबाट उत्पादित विद्यार्थी हरेक क्षेत्रमा अब्बल रहेको उनको दाबी थियो ।

 

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved