लामो समयको बन्दाबन्दी (लकडाउन) पछि जनजीवन बिस्तारै सहजताततर्फ पुर्याउनुपर्छखोज्दैछ । कोरोना–आतङ्क समाप्त भइसकेको छैन । सङ्क्रमितहरूको सङ्ख्या बढ्ने क्रम रोकिएको छैन, अझ बढिरहेको छ । कोरोनाका कारण नागरिकहरूले ज्यान गुमाइरहेकै छन् तर सतर्कता अपनाउँदै जनजीवनलाई बिस्तारै सामान्य बनाउँदै लैजाने उद्देश्यले बन्दाबन्दीको रूपमा केही परिमार्जन गरिएको छ । देशवासीको दवाब र विज्ञहरूको सुझावकै आधारमा सरकारले बन्दाबन्दीलाई खुकुलो बनाउने नीति लिएको हो । लामो समय आर्थिक गतिविधि ठप्प हुँदा देशको अर्थतन्त्र धराशायी हुने भएकाले पनि सतर्कतापूर्वक बन्दाबन्दी खुकुलो बनाउनुपर्ने अवस्था आएको हो ।
बन्दाबन्दी खुकुलो हुन थालेपछि आर्थिक गतिविधि हुन थालेका छन् । आफ्नो देश गएका भारतीय नागरिकहरू रोजगारीका लागि नेपाल फर्किन थालेका छन् । धरानमा विभिन्न रोजगारी गरेर बस्ने भारतीयहरूको सङ्ख्या पनि सानो छैन । बन्दाबन्दीका कारण घर गएका उनीहरू अब धरानमा फर्किन थालेका छन् । उनीहरूका कारण यहाँ कोरोनाको सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीय चिन्तित भएको समाचार प्रकाशमा आएको छ । भारतीय नागरिकहरू रातको समयमा लुकिछिपी धरान फर्कन थालेका छन् । कोरोना सङ्क्रमणको क्रम यथावत् नै रहेको अवस्थामा भारतीयहरू फर्कदा सङ्क्रमण पैmलन सक्ने भन्दै स्थानीय चिन्तित भएका हुन् ।
उनीहरूको यो चिन्तालाई स्वाभाविक नै मान्नुपर्छ । नेपालमा देखिएका अधिकांश कोरोना सङ्क्रमित भारतबाटै आएको भेटिनुले यस्तो चिन्ता सिर्जना गरेको हो । यसतर्पm स्थानीय तहको ध्यान जान’ आवश्यक छ । स्थानीयले स्थानीय प्रशासनसँग तीनकुने नाकामा कडाइ गर्न पनि आग्रह गरेका छन् । धरानमा भित्रिने अन्य नाकाहरू पनि छन् । ती सबै नाकाहरूमा निगरानी बढाउनुपर्ने देखिन्छ । कसैलाई धरान प्रवेश गर्नबाट रोक्नुभन्दा पनि नाकालाई व्यवस्थित गर्नु आवश्यक छ । भारतबाट आउनेहरूको स्वास्थ्य परीक्षण गरेर निर्धारित समयसम्म क्वारेन्टाइनमा राखेर मात्र उसलाई समाजमा जान दिने व्यवस्था मिलाउनुपर्छ । यस विषयमा समयमै ध्यान पुर्याउनु नसकिएमा अनपेक्षित स्थिति नआउला भन्न सकिन्न । त्यसकारण स्थानीय तहले स्थानीय प्रशासनसँग समन्वय गरेर व्यवस्थापनमा ध्यान पुर्याउनु वाञ्छनीय हुनेछ ।
त्यसो त स्थानीय तहलाई पनि व्यवस्थापनमा सहजता भने छैन । एन्फा एकेडेमीमा बनाइएको क्वारेन्टाइनले धान्न नसकेपछि थप क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ तर स्थानीयले आ–आप्mनो वडा वा टोलमा क्वारेन्टाइन बनाउँदा नदिँदा जटिलता सिर्जना भएको छ । कुनै पनि वडा वा टोलमा क्वारेन्टाइन बनाउन नदिने हो भने स्थानीय तहले पनि व्यवस्थापन गर्न नसक्ने निश्चित छ । त्यसकारण नागरिक तहबाट पनि स्थानीय तहलाई आवश्यक सहयोग पुर्याउनुपर्छ अपेक्षित छ । क्वारेन्टाइन बनाउनेबित्तिकै कोरोना सङ्क्रमण पैmलिने होइन । यसले अझ सङ्क्रमण पैmलिनबाट रोक्ने भएकाले स्थानीयले यसलाई बुभ्mनुपर्छ । स्थानीय नागरिकको सहयोगविना स्थानीय तहले मात्र व्यवस्थापन गर्न नसक्ने भएकाले यसतर्पm सबैको ध्यान जानु आवश्यक छ । आपसी समन्वय र सहकार्यबाट नै सङ्कटको सामना गर्न सकिन्छ भन्ने यथार्थलाई कसैले बिर्सनु हुन्न ।