इटहरी उपमहानगरका लेखाअधिकृत विकास पोखरेल घूस रकम सहित बिहीबार अख्तियारको फन्दामा परेको समाचार प्रकाशनमा आएको छ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरीस्थित प्रदेश एक कार्यालयको विशेष टोलीले उनलाई ६५ हजार रुपैयाँ घूस सहित पक्राउ गरेको समाचार यस क्षेत्रका सबैजसो सञ्चारमाध्यममा आएका छन् । यस प्रकारको यो पहिलो घटना होइन । अख्तियारको टोलीले यसअघि पनि केही कर्मचारीलाई घूस सहित पक्राउ गरिसकेको छ । यससम्बन्धी समाचार पनि आइरहेकै हुन्छन् । कुनै कर्मचारीले पदको दुरुपयोग गरेर सर्वसाधारणलाई दुःखदिने गरेको र घूस नलिई काम नगरिदिने गरेको सूचना पाएपछि अख्तियारले सम्बन्धित कर्मचारीलाई योजनाबद्ध रूपमा पक्राउ
निजी विद्यालयहरूले बिहीबारदेखि अनलाइनकक्षाबन्द गरेका छन् । निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सन र एन–प्याब्सनको बुधबार बसेको बैठकले अनलाइनकक्षा बन्द गर्ने निर्णय गरेपछि देशभरिका विद्यालयहरूले अनलाइनकक्षा बन्द गरेकाहुन् । सरकारलाई दवाब दिन प्याब्सन र एन–प्याब्सनले यस्तो निर्णय गरेका हुन् । उनीहरूले विद्यार्थीहरूबाट न्यूनतम शुल्क लिनपाउनुपर्ने र विद्यार्थी भर्ना गर्न पाउनु पर्ने माग गरेका छन् । उनीहरूले शिक्षक–कर्मचारीको तलबभत्ता, घरभाडा, बिजुली, इन्टरनेटको शुल्क उठाउन पाउनु पर्नेलगायतका माग सरकार समक्ष राखेका थिए । सरकारले भने बन्दाबन्दी (लकडाउन) अवधिको शुल्क नउ
बाढी, पहिरो र डुबानका कारण पछिल्लो एक महिनामा नेपालमा ८५ जनाको मृत्यु भएको र ४६ जना बेपत्ताभएकोसमाचार आएको छ ।बाढी, पहिरो र डुबानका कारण सर्वसाधारण नागरिकहरूको जनधनजोखिममा परेका समाचारहरू सञ्चार माध्यमहरूमार्फत र्दिनहुँ प्रकाशमा आइरहेका छन् । बाढी, पहिरो र डुबानबाट १५ भन्दा बढी जिल्ला प्रभावित भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस क्रममा ५० जना घाइते भएका छन् भने १३४ घरमाक्षतिपुगेको छ । यो चिन्ताको विषयहो ।आफ्ना नागरिकहरूको जीउधनको सुरक्षा गर्नु राज्यको दायित्व हो । सुरक्षित बसोवासलाई संविधानले नै मौलिकअधिकारका रूपमा व्यवस्थित गरेको छ तर यसप्रति राज्यको ध्यानगएको पाइँदैन ।
बुधबारदेखि देशभर निरन्तर वर्षा भइरहेको छ र यो वर्षा अअझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन् । वर्षाले पहाडी जिल्लामा पहिरोले जनधनको क्षति गर्न थालिसकेको छ भने तराईमा डुबान शुरु भएको छ । डुबान र पहिरोको प्रकोप पूर्वमा पनि देखिन थालिसकेको छ । हुन त यो पूर्वको मात्र समस्या होइन । बाढी, पहिरो र डुबान देशव्यापी समस्या हो । यो यसपटक मात्र देखिएको नयाँ समस्या पनि होइन । यो त वर्षेनी दोहोरिरहने राष्ट्रिय समस्या हो । देशका विभिन्न भागमा बाढी–पहिरोमा परी एक दर्जनभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने केही वेपत्ता भएका छन् । कतिपय घरबारविहीन भएका छन् भने कतिपय गाउँ–बस्ती बाढी, पहि
हाम्रो देशलाई कृषिप्रधान मानिन्छ । अहिले पनि यहाँ ८० प्रतिशतभन्दा बढी नागरिक कृषिमै आश्रित रहेको सरकारको भनाइ छ । हुन पनि कृषि क्षेत्रमा सकारात्मक परिवर्तन नआएसम्म हाम्रो देशको प्रगति र समृद्धिको यात्रा सहज नहुने निश्चित छ तर यति महत्त्वपूर्ण भईकन पनि कृषि क्षेत्र सधैँ उपेक्षित नै रहेको देखिन्छ । हाम्रो देशको समृद्धिको आधार नै कृषि हो । देशको प्रगति गर्ने हो भने किसानहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु आवश्यक छ र यसका लागि कृषि प्रणालीमा सुधार अपरिहार्य छ । हाम्रो देशका कृषकहरू अहिले पनि निर्वाहमुखी कृषि प्रणालीमा अल्मलिएका छन् । व्यावसायिक कृषिविना किसानहरूको जीवनस्तरमा सकारात्मक सुधार न
बन्दाबन्दीको प्रारम्भिक समयमा सबै क्षेत्र ठप्प भए पनि पछिल्लो समयमा भने विकास निर्माणका कामले गति पाएका छन् । कतिपय काम यसबीचमै सम्पन्न पनि भइसकेका छन् भने कतिपय योजनाका काम अघि बढिरहेका छन् तर धरान–१५ को खोरिया बस्तीपूर्व सेउती खोलामा बन्दै गरेको पुल भने अलपत्र बनेको समाचार आएको छ । यो निकै महत्त्वपूर्ण पुल हो । त्यस क्षेत्रका नागरिकहरू पुल निर्माण भएपछि दैनिक जीवन निकै सहज हुने आशामा बसेका थिए । खासगरी खोलापारिका स्थानीयलाई वर्षाको समयमा धरान नगर क्षेत्रमा आउजाउ गर्न निकै कठिन हुने गर्छ । पुल निर्माण भएपछि वर्षामा पनि नगर क्षेत्रमा आउजाउ गर्न कुनै कठिनाइ नहुने र जीवन सहज हुने उनीहरूको
धरानमा विकास निर्माणका थुप्रै योजनाहरू अलपत्र छन् । दलहरूबीच राजनीतिक सहमतिको अभाव, स्थानीयको अवरोध, नेतृत्वमा निर्णय क्षमताको अभाव वा उपयुक्त समयमा नेतृत्वले उपयुक्त अडान लिन नसक्ने जस्ता कारणले धरानमा कतिपय योजनाहरू चर्चा र छलफलमै सीमित हुने गरेका छन् । दूरगामी महत्वका कतिपय योजनाहरू अहिले पनि यहाँ चर्चामै सीमित छन्, कार्यानवयनको तहमा जान सकेका छैनन् । नेतृत्वले दूरदर्शी दृष्टिसहित निस्वार्थ रूपमा अडान लिने तथा सबै राजनीतिक दल र स्थानीयले पनि विकास निर्माणमा सहयोगी भूमिका खेल्ने हो भने यहाँ विकासका धेरै योजनाहरू सम्पन्न हुने थिए । विभिन्न विवाद र असहमतिका कारण योजनाहरू अघि नबढ्ने वा प्रारम्
धरान / उपमहानगरपालिकाअन्तर्गत पर्ने पानबारी क्षेत्रमा उत्पादन हुने चामल ‘पानबारी मन्सुली चामल’ का नाममा ब्रान्डिङ भएर बिक्री हुने गरेको छ तर अहिले विभिन्न कारणले यो ब्रान्ड सङ्कटमा परेको समाचार आएको छ । दशक अघिसम्म यो उत्कृष्ट ब्रान्ड बनेको थियो । अहिले धरान–६ मा पर्ने पानबारी क्षेत्र साबिकको पाँचकन्या गाविसमा पथ्र्यो । धान उब्जनी हुने यो मुख्य कृषि क्षेत्र हो । यहाँ उत्पादन हुने पानबारी मन्सुली चामल धरानमा मात्रै होइन, पूर्वका झापा र मोरङमा समेत निर्यात हुने गरेको थियो । पछिल्लो समय प्लटिङका कारण खेतीयोग्य जमीन मासिँदै गएपछि अन्य स्थानमा उत्पादित धान पानबारी मन्सुलीका नामबाट
कोभिड–१९ महामारीका कारण सिङ्गो विश्व नै आक्रान्त छ ।संसारका शक्तिशाली देशहरू पनि यसको नकारात्मक प्रभावबाट मुक्त छैनन् । संसारका धेरै मानिसले रोजगार गुमाएका छन् । रोजगार गुमाएका नागरिकहरू सङ्कटमा परेका छन् । यसका कारण सिर्जना हुने आर्थिक मन्दीले विश्वलाई गाँज्ने स्पष्ट सङ्केतहरू देखिन थालेको बताउँदै अर्थशास्त्रीहरूले यसतर्फ सचेत हुन सुझाव दिइरहेका छन् । यो निकै डरलाग्दो सङ्केत हो । व्यक्ति मात्र होइन, देशहरू नै पनि सङ्कटमा परेका छन् तर जस्तो परिस्थिति आए पनि राज्य त आप्mना नागरिकहरूको अभिभावक हो । त्यसकारण सरकारले आफ्ना नागरिकहरूको संरक्षण र सुरक्षाको जिम्मेवारीबाट पन्छिन मिल्
प्रदेश १ का सांसद् चन्द्रप्रसाद श्रेष्ठका स्वकीय सचिव एवम् काङ्ग्रेसका क्षेत्रीय सदस्य धरान–१४ का प्रताप भट्टराईले आइतबार बिहान आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । सामाजिक र राजनीतिक रूपमा निकै सक्रिय २८ वर्षीय भट्टराईको यस प्रकारको अवसानले सबैलाई चिन्तित बनाएको छ । धरानमा आत्महत्याको यो पछिल्लो घटना हो । यसकै अघिल्लो दिन मात्र १६ वर्षीया किशोरी रुपल चौधरीले आत्महत्या गरिन् । उनी धरानको छाताचोक नजिकै भाडाको कोठामा आप्mना आमाबुबासँगै बस्थिन् । यी दुई प्रतिनिधि घटना मात्र हुन् । धरानमा पछिल्लो समयमा आत्महत्याका घटनामा वृद्धि भइरहेको छ । यो चिन्ताको विषय बनेको छ । अझ यस्ता दुर्घटनाबा