उद्धार र राहतलाई प्राथमिकता दिऔँ

  • श्रावण ६, २०७७
  • सम्पादकीय
alt

लगातारको वर्षाका कारण देशभरि नै बाढी तथा डुबान र पहिरोबाट जनजीवन कष्टकर बनेको छ । यसै बीच मोरङको बक्राहा र झापाको कन्काई नदी बाँध भत्काएर बस्तीतिर पसेको समाचार पनि आएका छन् ।बक्राहाले मोरङको सुनवर्षी नगरपालिकाको वरड्गमा १५ मिटर जतिबाँध फुटाएको छ । बाँध फुटाएर बाढी बस्तीततर्फ पसेपछि त्यसबाट चार परिवार विस्थापित भएको समाचार त्यहाँबाट आएको छ ।त्यहाँ डेढसय घर डुबानको जोखिममा छन् । कन्काई नदी पनि तीन सय मिटर बाँध भत्काएर झापा गाउँपालिका तर्फ पसेको छ । बाढीले दुईवटा बस्ती डुबानमा परेका छन् । झापागाउँपालिका–१ के मिलनबस्तीका ८३ र वडा नम्बर २ को सडकबारीका २२ घर डुबानमा परेको बताइएको छ ।

त्यसो त देशकाविभिन्न स्थानमाबाढी र पहिरोमा परेर सर्वसाधारणले ज्यानगुमाएका छन् भने कयौँ विस्थापित भएका छन् । ठाउँ–ठाउँमा पुलहरू बगेर तथा पहिरो गएर मुख्य सडक नै अवरुद्ध भएका छन् । पूर्व–पश्चिमलोकमार्गका विभिन्न अवरुद्ध भएका छन् । डुबान र पहिरोले सडक अवरुद्ध छ भने हवाई उडान पनिबन्द छ । यसले पूर्वसँग काठमाडौँको सम्पर्क निकै कठिन भएको छ । यसै कारणले गर्दा काठमाडौमा तरकारीको आपूर्तिमा पनि कमी आएका समाचारहरू सञ्चार माध्यमहरूमामार्फत प्रकाशनमा आइरहेका छन् ।

प्रदेश एक पनियो प्राकृतिक विपत्तिबाट अछूतो छैन । प्रदेश एकका विभिन्न जिल्लामा जनजीवन कष्टकर बन्नपुगेको छ । खासगरी पहाडी र हिमाली जिल्लाहरूमा पहिरोकाकारण जोखिम बढेको छ भने तराई मधेसमा बाढी र डुबानको जोखिम बढेको छ । सप्तकोशी नदीमा आएको बाढीले पनि खतराको तहपार गरेको बताइएको छ । सप्तकोशीमा पानीको बहावप्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेकपुगेको छ । कोशीब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापनहुँदा खतराको तहपार गरेको मानिन्छ । यसरी सप्तकोशीमा बाढीले खतराको तहपार गरेपछि सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रकाबासिन्दाहरूलाई सुरक्षित हुन आह्वान गरिएको छ ।

यस्तो विषम परिस्थितिमातीनै तहकासरकारहरूले उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिनु आवश्यक छ ।प्राकृतिक विपत्तिमा परेकाहरूको प्रभावकारी उद्धार, घाइतेहरूको निःशुल्कउपचार, घरबार विहीन भएकाहरूलाई अस्थायी आवास र अभिभावक गुमाएका बालबालिकाको संरक्षणमा सरकारगम्भीर र संवेदनशील बन्नुपर्छ ।कतिपय स्थानमा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था छ । तिनलाई सुरक्षित स्थानमा राखिनुपर्छ । यसतर्पm सरकार र सामाजिकसङ्घ–संस्थाहरूले पनिध्यानदिनु आवश्यक छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved