धनकुटाको सकारात्मक अभियान

  • असार ३, २०७७
  • "सम्पादकीय"
alt

धनकुटा नगरपालिकाले नगर क्षेत्रलाई ‘स्मार्ट भिलेज’बनाउने उद्देश्यले अभियान सञ्चालन गरिरहेको समाचार प्रकाशमा आएको छ । यो सकारात्मक विषय हो । सुविधायुक्त र समृद्ध नगर तथा सुखी नागरिक सबैको चाहना हो । यसका लागि स्थानीय तहले अभियान थाल्नु पक्कै पनि खुशीको विषय हो । यूएनडीपीको आर्थिक सहयोग तथा पर्डेप नेपालको प्राबिधिक सहयोगमा नमूना गाउँ बनाउने अभियान थालिएको हो । यसका लागि एक करोड १५ लाख रुपैयाँको ‘स्मार्टभिलेज’ कार्यक्रम सञ्चालन भइरहेको बताइएको छ । यसलाई सकारात्मक रूपमा लिएर अभियानलाई सफल बनाउन नागरिकहरूले पनि सक्दो योगदान दिनु आवश्यक छ ।

नगरपालिकाले नगरका विभिन्न वडामा उत्पादनमा वृद्धि गरी कृषकलाई आत्मनिर्भर बनाउन टनेल खेतीका लागि प्लास्टिकको टनेल हाउस वितरण गरेको छ । रासायनिक मलको प्रयोग घटाउन गोठ सुधार कार्यक्रमअन्तर्गत मलमूत्र सङ्कलनका लागि नगरपालिकाले किसानलाई ट्याङ्की पनि वितरण गरेको समाचार प्रकाशमा आएको छ ।यसै अभियानअन्तर्गत प्लास्टिक पोखरी निर्माण गरी हिउँद र सुख्खायाममा तथा पानीको अभाव भएको क्षेत्रमा सिँचाइको सुविधा पु¥याउने उद्देश्यले नगरपालिकाले प्लास्टिक पनि वितरण गरेको छ ।

यस अभियानलाई सफल बनाउन नगरपालिकाले अन्य विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ । यो सकारात्मक पक्ष हो । एउटा महत्वपूर्ण पक्ष के हो भने यस्ता कार्यक्रमहरू बनाउँदा स्थानीय आवश्यकतालाई भने ध्यान दिनैपर्छ । सरोकारवाला किसानहरूसँग अन्तत्र्रिmया गरेर उनीहरूका आवश्यकताबमोजिम सहयोग गर्नु आवश्यक छ । कृषिप्रधान देश भएकोले हाम्रो देशमा किसानहरूको सङ्ख्या ठूलो छ । त्यसैले किसानहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिए देशको मुहार फेर्न धेरै समय नलाग्ने निश्चित छ । यसका लागि निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउनु महत्वपूर्ण विषय हो । यसतर्पm सबै तहका सरकारहरूको ध्यान जानु आवश्यक छ ।

धनकुटा नगरपालिकाले पनि सम्भवतः यसै तथ्यलाई मनन् गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ । यस क्रममा ध्यान दिनुपर्ने अर्को पक्ष के हो भने हाम्रो देशमा विनियोजित बजेटको ठूलो भाग लक्षित समुदायसम्म नपुगी बीचैमा चुहावट हुने गरेको छ । किसान र विपन्न नागरिकहरूका लागि छुट्याइएको बजेटमा भ्रष्टाचार भएर अपेक्षित परिणाम हात नलाग्दा अवस्थाको झन् खराब हुँदै जाने गरेको छ । यस तथ्यलाई सबैले बुझेका हुँदा भ्रष्टाचार हुन नदिएर कार्यक्रमलाई अधिकतम रूपमा सफल बनाउन पनि सबैको सकारात्मक पहल हुनु वाञ्छनीय छ ।

यसका लागि सर्वसाधारणले खबरदारी गर्नुपर्छ । खर्चलाई पारदर्शी बनाउन दवाब दिनुपर्छ । यसो हुन सके मात्र कार्यक्रमबाट अपेक्षित परिणाम आउन सक्छ । अन्यथा बजेटमात्र सकिन्छ, नागरिकहरूको जीवनमा कुनै परिवर्तन हुँदैन । किसान तथा नागरिकहरूले पनि प्राप्त सामग्रीको सदुपयोग गरेर कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुपर्छ । सरोकारवाला सबैको सकारात्मक पहल र प्रयासबाट मात्र कार्यक्रम सफल हुने भएकाले यसप्रति सबै गम्भीर हुनु अपेक्षित छ । आगामी वर्षहरूमा पनि अभियानलाई निरन्तरता दिनु अपेक्षित छ ।

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

चुनु हत्या प्रकरण,मु ...

धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु क ...

धरान फाइटनाइटमा १६ ब ...

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत ...

२४ केजी गाँजासहित एक ...

सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved