कृषकलाई लक्षित गरी ‘कोसेली घर’ निर्माण

  • पुस १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ कृषकको जीवन स्तर उकास्न साँगुरीगढी गाउँपालिकाले ‘कोसेली घर’ को निर्माण गरेको छ ।

गाउँपालिकाले कृषकले स्थानीय स्तरमा उत्पादन गरेको कृषि सामाग्रीलाई बजारीकरण गर्ने उद्देश्यले गाउँपाालिकाकै लगानीमा ‘कोसेली घर’ निर्माण भएको हो ।

गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले गाउँपालिकाका कृषकको बजारीकरणको सहजतालाई मध्यनजर गरी ‘कोसेली घर’को निर्माण गरिएको बताए ।

उनले भने–‘कृषकहरुले यहाँ उत्पादन गरेका कृषि सामाग्रीको बजार पाएका छैनन्, गाउँपालिकाले कृषकले उत्पादन गरेको सामाग्री खरिद गाउँपालिकाले नै बजारको खोजी गरेर विक्री गरिदिने प्रयोजनका लागि ‘कोसेली घर’ निर्माण गरेका हौं ।’

कृषि सामाग्रीको स्टोर सहित विभिन्न प्रयोजनका लागि दुई तले भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

अध्यक्ष रुम्दालीका अनुसार यो भवन निर्माणका लागि आर्थिक बर्ष २०७९/०८० मा २० लाख रुपैया छुट्याइएको थियो भने आर्थिक बर्ष २०८०/०८१ म ५ लाख बजेट छुट्याएर भवन निर्माण सम्पन्न भएपनि रंगरोगन गर्ने कार्य यस बर्षको बजेटबाट गरिने भएको छ ।

पर्यटकलाई समेत लक्षित गरी कोसेली घर निर्माण गरिएको अध्यक्ष रुम्दालीले बताए ।

उनले भने–‘हामीले आन्तरिक तथा वाह्य पर्यटकलाई यहाँ उत्पादन भएको कृषि समाग्री एकै ठाउँबाट खरिद गर्न सकियोस् भन्ने अभिप्रायले पनि यो कोसेली घर निर्माण गरेका हौं, यहाँ आन्तरिक तथा वाह्य पर्यटक धेरै आउने गरेका छन्,

यहाँ आउनेले आर्गनिक साग सब्जी तरकारी लगायतका कृषि सामाग्री खरिद गर्न चाहन्छन्, त्यसका लागि उनीहरु भौतारिनुपर्ने अवस्था हुन्छ, कोसेली घर निर्माण भएर सञ्चालनमा आएपछि भने पर्यटकलाई पनि सहज हुन्छ ।’

यसले कृषकले उत्पादन गरेको सामाग््री विक्री नभएर निराश हुनुपर्ने अवस्था नआउने अध्यक्ष रुम्दालीले बताए । कृषकलाईलाई सहजता प्रदान गर्नको लागि पनि कोसेली घर निर्माण गरिएको उनको भनाई छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved