शिवालयमा शतबिज छर्नेको भिड बराहक्षेत्रमा डेढ लाखभन्दा बढी भक्तजन

  • मंसिर २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बाला चतुर्दशीका दिन दिवंगत पितृको आत्माको चिर शान्तिको कामना गर्दै देशैभरीका शिवालयहरुमा भिड लागेको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै धरानको पिण्डेश्वर, बराहक्षेत्रको बराहक्षेत्र, खोटाङको हलेसी, पशुपतिनाथ लगायत देशभरका शिवालयमा शतबीज छर्नेहरुको भिड लाग्ने गरेको छ ।

आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्वमा सतबीज छर्ने गरिन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन शिवालयहरुमा आउँछन् ।

पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्छन् ।

धरानको पिण्डेश्वर मन्दिरमा आइतबार राती देखिनै भक्तजनहरुको भिड लागेको थियो । रातभरी जाग्राम बसेर सोमबार बिहानै सतबिज छर्दै पुजा अर्चना गरेका थिए । त्यसै गरि बराहक्षेत्रमा डेढ लाखभन्दा बढी भक्तजनले शतबीज छरेका छन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी पर्व मनाउन शतबीज छर्न देशका विभिन्न स्थानबाट हिन्दू धर्मावलम्बीहरू बराहक्षेत्र आइपुगेको युवा पुराण वाचन योगेश भण्डारीले जानकारी दिए । सुनसरी र उदयपुर जोड्ने सप्तकोशी नदीमा पुल बनेपछि आन्तरिक र बाह्य पर्यटकको संख्या बराहक्षेत्रमा दैनिक वृद्धि हुँदै गएको छ । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्न आउने पर्यटकको संख्यामा दिन प्रतिदिन वृद्धि भइरहेको छ ।

पुलबाट ४ किलोमिटर टाढा रहेको धर्तीको पहिलो तीर्थस्थल बराहक्षेत्र पुग्नेको सख्या दिन प्रतिदिन वृद्धि भइरहेको बराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले जानकारी दिए । ‘वर्षाभन्दा हिउँद लागेसँगै तीर्थालु भक्तजन बराहक्षेत्र मन्दिरमा आउने सख्यामा वृद्धि भइरहेको देखिन्छ,’

उनले भने । दिवंगत पितृको आत्माशान्तिको कामना गर्दै बराहक्षेत्रमा शतबीज छर्नका लागि १ लाख ५० हजारदेखि २ लाखसम्म भक्तजनहरू आएको श्रेष्ठले जानकारी दिए ।
बराहक्षेत्र मन्दिरमा प्रत्येक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म कात्तिके मेला लाग्ने गर्छ ।

मेलामा नेपालका विभिन्न जिल्लासहित बराहक्षेत्रमा मेला भर्न भारतका विहार, पश्चिम बंगाल, सिक्किम, दार्जिलिङ र भुटानबाट तीर्थयात्री आउने गरेको बराहक्षेत्र नगरपालिका–१ का वडाध्यक्ष किसन थापाले बताए ।

हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल बराहक्षेत्र मन्दिर प्रसिद्ध रहेको मन्दिरका पुजारी किरण भण्डारी बताए । उनले भने, “किंवदन्तीअनुसार पृथ्वी आकाशगंगामा हराएको बखत सम्पूर्ण प्राणी जगतको उद्धार गरेर यस ठाउँमा बराह भगवानको अवतार भई विराजमान भएको मानिन्छ ।

यही विश्वासका कारण हिन्दू धर्मालम्वीहरू बराहक्षेत्रको दर्शन गर्न आउने गर्छन् ।’
बराहक्षेत्रको दर्शन गर्नाले सुख, शान्ति प्राप्ति हुने जनविश्वास छ । धर्तीको पहिलो तीर्थस्थल मानिने बराहक्षेत्रमा पितृहरूको मोक्ष र मनोकांक्षा पूरा हुने जनविश्वास छ । कौशीकी र कोकाहा नदीको संगमस्थलमा स्नान गर्दा पुण्य प्राप्त हुने विश्वास पनि छ ।

एमालेले मिसन –८४ द्ध ...

इटहरी/ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उ ...

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved