प्रदेश १ मा बिहीबार एकै दिन १ सय १५ जना कोरोना सङ्क्रमित थपिएको समाचार आएको छ ।यीमध्ये २ जना प्रदेश बाहिरका नागरिक भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ माबिहीबार भेटिएका सङ्क्रमितहरू मध्ये मोरङका ८८, सुनसरीका १९, इलामका ४ तथा झापा र उदयपुरका १–१जना छन् । अब प्रदेश १ मा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ६ सय २६ पुगेको छ । यो सकारात्मक सङ्केत होइन । प्रदेश १ का विभिन्न स्थानीय तहमा अब कोरोना सङ्क्रमण समुदाय स्तरमै फैलिएको पुष्टि भएको छ । सङ्क्रमण अब भयावह अवस्था तर्फ उन्मुख हुँदै गएको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरको एउटा उद्योगमा कार्यरत् ३० जना मजदुर
नेपालमा ठूलो परिमाणमा खाद्यान्न र तरकारी भारतबाट आयात हुने गर्छ । त्यसो त खाद्यान्न र तरकारी मात्र होइन, धेरै अत्यावश्यक वस्तुमा नेपालभारत मै निर्भर छ । यो निर्भरताको अन्त्य नभए सम्म हाम्रो देश प्रगति–मार्गमा अपेक्षित गतिमा अघि बढ्न नसक्ने निश्चित छ । अहिले तरकारीको मात्र चर्चा गरौँ । बन्दाबन्दी अघि नेपालमा प्रशस्त मात्रामा तरकारी भारतबाट आउने गरेको थियो । ती तरकारीमा अत्यधिक रासायनिक मल र कीटनाशक औषधिको प्रयोग गरिने विज्ञहरूले बताउने गरेका छन् । त्यस्ता तरकारीको सेवन स्वास्थ्यका लागि हानिकारक हुने खाद्य विशेषज्ञहरूले सुझाउने गर्छन् तर हामीत्यस्तै तरकारी खान बाध्य हुन्छौँ । भारतबाट आयात
कोरोनाभाइरस सङ्क्रमणको जोखिम घटाउन केही स्थानमा स्थानीय तहले बन्दाबन्दी (लकडाउन) को घोषणा गरेको छ । संसारभरि नै महामारीको रूपमा फैलिएको कोरोनाको त्रास बढेपछि पहिलो चरणमा सङ्घीय सरकारले नै गत चैत ११ गते देशभरि लागू हुने गरी बन्दाबन्दीको घोषणा गरेको थियो । सो बन्दाबन्दीको अवधिथप्दै–थप्दै यही साउन ६ गतेसम्म पुर्याइएको थियो । लामो बन्दाबन्दीका कारण आर्थिक गतिविधि ठप्प भएर जनजीवन कष्टकर बन्न थालेको भन्दै बन्दाबन्दी अन्त्य गर्न चौतर्फी दवाब पर्न थालेपछि सरकारले साउन ६ गते बन्दाबन्दी अन्त्यको घोषणा गरेको हो । बन्दाबन्दीमा कडाइ गरेकै कारण सङ्क्रमण दर पनि घटेको थियो र अब सङ्क्रमण नफै
मोरङको बूढीगङ्गा गाउँपालिकाका मुसहरहरूमाथि साङ्घातिक आक्रमण भएको छ । पक्राउ परिसकेका आक्रमणकारीहरूलाई जनप्रतिनिधिको रोहवरमा छाडिएपछि पुनः आक्रमण हुन सक्ने भयबाट त्रसितभएर एक युवतीले आत्महत्या गरेकी छन् । यो निकै भयावह र आतङ्कपूर्ण घटना हो । २१ औँशताब्दीको सभ्यमानव समाजका लागि यो घटना दुःखद् मात्र होइन, लज्जास्पद पनि छ । सभ्य भनिने कुनै पनि मानव समाजमा यस्तो कार्य जघन्य अपराध हो ।कुनै नागरिक आत्महत्याको अवस्थासम्म पुग्नबाध्य हुने भयवा आतङ्कको स्वरूप कस्तो होला?कल्पनामात्र गर्दा पनिआङ सिरिङ्ग हुन्छ तर हाम्रो समाजमा केहीवर्ग र समुदाय यो स्तरको भयग्रस्त वातावरणमा बाँच्नअहिले पनि अभिशप्त छन् । बदल
राजधानीमा मात्र होइन, प्रदेश १ मा पनि कतिपय स्थानमा कोरोना सङ्क्रमण समुदाय स्तरमै पुग्ने जोखिम बढ्न थालेको छ । यही जोखिमलाई ध्यानमा राखेर प्रदेश १ का कतिपय स्थानीय तहले अल्पकालीन बन्दाबन्दी (लकडाउन) को घोषणा गरेका छन् । सङ्घीय सरकारले बन्दाबन्दी खुकुलो बनाएपछि देशका विभिन्न भागमा सङ्क्रमणको जोखिम बढ्न थालेको हो । यसले समाजलाई फेरि एकपटक आतङ्कित बनाएको छ । बिहीबार मात्र प्रदेश १ मा ६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश १ मा बिहीबार ५१ पुरूष र १५ जना महिलामा सङ्क्रमण देखिएको प्रदेश सामाजिकविकास मन्त्रालयले जनाएको हो । यी सङ्क्रमित ६६ जनामध्ये मोरङमा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ
इलामको फाकफोकथुम गाउँपालिकाबाट सदरमुकामसम्मको यात्राजोखिमपूर्ण भएको समाचार प्रकाशमा आएको छ । हिउँदमा चार घण्टालाग्ने सो २० किलोमिटर सडक छिचोल्न अहिलेदिनबित्ने गरेको स्थानीयले बताएको समाचारमाउल्लेख छ ।वर्षाको बेलाहिलाम्मे सडक र सडक स्तरोन्नतिकानाममा सोलिङ भत्काउँदासमस्यासिर्जनाभएो बताइएको छ ।लामो समय बन्दाबन्दीकाकारण यातायात सञ्चालननभएर आउजाउमा समस्या भोगिरहेका फाकफोकथुमका बासिन्दाले अहिले बन्दाबन्दीखुले पनिढुक्कले यात्रागर्न पाएका छैनन्।हिलाम्मे सडकका कारण उनीहरू त्रासपूर्ण यात्रागर्न बाध्य छन् । वर्षायाममा यो समस्या फाकफोकथुमको मात्र होइन। देशका विभिन्न ग्रामीण क्षेत्रका नागरिकहरूले भोग्ने य
धनकुटाको पाख्रीवास नगरपालिका–८ मा पर्ने मुगामा कफी तथा एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको समाचार आएको छ । यो अत्यन्तै सकारात्मक समाचार हो । नेपालको कृषि क्षेत्रमा यसले सकारात्मक ऊर्जा दिने निश्चित छ । मुगालाई कफी खेतीका लागि पकेट क्षेत्र घोषणा गरेर मुगा पाख्रीबास कृषि सहकारी संस्थाले कफी तथा एभोकाडोको व्यावसायिक खेतीप्रारम्भ गरेको हो । संघीय सांसद राजेन्द्र राईले कफी तथा एभोकाडोको बिरुवा रोपेर खेती उद्घाटन गरेका छन् । सो क्रममा पाख्रीबास नगरपालिकाका प्रमुख बिर्षबहादुर राई, मुगा कृषि सहकारीका अध्यक्ष रेवतबहादुर थापा लगायतले कफी र एभोकाडोको विरुवा रोपेका थिए । संस्थाले मुगाको पाँच सय र
विराटनगरको सडक डिभिजन कार्यालयले एउटा कन्स्ट्रक्सन कम्पनीको रकम जानाजान निकासा नगरेको समाचार प्रकाशमा आएको छ । उसले आफ्नो नाममा निकासा गर्नुपर्ने रकम नदिएको इटहरीको सौरभ कन्स्ट्रक्सनले बताएको समाचारमा उल्लेख छ । सम्झौता बमोजिमको काम सम्पन्न गरि सक्दा पनि डिभिजन कार्यालयले नियत बस रकम नदिएको कम्पनीको भनाइ छ । कामको अन्तिम भुक्तानी रकम कम्पनीको बैङ्क खातामा सीधै जम्मा गरिदिनुपर्नेमा विवाद सिर्जना गरेर कार्यालयले जानाजान रकम रोकिदिएको कन्स्ट्रक्सनले बताएको छ । डिभिजनकार्यालयले भने यसमा कुनै पूर्वाग्रह नभएको बताएको छ । यस विषयमा वास्तविककता बाहिर आउनु आवश्यक छ । हाम्रो देशमा सरकारी कर्मचारीह
लगातारको वर्षाका कारण देशभरि नै बाढी तथा डुबान र पहिरोबाट जनजीवन कष्टकर बनेको छ । यसै बीच मोरङको बक्राहा र झापाको कन्काई नदी बाँध भत्काएर बस्तीतिर पसेको समाचार पनि आएका छन् ।बक्राहाले मोरङको सुनवर्षी नगरपालिकाको वरड्गमा १५ मिटर जतिबाँध फुटाएको छ । बाँध फुटाएर बाढी बस्तीततर्फ पसेपछि त्यसबाट चार परिवार विस्थापित भएको समाचार त्यहाँबाट आएको छ ।त्यहाँ डेढसय घर डुबानको जोखिममा छन् । कन्काई नदी पनि तीन सय मिटर बाँध भत्काएर झापा गाउँपालिका तर्फ पसेको छ । बाढीले दुईवटा बस्ती डुबानमा परेका छन् । झापागाउँपालिका–१ के मिलनबस्तीका ८३ र वडा नम्बर २ को सडकबारीका २२ घर डुबानमा परेको बताइएको छ । त्यसो त
यो वर्ष मनसुन सुरु भएयता सोमबार बेलुकासम्म १ सय १३ जनाको मृत्यु भएको जानकारी सञ्चारमाध्यमहरूले दिएका छन् । यीमध्ये बाढीले बगेरभन्दा पहिरोमा पुरिएर ज्यान गुमाउनेहरूको सङ्ख्या बढी छ । बाढी र पहिरोका कारण २८ जिल्लामा यति ठूलो सङ्ख्यामा नागरिकहरूले ज्यान गुमाएका हुन् । यो निकै चिन्ताजनक विषय हो ।सुरक्षित वासस्थान र सुरक्षाका आधारभूत वस्तुहरूको अभावमा यति ठूलो सङ्ख्यामा नागरिकहरूले ज्यान गुमाएका हुन् । गरीबीका कारण जीविकोपार्जनका लागि जोखिमको सामना गरेरै पनि काम गर्नुपर्ने बाध्यता पनि एकातर्पm छँदैछ, अर्कोतर्पm नदीनालामा पुलको अभाव, बाढी–पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोवास गर्नुपर्ने बाध्यताज