मौसम खुलेसँगै धनकुटाको भेडेटारमा पर्यटकको आवागमन बढ्यो

  • पुष १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ मा पर्ने भेडेटार पर्यटकीय गन्त्वय स्थलको रुपमा नेपालमात्र हैन भारतमा समेत प्रख्यात बन्दै गएको छ ।

समुद्री सतहबाट १४२० देखि १७०५ मिटरको उचाइसम्म रहेको यो स्थानलाई सिएनएनको सर्वेक्षणले विश्वको घुम्नै पर्ने १२ गन्तव्य स्थलको रुपमा समेत लिएको छ । यसले गर्दा पनि भारतीय पर्यटकको आगमनमा वृद्धि हुदै गएको हो ।

विगतमा फाट्टफुट्ट भारतीय पर्यटक देखिने भेडेटारमा अहिले भारतीय पर्यटक अत्याधिक आउने गरेको पाइएको छ । अझ प्रत्येक बर्ष होटल एसोसिएसन भेडेटारले आयोेजना गदै आएको फुडफेस्टिवलले यहाँ आउने भारतीय पर्यटक तान्ने माध्यम बनेको छ ।

‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्र्याउने हाम्रो चाहना’ नाराका साथ सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा यस बर्ष पनि ११ औ आयोजना हुने भएको छ ।

२०६८ सालबाट लगातार हुदै आएको फुड फेस्टिबल एक बर्ष भने कोरोनाको कारण हुन सकेन ।

महोत्सव आयोजना भएसँगै भारतीय पर्यटकहरु भेडेटारमा सोचेभन्दा बढी आउन थालेका छन् । कोरोना पछि ओरालो लागेको पर्यटक व्यवसायलाई चलायमान बनाउदै बढी भन्दा बढी पर्यटक भित्र्याउन यो फुड फेस्टिवलको आयोजना गर्ने गरिएको छ । सोही अनुरुप भारतीय पर्यटकको आवागमनमा बृद्धि हुदै गएको पाइएको छ ।

शनिवार भेटिनु भएका भारतको विहारका सन्दिप सोहनी भेडेटार प्रकृतिको बरदान भएकोले पटक पटक घुम्न आउन मन लाग्ने बताए ।

परिवारसहित दोस्रो पटक भेडेटार आएका उनले यहाँको प्रकृतिक मनोरम दृश्य, यहाँका बासिन्दाले गरेको आथित्य सत्कारले आफू यहाँ आएर प्रफुल्ल भएको बताए ।
नेपाली साँस्कृतिक परिहन समेत मनपराउनु हुने उनले नेपाल साँस्कृतिक क्षेत्रमा समेत धनी देश भएको बताए ।

यस्तै विहारबाट परिवारसहित आएका रहमान सहेद समेत भेडेटारको प्राकृतिक मनोरम दृश्य, मौसम लगायत यहाँका स्थानीयहरुले गरेको सत्कारले मन्त्रमुग्ध भएको बताउछन् ।
उनीहरु त त प्रतिनिधिपात्र मात्र हुन। उनीहरुसतैँ धेरै भारतका विभिन्न स्थानबाट भेडेटार घुम्नकै लागि आउने गरेका छन् ।

यहाँ आउनेहरु भेडेटारलाई मात्र तार्गेट बनाएर आएका हुदैनन् धरानको विजयपुरमा रहेका मठमन्दिरको दर्शन सकेपछि उनीहरु धनकुटाको भेडेटार तथा धनकुटा आपसापसका क्षेत्र, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, संखुवासभासम्मको रमणीय यात्रामा निस्किन्छन् ।

कोरोनाको असर अहिले पनि उस्तै छ तर विस्तारै पर्यटक भित्रिदै गएपछि भने पर्यटन व्यवसायीहरुको आशा पलाउदै गएको छ ।

विगतमा फाट्फुट्ट मात्र देखिने भारतीय पर्यटकहरु नियमित गरेको फुडफेस्टिबलका कारण पर्यटक बढ्दै गएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।

होटल एसोसिएसनको पूर्व अध्यक्ष समेत रहीसक्नु भएका रुम्दाली १२ बर्ष अगाडि फुड फेस्टिबल शुरु गर्दा भारतीय पर्यटक खोज्नुपर्ने अवस्था रहेको बताए ।

त्यसो त यहाँ आएका पर्यटकहरुले भेडेटार आसपासका आकर्षक स्थलको दृश्यावोकन गर्न पाउने भएकोले पनि पर्यटकहरु आउने गरेको होटल एसोसिएन भेडेटारका अध्यक्ष तुमराज लिम्बु बताउछन् ।

उनले फुडफेस्टिबलले आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन ठूलो सहयोग पुगेको बताऐ ।

भेडेटारको् पर्यटन प्रवद्र्धनका लागि हाइकिङ ट्याक खोलेर साँगुरीगढीलाई जोड्ने र बीच बीचम होमस्टेको विकास गर्ने अवधारणा गाउँपालिकाको योजनामै पारेर काम समेत पूरा भएको र यही फेस्टिबलबाट शुरुवात गर्ने गाउँपालिकाले तयारी समेत गरेको छ ।

महोत्सवमा आउने पर्यटकलाई साँगुरीगढी गाउँपालिकाकोे साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजंगको वरको रूख लगायतका ठाउँमा घुम्ने गरेका छन् ।

आन्तरिक तथा भारतीय पर्यटक तान्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सवमा अहिले विहारको हर्दिया, पूर्णिया, कटिहार लगायतका भारतीयहरुको आगमनमा वृद्धि भएको छ । यसले विगतमा सुस्ताएको पर्यटक व्यवसायले विस्तारै चलायमान हुने अपेक्षा पर्यटन व्वसायीहरुले गरेका छन् ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved