उद्योगको लाइन काटेकोमा संघ र उद्योगीको आपत्ति

  • पुस १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ निजि क्षेत्रबाट संचालित उद्योगहरुको विद्युत प्राधिकरणले लाइन काट्न थाले पछि उद्योगी व्यवसायीहरुले आपत्ति जनाउँदै लाइन जडान गरि उद्योग संचालनमा सहजता प्रदान गर्न माग गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशनमा हजारौ सर्वसाधारणलाई रोजगारी प्रदान गर्दै आएको उद्योगहरुको लाइन काटेको विषयमा सुनसरी उद्योग वाणिज्य संघ र सम्बन्धित उद्योगहरुले आपत्ति जनाउदै संचालनमा सहजता प्रदान गर्न माग गरेका हुन् ।

सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा पत्रकार सम्मलेनको आयोजना गर्दै उद्योगको लाइन काटेको विषयमा आपत्ति जनाएको हो ।

संघका अध्यक्ष विजय श्रेष्ठले कोभिडको महामारी पश्चात मुलुकको अर्थतन्त्र लयमा फर्कन नपाउँदै विश्वव्यापी आर्थिक मन्दी, व्याजदर बृद्धिका कारण नीजि क्षेत्र लगायत अर्थतन्त्र नै धरापमा परेको अवस्थामा खनारस्थित रिलायन्स स्पिनिङ मिल्स लि. लगायत देशभरका ठूला उद्योगहरुको विद्युत कटौतिको गलत निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

डेडिकेट लाइन आफूहरुले प्रयोग नगरेको र प्रयोग नगरेको विल तिर्न उद्योग असमर्थ रहेको रिलायन्स स्पिनिङ्ग मिल्सका भ्वाईस पे्रसिडेन्ट महेश पोख्रेलले बताए । उनले यस सम्बन्धि जिल्ला अदालतमा मुद्धा विचाराधीन अवस्थामा रहेको बताउदै डेडिकेटलाइन आफूहरुले प्रयोग नै नगरेको दाबी गरे ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेट फिडर तथा टंकलाइनको विद्युत काटेर बक्यौता उठाउन प्रधानमन्त्रीले निर्देशन दिए लगत्तै शुक्रबार खनारस्थित रिलायन्स स्पिनिङ्ग मिल्स, सिमरास्थित जगदम्बा स्टिल, दाङस्थित घोराही सिमेन्ट, भैरहवास्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो ।

यसैगरी आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, त्रिवेणी स्पिनिङ्ग मिल्स, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल उद्योगको लाइन काटेको छ । विद्युत काटेपछि उद्योगमा कार्यरत हजारौ मजदुहरुले सडकमा उत्रिएर सरकार र प्राधिकरणका विरुद्ध प्रदर्शन गरेका छन् ।

सुनसरीको रिल्यान्सलाई मात्र हेर्ने हो भने पनि विद्युत प्राधिकरणले लाइन काटेपनि १ हजार ५ सय मजदुर वेरोजगार भएको उद्योगका भाइस प्रेसिडेन्ट पोख्रेलले जानकारी दिए ।

लोडसेडिङका समयमा पनि डेडिकेट लाइन प्रयोग नगरी नियमित लाइन प्रयोग गरेको उनको भनाई थियो । उद्योगले विद्युत प्रयोग गरेवापत प्राधिकरणलाई २ अर्ब भन्दा बढी रकम तिर्न बाकी रहेको जनाएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved