कृषिमा ध्यान दिनु आवश्यक

  • श्रावण २७, २०७७
  • सम्पादकीय
alt

नेपालमा ठूलो परिमाणमा खाद्यान्न र तरकारी भारतबाट आयात हुने गर्छ । त्यसो त खाद्यान्न र तरकारी मात्र होइन, धेरै अत्यावश्यक वस्तुमा नेपालभारत मै निर्भर छ । यो निर्भरताको अन्त्य नभए सम्म हाम्रो देश प्रगति–मार्गमा अपेक्षित गतिमा अघि बढ्न नसक्ने निश्चित छ । अहिले तरकारीको मात्र चर्चा गरौँ । बन्दाबन्दी अघि नेपालमा प्रशस्त मात्रामा तरकारी भारतबाट आउने गरेको थियो । ती तरकारीमा अत्यधिक रासायनिक मल र कीटनाशक औषधिको प्रयोग गरिने विज्ञहरूले बताउने गरेका छन् । त्यस्ता तरकारीको सेवन स्वास्थ्यका लागि हानिकारक हुने खाद्य विशेषज्ञहरूले सुझाउने गर्छन् तर हामीत्यस्तै तरकारी खान बाध्य हुन्छौँ ।

भारतबाट आयातित तरकारीबाट यति मात्र बेफाइदा छैन । भारतीय तरकारीका कारण नेपाली उत्पादनले पनि अपेक्षित मूल्य पाउन सकेका छैनन् । यसबाट नेपाली किसानहरू मारमा पर्ने गरेका थिए । अहिले भने बन्दाबन्दीकाकारण भारतीय तरकारी नेपालभित्रिन बन्द भएपछि इलामका किसान खुसी भएको समाचार आएको छ ।यो सकारात्मक समाचार हो । भारतबाट आलु नआएपछि इलामका व्यवसायीले जिल्लाकै ग्रामीण भेगको आलु खरिद गरेकाकारण किसानहरू खुसी भएका हुन् । आप्mनो उत्पादनलेमूल्य पाएपछि खुसीहुनु स्वाभाविकपनिहो ।

गतवर्ष यसै समयमा३०–३५ रुपैयाँप्रतिकिलोबिक्ने आलु यसपटक भने प्रतिकिलो ५० रुपैयाँले घरबाटै बेच्नपाउँदाउनीहरू खुसीभएकाहुन् । भारतबाट आलु नआएपछि यसपटकव्यापारीहरू किसानका घर–घरमै पुगेका छन् । यसरी घरबाटै उचितमूल्यमाआलु बेच्नपाउँदाकिसानहरूले राम्रै आम्दानीलिए । यसलाई निरन्तरतादिनु आवश्यक छ । स्वदेशीकिसानका कृषिउत्पादनको खपत बढाउन र उनीहरूले आम्दानीलिन सक्ने वातावरण बनाउन सरकारले नै उचितनीतिनिर्माण गर्नु आवश्यक छ ।

भारतीय तरकारीको आयातमा कडाइ गरेर स्वदेशीउत्पादनलाई बढावा दिनु आवश्यक छ । यसो भयो भने यहाँकाकिसानहरूको जीवनस्तर माथि उठ्ने त छँदैछ, कृषि क्षेत्रमायुवाको आकर्षण बढेर रोजगारीको सिर्जनामापनि वृद्धि हुनेछ । देशमाजमीनबाँझो छोडेर यहाँकायुवाविदेश पलायनभएका छन् । यहाँ रोजगारीको अवसर नपाएपछि उनीहरू बाध्यभएर विदेशीभूमिमा कष्ट सहनगएकाहुन् । यहाँ स्वदेशी कृषिउत्पादनले अपेक्षितबजार र मूल्यपाउने हो भने स्वदेशमै रोजगारीको सिर्जनाहुने र स्वदेशीमुद्राविदेशिनबाट रोकिने दोहोरो फाइदा हुन्छ । यसतर्पm सरकारको ध्यानजानु आवश्यक छ ।
किसानहरूलाई व्यावसायिक खेतीतर्पm आकर्षित गर्न सरकारले आवश्यकवातावरण बनाउनुपर्छ । ग्रामीण क्षेत्रमासडक निर्माण र भएका सडकको स्तरोन्नतिगर्नुपर्छ । यसो गर्दा कृषिउत्पादनलाई बजारसम्म लैजान सहजता हुन्छ ।यसलाई गम्भीरतापूर्वक लिइनु अपेक्षित छ ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved