व्यावसायिक कृषिको उदाहरणीय प्रयास

  • श्रावण ११, २०७७
  • सम्पादकीय
alt

धनकुटाको पाख्रीवास नगरपालिका–८ मा पर्ने मुगामा कफी तथा एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको समाचार आएको छ । यो अत्यन्तै सकारात्मक समाचार हो । नेपालको कृषि क्षेत्रमा यसले सकारात्मक ऊर्जा दिने निश्चित छ । मुगालाई कफी खेतीका लागि पकेट क्षेत्र घोषणा गरेर मुगा पाख्रीबास कृषि सहकारी संस्थाले कफी तथा एभोकाडोको व्यावसायिक खेतीप्रारम्भ गरेको हो ।

संघीय सांसद राजेन्द्र राईले कफी तथा एभोकाडोको बिरुवा रोपेर खेती उद्घाटन गरेका छन् । सो क्रममा पाख्रीबास नगरपालिकाका प्रमुख बिर्षबहादुर राई, मुगा कृषि सहकारीका अध्यक्ष रेवतबहादुर थापा लगायतले कफी र एभोकाडोको विरुवा रोपेका थिए । संस्थाले मुगाको पाँच सय रोपनी क्षेत्रमा एभोकाडोका तीनहजार र कफीका ६ हजार बिरुवा रोप्ने तयारी गरेको बताइएको छ । पाख्रीवास नगरपालिका कृषि र पर्यटकीय क्षेत्रको हिसाबले जिल्लाककै अग्रणी मानिन्छ । यहाँदुई वर्षअगाडिदेखि कृषिक्याम्पस पनिसञ्चालनभइरहेको छ ।

कफी र एभोकाडोको व्यावसायिक खेतीले यस क्षेत्रको पहिचान र विकासमाथप बल पुग्ने विश्वास गर्न सकिन्छ ।जतिउत्साह र ऊर्जाका साथयसको प्रारम्भ गरिएको छ, यो उत्साह र जाँगरले निरन्तरता पाउने हो भने यसबाट किसानहरूको जीवनमा सकारात्मक परिवर्तन त आउने नै छ, पाख्रीवासको कृषिपर्यटनमा पनियसले थप बल पु¥याउने विषयमा कसैको दुई मतनहोला । हाम्रो जस्तो देशकालागिनागरिकहरूको प्रगति र उज्ज्वलभविष्यकालागि कृषि नै एक प्रमुखआधार हो । त्यसैले यसतर्पm सबैको ध्यानजानु आवश्यकमात्रहोइन, अपरिहार्य पनि छ ।

कृषि प्रधान मानिने हाम्रो देशको अपेक्षित विकास कृषिकै माध्यमबाट सम्भव हुनेमा विज्ञहरू एक मत छन् । सरकारको विचार पनियसभन्दाभिन्न छैन तर व्यवहारमायसले मूर्त रूप नपाउँदा देश विकासले अपेक्षित गतिलिन सकेको छैन । व्यावसायिक खेती नै हाम्रो प्रगतिको आधार हो ।नारा र भाषणले मात्रयसले मूर्त रूप लिँदैन । यसकालागियोजनाबद्ध नीति चाहिन्छ र त्यसको प्रभावकारी कार्यान्वयनझन् अपरिहार्य छ । हामीकहाँनीति त बन्छन् तर प्रभावकारी कार्यान्वयनको अभावमाअपेक्षित परिणाम हात पर्न सक्दैन ।

वर्षौंदेखि यही हुँदै आइरहेको छ ।अब सबैको ध्यान कार्यान्वयनतर्पm केन्द्रित हुनु आवश्यक छ । ग्रामीण क्षेत्रकाअन्य सहकारी संस्थाहरूले पनि मुगाको सहकारी संस्थाबाट पाठ सिक्नु आवश्यक छ । यसैगरी विभिन्न क्षेत्रमा स्थान अनुकूल कृषिबालीको व्यावसायिक खेतीप्रारम्भ गर्ने हो भने कृषि उत्पादनमा आत्मनिर्भर हुन धेरै समय लाग्ने छैन र यही आत्मनिर्भरताले नै हामीलाई समुन्नतिको दिशामा अगि लैजाने निश्चित छ ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved