वराहक्षेत्र नगरपालिकाद्वारा सहकारी व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सम्पन्न संगम बिष्ट

  • वैशाख ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र सञ्चालित सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरूका लागि लेखा व्यवस्थापन तथा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (NFRS) सम्बन्धी तीन दिने तालिम सम्पन्न गरेको छ।

बुधबारदेखि शुक्रबारसम्म सञ्चालन गरिएको उक्त तालिममा नगर क्षेत्रभित्रका सहकारी संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार आर्थिक विकास शाखाले उक्त तालिमको आयोजना गरेको हो।

आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीका अनुसार, सहकारी संस्थाहरूमा आर्थिक अनुशासन, परिमार्जित नियमहरू, नीति तथा प्रणालीहरूको विकाससँगै लेखा व्यवस्थापन र NFRS लागू गर्नुपर्ने आवश्यकता बमोजिम तालिम प्रदान गरिएको हो।

तालिममा NFRS अपनाउँदा सहकारी संस्थाको वित्तीय पारदर्शिता, जोखिम व्यवस्थापन, सुशासन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय मान्यता वृद्धि हुने विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो।

तालिममा कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा तालिम कार्यालयका प्रमुख हरिबहादुर खत्री, चार्टर्ड एकाउन्टेन्ट प्रज्वल अधिकारी तथा शाखा प्रमुख मातृका तिवारीले सहजीकरण गरेका थिए।

समापन कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख नन्दकुमारी सुनुवार, लेखा अधिकृत विरेन्द्र यादव लगायतले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।

Barahasahakari

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved