दुईपक्षको सहमतिसँगै मनमोहन अस्पतालको विवाद साम्य

  • पुष ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

झापा/ मनमोहन अस्पताल बिर्तामोड र मृतकको परिवारबीच सहमति भएको छ । सहमतिसँगै मंगलबार विहानदेखि अस्तापलमा भएको तनाव सकिएको छ ।

अस्पतालले घटनाको छानविन गर्ने भनेपछि दुई पक्षबीच सहमति भएको अस्पतालका कार्यकारी प्रमुख रोमणी भट्टराईले जानकारी दिए ।

पीडित परिवारले दुई जना बच्चाको शिक्षा र भरणपोषण अस्पतालले व्यवहोर्नुपर्ने सर्त राखेको थियो । सूचना अनुसार अस्पतालले १३ लाख क्षतिपूर्ति दिएको बुझिएको छ । तर, अस्पतालका कार्यकारी प्रमुख भट्टराईले नगदको विषय खुलाएनन् ।

सोमवार विहान खुट्टा सुन्निएर उपचारका लागि बिर्तामोड–३ निवासी नर्वदा बाँस्कोटालाई मनमोहन अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा सोमवार साँझ नै मृत्यू भएको थियो । उपचारमा लापरबाही भएका कारण बाँस्कोटाको मृत्यू भएको परिवारले दावी गरेको थियो । उपचारमा लापरबाही भएको भन्दै मंगलबार दिनभर अस्पतालमा तनाव भएको थियो ।

मृतक परिवारको पक्षमा आएका मानिसहरुले अस्पतालमा ढुङ्गामुढा समेत गरेका थिए । दुई पक्षबीचको सहमतिसँगै परिवारले शव बुझेको छ ।

धरानमा एमालेको बिरास ...

 धरान/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्र ...

क्याम्ब्रिज र प्राइम ...

धरान/ पुनःस्थापना गृहमा आश्रय लिएर बसेका व्यक्तिहर ...

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved