धरान / उपमहानगरपालिकाअन्तर्गत पर्ने पानबारी क्षेत्रमा उत्पादन हुने चामल ‘पानबारी मन्सुली चामल’ का नाममा ब्रान्डिङ भएर बिक्री हुने गरेको छ तर अहिले विभिन्न कारणले यो ब्रान्ड सङ्कटमा परेको समाचार आएको छ । दशक अघिसम्म यो उत्कृष्ट ब्रान्ड बनेको थियो । अहिले धरान–६ मा पर्ने पानबारी क्षेत्र साबिकको पाँचकन्या गाविसमा पथ्र्यो । धान उब्जनी हुने यो मुख्य कृषि क्षेत्र हो । यहाँ उत्पादन हुने पानबारी मन्सुली चामल धरानमा मात्रै होइन, पूर्वका झापा र मोरङमा समेत निर्यात हुने गरेको थियो । पछिल्लो समय प्लटिङका कारण खेतीयोग्य जमीन मासिँदै गएपछि अन्य स्थानमा उत्पादित धान पानबारी मन्सुलीका नामबाट
कोभिड–१९ महामारीका कारण सिङ्गो विश्व नै आक्रान्त छ ।संसारका शक्तिशाली देशहरू पनि यसको नकारात्मक प्रभावबाट मुक्त छैनन् । संसारका धेरै मानिसले रोजगार गुमाएका छन् । रोजगार गुमाएका नागरिकहरू सङ्कटमा परेका छन् । यसका कारण सिर्जना हुने आर्थिक मन्दीले विश्वलाई गाँज्ने स्पष्ट सङ्केतहरू देखिन थालेको बताउँदै अर्थशास्त्रीहरूले यसतर्फ सचेत हुन सुझाव दिइरहेका छन् । यो निकै डरलाग्दो सङ्केत हो । व्यक्ति मात्र होइन, देशहरू नै पनि सङ्कटमा परेका छन् तर जस्तो परिस्थिति आए पनि राज्य त आप्mना नागरिकहरूको अभिभावक हो । त्यसकारण सरकारले आफ्ना नागरिकहरूको संरक्षण र सुरक्षाको जिम्मेवारीबाट पन्छिन मिल्
प्रदेश १ का सांसद् चन्द्रप्रसाद श्रेष्ठका स्वकीय सचिव एवम् काङ्ग्रेसका क्षेत्रीय सदस्य धरान–१४ का प्रताप भट्टराईले आइतबार बिहान आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । सामाजिक र राजनीतिक रूपमा निकै सक्रिय २८ वर्षीय भट्टराईको यस प्रकारको अवसानले सबैलाई चिन्तित बनाएको छ । धरानमा आत्महत्याको यो पछिल्लो घटना हो । यसकै अघिल्लो दिन मात्र १६ वर्षीया किशोरी रुपल चौधरीले आत्महत्या गरिन् । उनी धरानको छाताचोक नजिकै भाडाको कोठामा आप्mना आमाबुबासँगै बस्थिन् । यी दुई प्रतिनिधि घटना मात्र हुन् । धरानमा पछिल्लो समयमा आत्महत्याका घटनामा वृद्धि भइरहेको छ । यो चिन्ताको विषय बनेको छ । अझ यस्ता दुर्घटनाबा
धरानमा खानेपानीको समस्या सुरु भएकोे झण्डै तीन दशक बितिसकेको छ तर अभैm पनि यसको पूर्ण समाधान हुन सकेको छैन । धरान नगर क्षेत्रका बासिन्दाहरूले वर्षायाममा पनि पर्याप्त पानी उपभोग गर्न पाएका छैनन् । यो मौसममा पनि नियमित पानी नआएको कतिपय स्थानका नागरिकहरूले गुनासो गर्ने गरेका छन् । यही समस्यालाई समाधान गर्न धरानमा सञ्चालन भएको खानेपानी आयोजनाको काम सम्पन्न भइसके पनि नगरवासीले पर्याप्त पानी उपभोग गर्न नपाउनु विडम्बनाको विषय भएको छ । एकीकृत शहरी विकास कार्यक्रमअन्तर्गत एसियाली विकास बैङ्क (एडीबी) को ३५ प्रतिशत ऋण तथा २६ प्रतिशत अनुदान, नेपाल सरकारको २४ प्रतिशत अनुदान र धरान उपमहानगरको १५ प्रतिशत गरी
धनकुटा नगरपालिकाले नगर क्षेत्रलाई ‘स्मार्ट भिलेज’बनाउने उद्देश्यले अभियान सञ्चालन गरिरहेको समाचार प्रकाशमा आएको छ । यो सकारात्मक विषय हो । सुविधायुक्त र समृद्ध नगर तथा सुखी नागरिक सबैको चाहना हो । यसका लागि स्थानीय तहले अभियान थाल्नु पक्कै पनि खुशीको विषय हो । यूएनडीपीको आर्थिक सहयोग तथा पर्डेप नेपालको प्राबिधिक सहयोगमा नमूना गाउँ बनाउने अभियान थालिएको हो । यसका लागि एक करोड १५ लाख रुपैयाँको ‘स्मार्टभिलेज’ कार्यक्रम सञ्चालन भइरहेको बताइएको छ । यसलाई सकारात्मक रूपमा लिएर अभियानलाई सफल बनाउन नागरिकहरूले पनि सक्दो योगदान दिनु आवश्यक छ । नगरपालिकाले नगरका विभिन्न वडामा उत्
लामो समयको बन्दाबन्दी (लकडाउन) पछि जनजीवन बिस्तारै सहजताततर्फ पुर्याउनुपर्छखोज्दैछ । कोरोना–आतङ्क समाप्त भइसकेको छैन । सङ्क्रमितहरूको सङ्ख्या बढ्ने क्रम रोकिएको छैन, अझ बढिरहेको छ । कोरोनाका कारण नागरिकहरूले ज्यान गुमाइरहेकै छन् तर सतर्कता अपनाउँदै जनजीवनलाई बिस्तारै सामान्य बनाउँदै लैजाने उद्देश्यले बन्दाबन्दीको रूपमा केही परिमार्जन गरिएको छ । देशवासीको दवाब र विज्ञहरूको सुझावकै आधारमा सरकारले बन्दाबन्दीलाई खुकुलो बनाउने नीति लिएको हो । लामो समय आर्थिक गतिविधि ठप्प हुँदा देशको अर्थतन्त्र धराशायी हुने भएकाले पनि सतर्कतापूर्वक बन्दाबन्दी खुकुलो बनाउनुपर्ने अवस्था आएको हो । बन्दाबन्
शनिबार बसेको प्रतिनिधिसभा बैठकले ऐतिहासिक निर्णय गरेको छ । बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको हो । संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि निर्णयका लागि संसद्मा भएको मतदानमा त्यहाँ उपस्थित कुनै पनि सांसद्ले विपक्षमा मतदान गरेनन् । राष्ट्रियताको विषयमा संसद्मा देखिएको यो एकता निकै महत्त्वपूर्ण छ । यसले आन्तरिक राष्ट्रिय एकतालाई अझ बलियो बनाएको छ । यो एउटा सामान्य घटना होइन । यसले अन्तर्राष्ट्रिय समुदायलाई पनि गतिलो सन्देश दिएको छ । राष्ट्रियताको विषयमा देशभित्र कुनै विभाजन वा फरक मत नरहेको सन्देश जानुले निकै ठूलो अर्थ राख्छ । अब यो एकतालाई कायम राख्दै देशको सर्वोपरि
देशका विभिन्न भागमा बिहीबार सरकारविरोधी प्रदर्शन भएका छन् । यी प्रदर्शन युवाले स्वतस्पूmर्त रूपमा गरेका हुन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् तर प्रदर्शनकारीमाथि बल प्रयोग गरेर सरकारले आगोमा घ्यू थप्ने काम गरेको छ । सरकारले बुद्धि नपु¥याउने हो भने परिस्थिति अझ जटिल बन्दै जाने निश्चित छ । सरकारका लागि यी सङ्कटका सङ्केत हुन् । राजधानीको बालुवाटार, विराटनगर र पोखरामा बिहीबार युवाले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले स्वास्थ्य सामग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर परीक्षण गर्नुपर्ने र कर तिर्ने ता
धरानमा बहुप्रतीक्षित नाटकघर निर्माण हुने लगभग पक्का भएको छ । धरान–८ को सभागृह परिसरमा अन्तर्राष्ट्रिय स्तरको सुविधायुक्त नाटकघर निर्माण प्रयासले मूर्त रूप लिन लागेको हो । त्यस स्थानमा नाटकघर निर्माणमा स्थानीयले विरोध जनाएको विषय प्रारम्भमा आएको थियो तर स्थानीयले नै गठन गरेको पहल समितिको आयोजनामा मङ्गलबार बसेको छलफलपछि स्थानीयको आवाजलाई बुभ्mन पहिले गल्ती गरिएको कुरा छर्लङ्ग भएको छ । भेलामा धरान उपमहानगरपालिकाका मेयर र उपमेयरका साथै स्थानीय बुद्धिजीवी, संस्कृतिकर्मी, युवा, ज्येष्ठ नागरिक, नाटकघर निर्माण उपभोक्ता समितिका सदस्यहरूलगायत उपस्थित थिए । त्यस भेलामा स्थानीय वडावासीले आप्mना सरो
सरकारले लकडाउन (बन्दाबन्दी) खुकुलो बनाउने मोडालिटीबारे छलफल सुरु गरेको छ तर सरकार अन्तिम निर्णयमा पुग्न सकेको छैन । यो हतारमा निर्णय गरेर फुर्सद्मा पश्चात्ताप गर्ने विषय पनि होइन । यसका हरेक आयामबारे विज्ञ र विशेषज्ञहरूसँग परामर्श गरेर निर्णयमा पुग्नु आवश्यक छ । सम्भवतः सरकार पनि यस विषयमा हतार गर्ने पक्षमा छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक मध्यरातमा सकिएको छ । बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन । सो बैठकमा लकडाउन खुकुलो बनाउने पाँच चरणको कार्ययोजना पेश भएको थियो तर कोरोना सङ्क्रमणको अवस्थाबारे थप विश्लेषण गरेर बुधबार फेरि छलफल