सप्तकोसीमा झोलुङ्गे पुल : सकारात्मक विषय

  • पुष १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

देशका विभिन्न भागमा नागरिकहरू अत्यन्त कष्टकर र दुःसाध्य जीवन बाँचिरहेका छन् ।

उनीहरू जीवनका लागि आवश्यक आधारभूत सेवा–सुविधाबाट पनि वञ्चित छन् । सुनसरीको श्रीलङ्का टापुका सर्वसाधारण पनि यस्तै वञ्चित नागरिकमा पर्छन् । श्रीलङ्का टापुमा बसोवास गर्ने सर्वसाधारणले वर्षौंदेखि कष्टकर जीवन बिताइरहो छन् ।

वराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ वडा श्रीलङ्का टापु क्षेत्रमा पर्दछ । १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइमा पैmलिएको सो क्षेत्रको जनसङ्ख्या १० हजारभन्दा बढी छ ।

उर्वर बलौटे, दोमट माटो भएकाले यो क्षेत्र तरकारी र अन्न उत्पादनका लागि राम्रो मानिन्छ ।

यो क्षेत्र सप्तकोसी नदीको बीचमा पर्ने भएकोले यहाँका बासिन्दाले यातायातको साधनका रूपमा डुङ्गाको प्रयोग गर्ने गरेका छन् । वर्षायाममा सप्तकोसीमा पानीको बहाव बढ्ने भएकाले यस समयमा डुङ्गाबाट यात्रा गर्दा बर्सेनि कयौँले ज्यान गुमाउने गरेका समाचार प्रकाशमा आइरहन्छन् ।

यही कठिनाइका कारण उनीहरूले आप्mना कृषि उत्पादन सहज रूपमा बजारसम्म पु¥याउन सकेका छैनन् ।

अब यो क्षेत्र पनि झोलुङ्गे पुलबाट जोडिने भएको समाचार आएको छ । झोलुङ्गे पुल बनेपछि यहाँका कृषि उत्पादन बजारसम्म पु¥याउन सहज हुने र आवागमन पनि सहज हुने विश्वास गर्न सकिन्छ । त्यसैले यो समाचार यहाँका स्थानीयका लागि उज्यालो प्रकाश बनेर आएको छ ।

जिल्ला सदरमुकाम इनरुवाबाट झन्डै ३५ किलोमिटर उत्तर–पश्चिममा पर्ने टापुमा कृषि र पशुपालन नै जीविकाको माध्यम बनेका छन् । पुल बनेपछि आवागमनमा सहजता हुनेछ भने यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि सकारात्मक प्रभाव पर्ने अनुमान गर्न सकिन्छ ।

वराहक्षेत्र–६ को ठाकुरबारी र श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल नेपालकै ठूलो बन्ने बताइएको छ ।

यो पाँच किलोमिटर लामो हुनेछ । सङ्घीय सरकारको ठूला झोलुङ्गे पुल निर्माण विभागअन्तर्गत सप्तकोसीमा पहिलोपटक यति लामो पुल निर्माण हुन लागेको हो । यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अन्तिम चरणमा पुगेको समाचारमा उल्लेख छ ।

पुल बनेपछि स्थानयिको जीवनमा सकारात्मक परिवर्तन आउने निश्चित छ तर यसलाई हल्लामै सीमित गरिने आशङ्का पनि गर्न सकिन्छ । कतिपय योजनाहरू कागजमै सीमित हुने गरेका अनेक उदाहरण छन् ।

त्यसैले यसलाई तत्काल कार्यरूपमा लैजान आवश्यक छ । सर्वसाधारणको जीवनमा सकारात्मक प्रभाव पार्ने यस्ता योजना निर्माणमा कुनै पनि बहानामा ढिलाइ गरिनु हुन्न । श्रीलङ्का टापुवासीको दैनिकीलाई सहज बनाउने यो पुलको डीपीआर चाँडै बनाएर पुलको काम पनि सुरु गरिहाल्नु अपेक्षित छ ।

यसका लागि सम्बन्धित सबैले चासो र सरोक

नेपालमा भयाभह बन्दै ...

धरान//  खडेरीको मौसम बढेसँगै देशैभरी आगलागिको ...

पानबारी गोल्डकपः पहि ...

धरान/ धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपमा न ...

बीपीका मजदुरहरु आन्द ...

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ...

पानबारी गोल्डकप : आ ...

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved