चोत्लुङपार्क पर्यटकको आकर्षणको केन्द्र बन्दै

  • पुष १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ तेह्रथुम जिल्लाको लाली गुराँस नगरपालिकाले विस्तारै विकासको फड्को मार्दै गएको छ । सडक सञ्जालले छोएपछि यो ठाउँमा पर्यटनलाई मुख्य आधार बनाएर पर्यटक भित्र्याउने अभियानलाई नगरपालिकाले अगाडि सारेको छ । यसैलाई मध्यनजर गरी लिम्बु सँस्कृतिलाई नजिकबाट नियाल्न सकिने चोत्लुङ पार्क निर्माण गरिएको छ ।

यसले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पु¥याएको छ ।

साविकको बसन्तपुर गाविस लालीगुरास नगरपालिका बनेपछि कृषि र पर्यटनलाई बढी प्राथमिकतामा राखेर अगाडि बढाइएको छ ।

सडक सञ्जालले छोएपछि विकासको मुख्य स्रोतको रुपमा पर्यटनलाई बनाइएको छ । यसैलाई मध्यनजर गरी ४ बर्ष अगाडि अर्थात २०७६ सालमा लालीगुरास नगरपालिका वडा नं. ६ मा पर्ने भुल्के धारा नजिक चोत्लुङ पार्क निर्माण भएका हो ।

पार्कको उद्घाटन कवि वैरागी काइलाबाट गरिएको थियो । पार्क निर्माण भएसँगै पर्यटनको आगमनमा बृद्धि भएको लाली गुरास नगरपालिकाका प्रमुख अर्जुन माबुहाङ बताउछन् ।
पार्कमा लिम्बु जातिसँगै अन्य जातिका सँस्कृति झल्किने बस्तुहरु राखिएका छन । प्रमुख मावुहाङका अनुसार यो पार्कसँगै यूमा संग्रहालय बनाइएको छ ।

संग्राहायलमा गोर्खालीसँगको लडाइँमा लिम्बुहरुले प्रयोग गरेका हातहतियार, पुराना सिक्का लगायत ऐतिहासिक तथा पुरातात्विक सामग्रीहरु राखिएका छन् । चोत्लुङ पार्क यो क्षेत्रको मुख्य पर्यटकस्थल बनेको उनको भनाई छ ।

यो बाहेक लालीगुरास नगरपालिकालाई हिउँ पर्ने सिजन र लालीगुरास फूल फुल्ने समयमा अत्याधिक पर्यटक आउने गरेको बताउनुभयो । उहाँले लालीगुरास नगरपालिकाको पहिचान झल्ककाउन पनि यो पार्कले सहयोग गरेको बताए ।

उनका अनुसार बार्षिक ५ देखि ७ लाखसम्म पर्यटक लालीगुरास आउने गरेका छन् । दैनिक १ हजारदेखि १ हजार ५ सयसम्म पर्यटक आउने बताउदै मेयर माबुहाङ नेपालबाटमात्र हैन भारतबाट समेत पर्यटकहरु यो ठाउँमा आउने गरेको बताए ।

रैथाने वास्तु शैलीमा निर्मित पार्कको मुख्य भवन वरिपरि लिम्बु मुन्धुममा वर्णित सिङ्चाङ्गो यामचाङ्गो (धसिङ्गरे), फुन्छिङर (पैयू) पाङ्ब (मजिटो), माङयाम्बुङ (फच्याङ), तेतलासे (केरा) लिसिङ फा (मालबांस)लगायतका वनस्पतिहरु रोपिएका छन् ।

पार्कको पूर्वपट्टि चोत्लुङ वरक (सिद्धि पोखरी) बनाइएको छ । बाटामा ढुंगाको आकर्षक चौतारो र फलैंचाहरु बनाइएका छन् । लिम्बु संस्कृतिमा ढुंगाको ठूलो महत्व छ । ऐतिहासिकता झल्किने पार्क र संग्रहायलका कारण बर्षेनी पर्यटक भित्रिने क्रम जारी छ ।

विगतमा निःशुल्क प्रवेश गर्न दिने गरेको पार्कमा अहिले प्रति व्यक्ति ५० रुपैया लिने गरेको छ । चोत्लुङपार्क पर्यटन प्रवद्र्धनको दरिलो खम्बाको रुपमामात्र हैन नगरपालिकाकाको दरिलो आयस्रोतका माध्यम समेत बनेको छ ।

यस क्षेत्रमा पार्कको पछिल्लो पटक नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण गरेपछि अझ यसको महत्व बढेर गएको छ । यहाँ दैनिक २ देखि ३ सय जना भ्रमणमा आउने गरेका स्थानीयहरुले बताएका छन् ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved