उद्यौलीमा रमाउँदै पूर्वका किरात समुदाय

  • पुस ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व शुरु भएको छ । पुर्वका विभिन्न शहरहरुमा किरातजन्य सामाजिक संघसंस्थाहरुको आयोजनामा विभिन्न कार्यक्रम गरि पर्व मनाउन शुरु गरेका हुन् ।
धरानमा पनि किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिको आयोजनामा पाँच दिने चासोक तङनाम मंगलबार देखि शुरु भएको छ । मंगलबार बिहान बृहत र्याली प्रदर्शन गर्दै चुम्लुङ हिममा चासोक शुरु भएको हो ।

उनीहरुले यस वर्ष कोशी प्रदेशको नामाकरण खारेजीको मागलाई प्रमुख नारा बनाएका छन् ।

छाताचोकस्थित पुरानो हस्पिटलबाट सुरु भएको र्याली भानुचोक हुँदै धरान १५ स्थित चुम्लुङ हिममा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा सास्कृतिक झाकी, केलाङसहितको टोली सहभागी भएको थियो ।

र्याली अघि बिहान चासोक पुजा भएको थियो भने श्रीजङ्गाको सालिकमा माल्यार्पण गरिएको थियो । चासोक सांस्कृतिक उत्सव उद्घाटनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उदघाटन गरेका थिए । प्रदेशको नाम पहिचानको आधार, इतिहास, सभ्यताको आधारमा राखिनुपर्ने माग चुम्लुङको रहेको छ ।

किरात समुदायले मनाउने प्रमुख चाडमध्ये यसलाई किरात राई जातिले साकेला, लिम्बूले चासोक तङ्नाम, याक्खाले चासुवा, सुनुवार जातिले फल्षाँदर भनेर मनाउने गर्दछन् । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उद्यौली सुरु हुने गर्दछ ।

चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चढाएर पूजाअर्चना गरी खाने चलन रहेको छ । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् ।

किरात समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिएको छ ।

पर्वका अवसरमा किरातजन्य सङ्घ संस्थाले आफ्ना सघन बसोबास भएको स्वदेशका मूलतः कोशी प्रदेशभरि र विदेशमा विशेष उत्सवका साथ मनाउँदै आएका चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले बताए ।

आदिमकालदेखि यी समुदायले प्रकृतिको पूजा गरी यो चाडलाई सारा पृथ्वीजगतको रक्षार्थ कामनाका साथ सामूहिक रूपमा पूजाआजा गर्नुका साथै आफ्ना सांस्कृतिक कला प्रस्तुत गरी मनोरञ्जन गरेर मनाउने गरिआएको उनको भनाइ थियो ।

 

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved