कोरोना सङ्क्रमण फैलनबाट रोकौँ

  • श्रावण २२, २०७७
  • सम्पादकीय
alt

राजधानीमा मात्र होइन, प्रदेश १ मा पनि कतिपय स्थानमा कोरोना सङ्क्रमण समुदाय स्तरमै पुग्ने जोखिम बढ्न थालेको छ । यही जोखिमलाई ध्यानमा राखेर प्रदेश १ का कतिपय स्थानीय तहले अल्पकालीन बन्दाबन्दी (लकडाउन) को घोषणा गरेका छन् । सङ्घीय सरकारले बन्दाबन्दी खुकुलो बनाएपछि देशका विभिन्न भागमा सङ्क्रमणको जोखिम बढ्न थालेको हो । यसले समाजलाई फेरि एकपटक आतङ्कित बनाएको छ ।

बिहीबार मात्र प्रदेश १ मा ६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश १ मा बिहीबार ५१ पुरूष र १५ जना महिलामा सङ्क्रमण देखिएको प्रदेश सामाजिकविकास मन्त्रालयले जनाएको हो । यी सङ्क्रमित ६६ जनामध्ये मोरङमा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै, सुनसरीमा १९ जनामा सङ्क्रमण देखिएको छ । यसैगरी झापामा ८ जनामा र इलाममा १५ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा अहिलेसम्म कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय विराटनगरमा एकै दिन २ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमण समुदाय स्तरमै फैलिन पुगेमा यसलाई नियन्त्रण र व्यवस्थापन गर्न निकै कठिन हुने निश्चित छ । क्वारेन्टाइनको क्षमता र गुणस्तरका साथै अस्पतालहरूको सङ्ख्या र सघन उपचार कक्ष (आईसीयू)को सङ्ख्या पनि अत्यन्तै अपर्याप्त भएका कारण व्यवस्थापनमा कठिनाइ हुने निश्चित छ ।

यस कारण कोरोना सङ्क्रमणलाई अनियन्त्रिण रूपमा समुदाय स्तरमा पुग्नबाट रोक्नु नै बुद्धिमत्ता हुनेछ । यसकालागि सतर्कता र सावधानी नै मुख्य उपाय हो । सीमानाकामा कडाइ पहिलो उपाय हो । छिमेकी मुलुकबाट आउनेहरूलाई सीमामै परीक्षण गर्ने व्यवस्थालाई कडाइका साथपालना गराउनुपर्छ । यसो नगरे कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न कठिन हुनेछ । भारतबाट आउने कतिपय नागरिक परीक्षण विना नै समुदायमा गएका उदाहरणहरू देखिएका छन् । यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । यसकालागि सीमानाकामा निगरानी बढाउनुपर्छ । प्रहरीले नै केही रकमलिएर विनापरीक्षण मान्छेहरूलाई प्रवेश गराउने गरेको बताइएको छ । यो सत्य हो भने यस्तो कार्यले जोखिम बढाउने भएकाले यसतर्पm सचेत हुनुपर्छ । केहीहजार रुपैयाँभन्दा मानवजीवनको मूल्य बढी हुने यथार्थ प्रहरीले पनि बुभ्mनुपर्छ ।

हामी नागरिकहरूले पनि सङ्क्रमण फैलिन नदिन सचेत हुनु आवश्यक छ । काम नपरी जथाभावी हिँडडुल नगरेर तथा हिँड्नै परे मास्कको प्रयोग र दुरी कायम राखेर सङ्क्रमण फैलिन नदिन हामीले सहयोग पुर्याउन सक्छौँ । यस्तो अवस्थामा सबैभन्दा बढी त विपन्नहरू नै मारमा पर्छन् । उनीहरूको जीवन रक्षा गर्नु सरकारको दायित्वहो । यसतर्पm सरकारको ध्यान जानुपर्छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन चार दिन मात्र ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved