नेपाल–भारत सीमामा हात्तीको गतिविधि आदानप्रदान गर्न सूचना सञ्जाल

  • पुष ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

दमक/ हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण एवम् मानव–हात्ती सहअस्तित्वका लागि नेपाल र भारत दुबैतर्फ काम सुरु भएको छ ।

भारतको अछामदेखि पश्चिम बङ्गाल राज्यको महानन्द वाइल्डलाईफ सेङ्गचुरी हुँदै कोशीटप्पुसम्म घुम्न आउने जङ्गली हात्तीले गर्दा झापामा मानव–हात्ती द्वन्दको अवस्था विकराल बन्दै गएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती नियन्त्रणका लागि भएका असल अभ्यासको अनुसरण र जोखिम न्यूनीकरणका लागि चासो राखेपछि यहाँ भएका असल अभ्यासहरूको विषयमा लिखित रूपमा जानकारी गराएको मेचीनगर नगरपालिका–४ का वडा अध्यक्ष अर्जुन कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीले हात्ती गौडाको निरीक्षण गरेर यहाँको असल अभ्यास प्रदेशभर विस्तारका लागि आवश्यक कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।

बाहुण्डाँगीमा स्थानीय युवालाई हात्तीको बानी तथा हात्तीसँग गर्नुपर्ने व्यवहार, हात्तीले आक्रमण गर्नसक्ने अवस्था र आक्रमणबाट सुरक्षित रहन अपनाउनुपर्ने सतर्कता एवम् सजगताको बारेमा संरक्षण सचेतना तालीम दिएर ‘क्विक रेस्पोन्स टिम’ (आर.आर.टी.) गठन भएर परिचालित छ ।

यो भारततर्फ पनि बनेको छ ।

नेपाल–भारत अन्तर सीमा आर.आर.टी. गठन गरी दुबैतर्फबाट हात्तीको गतिविधि आदानप्रदान गर्ने सूचना सञ्जाल निर्माण गरिएको र यो प्रभावकारी बन्दै गएको वडाध्यक्ष कार्कीले जनाए । “कति वटा हात्ती कताबाट कता जाँदैछ भन्ने सूचनाको आधारमा हात्ती प्रवेश गर्ने नाकामा निगरानी बढाउने गरिएको छ“, उनले भने ।

कार्कीका अनुसार गाउँमा हात्ती पसेको सूचना दिनको लागि सशस्त्र प्रहरीको पोष्टमा ‘अर्लि वार्निङ्ग साइरन’ जडान गरिएको छ । यस्तो साइरनको आवाज बजेपछि अन्य मानिसहरूलाई घरभित्र सुरक्षित बस्न भनिएको छ ।

साइरनको आवाज बजेपछि आर.आर.टी. का सदस्यहरू, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा हात्ती प्रवेश गर्ने नाकाहरूको निगरानी गर्नेगर्छ । यहाँ भएको प्रयासले पछिल्लो समयमा बाहुण्डाँगीमा हात्तीले मानिसहरूको ज्यान नलिएको समेत उहाँले जनाउनुभएको छ ।

पूर्वी नेपालमा हात्ती प्रभावित क्षेत्र र हात्तीबाट सबैभन्दा बढी क्षति हुने क्षेत्र मानिएको बाहुण्डाँगीमा अहिले हात्तीको क्षति न्यूनीकरण भएको वडाध्यक्ष कार्कीको भनाइ छ ।

भारतबाट नेपाल आउने र नेपालबाट भारत फर्किने हात्तीले प्रयोग गर्ने मुख्य बाटो बाहुनडाँगी भएकोले यो ठाउँ नेपालको सबैभन्दा बढी हात्ती प्रभावित क्षेत्रमध्ये एक भएको हात्तीको आनीबानीको विषयमा जानकार समेत रहेका वडाध्यक्ष कार्कीले जनाए ।

यहाँका बासिन्दाहरू धेरै लामो समयदेखि हात्तीबाट प्रभावित रहँदै आएका छन् । नेपाल र भारततर्फ ओहोरदोहोर गर्ने मुख्य नाका भएकोले बाहुण्डाँगीको आवादी जमिन र गाउँ बस्ती समेत बाह्रै महिना हात्तीले प्रयोग गर्दै आएको छ ।

‘हात्तीबाट खेतबारीमा लगाएको खेती, भण्डारण गरेको अन्न, फलफूल तथा नगदेबाली नोक्सान गर्ने, घर गोठ भत्काउने घटना मात्र होइन हात्तीको आक्रमणबाट मानवीय क्षति समेत हुँदै आएको छ’ कार्कीले भने ।

भारततर्फबाट आउने हात्ती सजिलै आवादी क्षेत्रमा पस्न नसकुन् र प्राकृतिक वासस्थानतर्फ जान मद्दत पुगोस् भन्ने उद्देश्यले नेपालतर्फ मेची किनारमा विद्युतीय तारबार लगाइएको छ । तर, हात्तीले आफ्नो पुर्ख्यौली बाटो प्रयोग गर्ने र खेतीबाली खानका लागि विद्युतीय तारबार समेत भत्काएर ओहोर दोहोर गरिरहेको देखिने उनको भनाइ छ ।

लामो समयदेखि मानव–हात्ती द्वन्द्वमा पिसिएको बाहुनडाँगी अनेकौँ आरोह अवरोहको सिकाइबाट ‘मानव–हात्ती द्वन्द्वको समाधान मानव–हात्ती सहअस्तित्व हुनसक्दछ’ भन्ने निष्कर्षमा पुगेको कार्की बताउँछन् ।

हात्तीमैत्री मानव व्यवहारका लागि पीडित समुदायका समस्यालाई सम्बोधन गरी विश्वासको वातावरण निर्माण गर्नु आवश्यक देखिएको उनले बताए ।

विगतमा हात्तीको आक्रमणमा परी ज्यान गुमाएका व्यक्तिका सन्ततिको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले पीडितलाई वार्षिक १२ हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय वडाले गरेको छ ।

यो टोलीका सदस्यहरू हात्ती प्रवेश गर्ने नाकाहरूमा निगरानी राखी हात्ती गाउँमा पसेर गर्नसक्ने जनधनको क्षति रोक्नको लागि परिचालन गरिँदै आएको हो । टोलीमा आबद्ध सदस्यहरूको ५ लाखको दुर्घटना बिमा गर्नुको साथै रातको समयमा टाढासम्म देखिने चम्किलो टर्चलाईटहरु प्रदान गरिएको छ ।

पानबारी गोल्डकप : आ ...

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा ...

धरानमा खानेपानीको चर ...

धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव ...

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved