कर्मचारीतन्त्रमा सुधार आवश्यक

  • श्रावण १०, २०७७
  • सम्पादकीय
alt

विराटनगरको सडक डिभिजन कार्यालयले एउटा कन्स्ट्रक्सन कम्पनीको रकम जानाजान निकासा नगरेको समाचार प्रकाशमा आएको छ । उसले आफ्नो नाममा निकासा गर्नुपर्ने रकम नदिएको इटहरीको सौरभ कन्स्ट्रक्सनले बताएको समाचारमा उल्लेख छ । सम्झौता बमोजिमको काम सम्पन्न गरि सक्दा पनि डिभिजन कार्यालयले नियत बस रकम नदिएको कम्पनीको भनाइ छ । कामको अन्तिम भुक्तानी रकम कम्पनीको बैङ्क खातामा सीधै जम्मा गरिदिनुपर्नेमा विवाद सिर्जना गरेर कार्यालयले जानाजान रकम रोकिदिएको कन्स्ट्रक्सनले बताएको छ । डिभिजनकार्यालयले भने यसमा कुनै पूर्वाग्रह नभएको बताएको छ ।

यस विषयमा वास्तविककता बाहिर आउनु आवश्यक छ । हाम्रो देशमा सरकारी कर्मचारीहरूले नागरिकहरूको विश्वास आर्जन गर्न सकेका छैनन् । सरकारी कार्यालय र कर्मचारीहरूले गरेका अनियमितता र भ्रष्टाचारबारे दिनहुँकुनै न कुनै घटना सार्वजनिक भइरहेकै हुन्छन् । यसकारणले गर्दा पनि सरकारी कार्यालय र कर्मचारीहरू नागरिकहरूका दृष्टिमा घृणाका पात्र बनिरहेका छन् । देशका सबै कर्मचारीहरू यस्तै गलत र खराब चरित्रका छन् भन्ने होइन तर अधिकांश कर्मचारीहरू यस्तै पैसा मुखी चरित्रका भएकाकारण अन्यइमानदार कर्मचारीहरूले पनि इज्जत र मर्यादापाउन सकेका छैनन् ।

राष्ट्रसेवक कर्मचारीहरू नागरिकहरूका पनि सेवकहुन् । नागरिकहरूले आप्mनो गाँस काटेर तिरेको राजश्वबाट तलबखाने कर्मचारीहरू नागरिकहरूका सहयोगीका रूपमा प्रस्तुतहुनु आवश्यक छ तर उनीहरूले सहयोगी नभई पैसामुखीचरित्र प्रस्तुतगर्दा सर्वसाधारणले त शारीरिक मानसिक दुःख पाएकै छन्, सिङ्गो कर्मचारीतन्त्र नै बदनाम भइरहेको छ ।कर्मचारीहरू सर्वसाधारणका सजिला काम पनि सहजै नगरेर अनेक दुःख दिन्छन् र अतिरिक्त रकम प्राप्तभएमा अवैध कामपनि सहजै गरिदिन तयार हुन्छन् । नेपालको कर्मचारीतन्त्र बदनाम हुनुको मुख्यकारण यहीहो ।

यहाँको कर्मचारीतन्त्रको प्रवृत्तिबुभ्mन एक–दुई दिनयताका सुनसरीकै घटना हेर्दा पनि सजिलै थाहा हुन्छ । सुनसरीको डिभिजन वनकार्यालयमा कार्यरत डिभिजन प्रमुख (डीएफओ) रामबाबु साह शुक्रबार बिहान घूस रकमसहित अख्तियारको फन्दामा परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धानआयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई ५ लाख ५३ हजार रुपैयाँघूस रकम सहित पक्राउ गरेको हो । केही दिनअगि पनि इटहरीकै एक इन्जिनियर घूस रकम सहित पक्राउ परेका थिए ।

यी त सामान्यउ दाहरण हुन् । कर्मचारीहरूबाट सर्वसाधारण ठूलो प्रताडनामा छन् । घूसविना यहाँ सामान्यकाम पनि नहुने अवस्था छ । यस्तो अवस्था अन्त्यहुनु आवश्यक छ ।यसकालागि दोषीहरूलाई कानुन बमोजिम कडा कारवाही गर्नुपर्छ । प्रशासन यन्त्रमा व्याप्त अराजकता र अनियमितताको एउटा कारण दण्डहीनता पनिहो । यसबाहेक कर्मचारीतन्त्रमा उचित दण्ड र पुरस्कारको व्यवस्था गरिनुपर्छ । कर्मचारीतन्त्रमा सुधार आजको अपरिहार्य आवश्यकता हो ।

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved