सङ्कटका सङ्केत

  • जेठ २९, २०७७
  • "सम्पादकीय "
alt

देशका विभिन्न भागमा बिहीबार सरकारविरोधी प्रदर्शन भएका छन् । यी प्रदर्शन युवाले स्वतस्पूmर्त रूपमा गरेका हुन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् तर प्रदर्शनकारीमाथि बल प्रयोग गरेर सरकारले आगोमा घ्यू थप्ने काम गरेको छ । सरकारले बुद्धि नपु¥याउने हो भने परिस्थिति अझ जटिल बन्दै जाने निश्चित छ । सरकारका लागि यी सङ्कटका सङ्केत हुन् ।

राजधानीको बालुवाटार, विराटनगर र पोखरामा बिहीबार युवाले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले स्वास्थ्य सामग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर परीक्षण गर्नुपर्ने र कर तिर्ने ताकेता खारेज गर्नुपर्ने माग गरेका थिए । प्रदर्शनकारीलाई तिरतवितर बनाउन प्रहरीले बालुवाटारमा पानीको फोहोरा हान्दै अश्रुग्याससमेत प्रहार गरेको छ । बालुवाटारमा मङ्गलबार पनि सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन भएको थियो । त्यस बेला पनि प्रहरीले पानीको फोहोरा हानेको थियो । प्रदर्शनकारीहरूले क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने माग पनि गरेका छन् ।

उनीहरूले नागरिकहरूको स्वास्थ्यलाई महŒव दिइनुपर्ने माग गरेका छन् । पोखरामा प्रहरी र आन्दोलनकारीबीच सामान्य झडप भएको थियो । प्रारम्भमा शान्तिपूर्ण देखिएको प्रदर्शन उत्तेजित भएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको बताइएको छ । विराटनगरका युवाले पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले प्रदेश मुख्यमन्त्रीको कार्यालय र विराटनगर महानगरपालिकाको कार्यालयअगाडि प्रदर्शन गरेका थिए ।

यी प्रदर्शनहरू स्वतःस्पूmर्त रूपमा भएका हुन् । यसबाट के देखिन्छ भने सरकारविरुद्ध युवामा रहेको असन्तुष्टि अब सडकमा पोखिन थालेको छ । सरकारले अब देखिने गरी आप्mना भनाइ र गराइमा तत्काल सुधार नगर्ने हो भने यो असन्तुष्टिले देशव्यापी रूप लिने देखिन्छ । कोरोना नियन्त्रणका नाममा सरकारका तर्पmबाट भएको १० अर्ब रुपैयाँको हिसाब नागरिकहरूले खोजिरहेका छन् । पीसीआर परीक्षणको दायरा बढाउन आग्रह गरिरहेका छन् । स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको आरोप लगाउँदै युवाले पारदर्शिताको माग पनि गरेका छन् ।

युवाका यी न्यायोचित मागहरूलाई गम्भीरतापूर्वक नलिने हो भने सरकारका लागि प्रत्युत्पादक हुने निश्चित छ । सरकारविरुद्धको यो असन्तुष्टि र प्रदर्शनलाई सामान्य ठान्नु महाभूल हुने स्पष्ट छ तर प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ र गराइ दुवै जिम्मेवार देखिँदैन । उनी यति गम्भीर र संवेदनशील विषयलाई पनि हाँसो र ठट्टामा उडाइदिन्छन् ।

उनको यही कार्यशैलीले सरकारलाई दिनदिनै कमजोर र अविश्वसनीय बनाउँदै लगेको छ । यसप्रति मन्त्रिपरिषद्का सदस्यहरू मात्र होइन, नेकपा पनि गम्भीर बन्नु आवश्यक छ । नागरिकहरू नेताका भाषण सुनेर अघाउँदैनन् । उनीहरू परिणाम देख्न चाहन्छन् तर प्रधानमन्त्री आप्mनो शैलीमा सुधार गर्ने मनस्थितिमा देखिँदैनन् । उनी देशमा सबै ठीकठाक चलिरहेको, कतै केही बेठीक नभएको भ्रम छरिरहेका छन् । यस्तो शैलीले अब सरकारप्रतिको असन्तुष्टि साम्य नहुने पक्का छ । यसतर्पm गम्भीर हुनु आवशयक छ ।

सबैभन्दा मुख्य कुरा, प्रधानमन्त्री आप्mना आलोचकहरूलाई शत्रु ठान्छन् । उनको यही गलत दृष्टिले उनलाई अविश्वसनीय प्रधानमन्त्रीका रूपमा स्थापित बनाउँदैछ । सरकारले आप्mनो कार्यशैलीमा तत्काल सुधार गर्नु आवश्यक छ । भ्रष्टाचार नियन्त्रणलाई लक्ष्य बनाउँदै नागरिकप्रति उत्तरदायी हुनु सरकारको पहिलो कर्तव्य हुनुपर्छ । नागरिकहरू भाषण होइन, व्यवहारमै परिवर्तन देख्न चाहन्छन् । सरकारले नागरिक स्वास्थ्य र नागरिक आकाङ्क्षालाई सर्वोपरि महŒव दिनु अपेक्षित छ ।

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

चुनु हत्या प्रकरण,मु ...

धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु क ...

धरान फाइटनाइटमा १६ ब ...

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत ...

२४ केजी गाँजासहित एक ...

सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved