कृषि क्षेत्रको संरक्षण गरौँ

  • असार १७, २०७७
  • "सम्पादकीय"
alt

धरान / उपमहानगरपालिकाअन्तर्गत पर्ने पानबारी क्षेत्रमा उत्पादन हुने चामल ‘पानबारी मन्सुली चामल’ का नाममा ब्रान्डिङ भएर बिक्री हुने गरेको छ तर अहिले विभिन्न कारणले यो ब्रान्ड सङ्कटमा परेको समाचार आएको छ । दशक अघिसम्म यो उत्कृष्ट ब्रान्ड बनेको थियो । अहिले धरान–६ मा पर्ने पानबारी क्षेत्र साबिकको पाँचकन्या गाविसमा पथ्र्यो । धान उब्जनी हुने यो मुख्य कृषि क्षेत्र हो । यहाँ उत्पादन हुने पानबारी मन्सुली चामल धरानमा मात्रै होइन, पूर्वका झापा र मोरङमा समेत निर्यात हुने गरेको थियो । पछिल्लो समय प्लटिङका कारण खेतीयोग्य जमीन मासिँदै गएपछि अन्य स्थानमा उत्पादित धान पानबारी मन्सुलीका नामबाट बिक्री हुने गरेको विषय यस क्षेत्रका लागि चिन्ताको विषय हो ।

पानबारी कृषि मन्त्रालयले मुलुककै दोस्रो कृषि उर्वर भूमिका रूपमा सूचीकृत गरेको क्षेत्र हो । पहाडबाट बगेर आएको पानी र बलौटे माटोका कारण स्वादिष्ट हुने भएकाले पनि यहाँका उत्पादनहरू ब्रान्डिङ भएका थिए । अहिले प्लटिङले खेतीयोग्य जमीन मासिँदै गएको छ, भने अन्य विभिन्न प्रजातिका धान लगाउन थालिएपछि पानबारी मन्सुलीको ब्रान्ड हराउँदै गएको छ । खेतीयोग्य जग्गा घडेरीमा परिणत हुन थालेपछि धान खेती पनि बिस्तारै लोप हुँदै गएको छ । साबिक विष्णुपादुका र पाँचकन्या गाविसका मुख्य खेती नै धानबालि थियो । अहिले यो अवस्थामा परिवर्तन आएको छ ।

धान खेतीमा उत्कृष्ट भएर यस क्षेत्रले राष्ट्रिय पुरस्कारहरूसमेत हात पारेको थियो तर पछिल्लो समय कृषि उत्पादनका दृष्टिबाट अवस्था चिन्ताजनक हुन थालेको छ । हुन त यो यस क्षेत्रको मात्र समस्या होइन । यो राष्ट्रिय समस्या हो । देशको हरेक भागमा खेतीयोग्य जमीन मासेर घडेरी बनाउने लहर चलेको छ । यो लहरले दीर्घकालीन रूपमा ठूलो सङ्कट निम्त्याउने निश्चित छ । कृषिप्रधान देशको खेतीयोग्य जमीन यसैगरी मास्दै जाने र कृषि उत्पादनमा पनि आत्मनिर्भर हुन नसक्ने हो भने यसले खाद्य सङ्कट ननिम्त्याउला भन्न सक्ने कुनै आधार छैन । त्यसकारण यसतर्पm हाम्रो ध्यान जानु आवश्यक छ ।

अहिले भू–उपयोग नीतिबारे स्थानीय तहहरूमा छलफल हुन थालेका छन् । यो सकारात्मक विषय हो । कृषि क्षेत्रको संरक्षणमा सबै क्षेत्रको अग्रसरता हुनु आवश्यक छ । कृषि नै हाम्रो जीवनको आधार हो । त्यसकारण पानबारीजस्ता उर्वर कृषि क्षेत्रको संरक्षणमा स्थानीय सरकारको ध्यान जानुपर्छ र नागरिकहरूको सकारात्मक क्रियाशीलता हुनुपछृ । सङ्घीय सरकारले पनि आप्mनो नीति तथा कार्यक्रममा धरानका ४, ५, ६, १७ र २० नम्बर वडालाई ‘कृषि जोन’ का रूपमा विकास गर्ने विषय समेटेको छ र यसका लागि बजेटसमेत विनियोजन गरेको छ । स्थानीय सरकारले पनि यसलाई कृषि क्षेत्रको रूपमा संरक्षण गर्ने जनाएको छ ।

यो सकारात्मक विषय हो । अब स्थानीय नागरिकहरूलाई पनि कृषिको महत्त्व बुझाउँदै व्यावसायिक खेतीतर्पm आकर्षित गर्नु आवश्यक छ । यसका लागि सरकारहरूले उपयुक्त कार्यक्रम तर्जुमा गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ । कागजी नीति तथा कार्यक्रमले मात्र अब विकास र प्रगति सम्भव छैन, कार्यान्वयन नै मुख्य विषय हो ।

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

चुनु हत्या प्रकरण,मु ...

धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु क ...

धरान फाइटनाइटमा १६ ब ...

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत ...

२४ केजी गाँजासहित एक ...

सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved