राष्ट्रियसभाको लागि कांग्रेस कोशीबाट नाम सिफारिस

  • पुस ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले सम्भावित उमेदवारको नाम सिफारिस गरेको छ ।

प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा विराटनगरमा बसेको बैठकले जिल्लागत रुपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा नाम सिफारिस गरको हो ।

कांग्रेस कोशी प्रदेश समितिका सूचना तथा संचार संयोजक बासु कोइरालाका अनुसार संघीय सरकारमा यसअघि मन्त्री रहिसकेका चार जना सिफारिसमा परेका छन् । पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मिनेन्द्र रिजाल र सूजाता कोइरालाको नाम सिफारिस भएको छ ।

प्रदेश समितिले पूर्वसांसद डिला संग्रौला, नेविसंघ पूर्वसभापति गुरुराज घिमिरे, नेताहरु उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको पनि नाम सिफारिस गरेको छ ।

जिल्लाबाट प्रक्रियागत रुपमा आएका नामहरु छलफल गरी केन्द्रलाई पठाउने निर्णय भएको पार्टीका प्रदेश सभापति उद्धब थापाले जानकारी दिएका छन् ।
चुनावमा पराजित भएका नेताहरूलाई राष्ट्रियसभामा लानुहुँदैन भन्ने आवाज काँग्रेसभित्र उठिरहेको छ ।

तर, प्रदेश समितिले गत चुनाबमा पराजित भएका कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, गुरुराज घिमिरेसहितको नाम सिफारिस भएको हो ।

राष्ट्रियसभामा कोशीबाट काँग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीको पदाबधि सकिँदैछ ।

गठबन्धनबीच भागबण्डा हुँदा एक जनाको कोटा काँग्रेसले पाउने संभावना छ । तर, काँग्रेसले दलित, अल्पसख्यक, महिला कोटाबाट नै २२ जनाभन्दा बढी सिफारिस गरेको छ भने अन्य कोटाका ४८जनाको नाम सिफारिस गरेको बुझिएको छ ।

प्रदेश समितिको बैठकले प्रदेशस्तरीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकमा प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।

पार्टीको प्रदेश सम्मेलन विराटनगरमा गर्ने निर्णय गरेको भएपनि मिति तोकिएको छैन । माघ अन्तिमसम्ममा सम्मेलन गर्ने तयारी छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved